अर्थसंक्षेप : आधा दर्जन कानुन बनाउन सरकारलाई आयोगको सुझाव, आर्थिक वृद्धिदर ३.४ प्रतिशतमा सीमित | Khabarhub Khabarhub

अर्थसंक्षेप : आधा दर्जन कानुन बनाउन सरकारलाई आयोगको सुझाव, आर्थिक वृद्धिदर ३.४ प्रतिशतमा सीमित


२४ पुस २०८१, बुधबार  

पढ्न लाग्ने समय : 3 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगले सरकारलाई आधा दर्ज कानुन बनाउन सुझाव दिएको छ । चालु आर्थिक वर्ष पहिलो त्रैमासमा नेपालको आर्थिक वृद्धिदर ३.४ प्रतिशतमा सीमित भएको छ ।

अर्बौं रुपैयाँ खर्च गरेर बनाइका झण्डै आधा सङ्ख्याका विमानस्थल सञ्चालनमा नआइरहँदा राज्यको हवाई नीतिमै प्रश्न उठेको छ । प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलकी पत्नी अञ्जला कोइरालामाथि सहकारी ठगी मुद्दामा १० लाख रुपैयाँ धरौटी भएको छ ।

आजका आर्थिक समाचार

ऋषिकेशपत्नी अञ्‍जलासँग सहकारी ठगी मुद्दामा १० लाख धरौटी माग

प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलकी पत्नी अञ्जला कोइरालामाथि सहकारी ठगी मुद्दामा १० लाख रुपैयाँ धरौटी भएको छ । जिल्ला अदालत मोरङले पुर्पक्षका लागि अञ्‍जलासँग १० लाख रुपैयाँ धरौटी लिन आदेश दिएको हो ।

जिल्ला अदालत माेरङका सूचना अधिकारी हेमबहादुर बुढाथोकीका अनुसार; न्यायाधीश उद्धवप्रसाद भट्टराईको इजलासले काेइरालालाई पुर्पक्षका लागि १० लाख रुपैयाँ धरौटी लिने आदेश दिएको हो । अदालतले अञ्‍जलालाई थुनामा राख्ने कारण नदेखिएको जनाउँदै धरौटीमा रिहा गर्ने आदेश दिएको बुढाथोकीले जानकारी दिए ।

विमानस्थल निर्माणमा अर्बौं स्वाहा, आम्दानी ४४७ रुपैयाँ !

अर्बौं रुपैयाँ खर्चेर बनाइएको विमानस्थलबाट वार्षिक आम्दानी ४४७ रुपैयाँ आम्दानी भयो भन्दा अचम्म लाग्छ । खोटाङको बहुचर्चित लामिडाँडा विमानस्थलले गत वर्ष गरेको आम्दानी यत्ति नै हो ।

खोटाङ विमानस्थलको यो हालत नेताहरूलाई विकासको स्टन्ट देखाउन मन लागेर जताततै बनाइएका विमानस्थल कुन स्थितिमा चलेका छन् भन्ने एक खराब उदाहरण हो ।

आधा दर्जन कानुन बनाउन सरकारलाई आयोगको सुझाव

उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगले सरकारलाई अन्तरिम प्रतिवेदन पेश गरेको छ । आयोगका अध्यक्ष रामेश्वरप्रसाद खनालले उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई अर्थ मन्त्रालयमा प्रतिवेदन बुझाएका हुन्‌।

प्रतिवेदनमा अर्थतन्त्रलाई थप चलायमान र सुदृढ बनाउने गरी तत्काल गर्नुपर्ने विषयहरू उल्लेख गरिएको छ । जसमा सरकारी दायित्व र अन्य बक्यौता रकम भुक्तानी दिने, वित्तीय क्षेत्रका वास्तविक समस्याग्रस्त ऋणीहरूलाई सहजीकरण गर्ने, व्यापारिक उधारो नियमन गर्न कानुन निर्माण गर्ने लगायत छन् ।

त्रैमासिक समीक्षा : आर्थिक वृद्धिदर ३.४ प्रतिशतमा सीमित

चालु आर्थिक वर्षको पहिलो त्रैमासमा मुलुकको कूल गार्हस्थ्य उत्पादन वृद्धिदर (जिडिपी) तीन दशमलव चार प्रतिशतमा खुम्चिएको छ । गत असोजको बाढीपहिरो र निर्माण क्षेत्रको नकारात्मक वृद्धिले आर्थिक वृद्धिदर सङ्कुचित भएको हो ।

राष्ट्रिय तथ्याङ्क कार्यालयका अनुसार सरकारले चालु आर्थिक वर्षका लागि छ प्रतिशतको आर्थिक वृद्धि हासिल गर्ने लक्ष्य लिएकामा तीन दशमलव चार प्रतिशत मात्र हासिल भएको हो । अर्थतन्त्रमा योगदान गर्ने विभिन्न १८ क्षेत्रमध्ये १७ वटाको वृद्धिदर धनात्मक छ भने निर्माण क्षेत्रको वृद्धिदर भने ऋणात्मक छ ।

कारोबारमा उत्साहसहित साढे ६ अंकले बढ्यो नेप्से

बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) बढेसँगै कारोबार पनि उत्साह देखिएको छ । आज नेप्से ६.५३ अंकले बढ्दा ६ अर्ब ४० करोड ८० लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

आज नेप्से ०.२४ प्रतिशतले बढ्दा परिसूचक २६५३.३८ विन्दुमा पुगेको छ । आज १३९ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने ९५ वटा कम्पनीको शेयर मूल्य घटेको छ । ८ वटा कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ । आज ३०५ वटा कम्पनी कारोबारमा आउँदा ७२ हजार १२० पटक शेयर किनबेच भएको छ ।

सन् २०२४ मा मनास्लु क्षेत्रमा पुगे १० हजार विदेशी पर्यटक

उत्तरी गोरखाको मनास्लु क्षेत्रमा एक वर्षमा १० हजारभन्दा बढी विदेशी पर्यटक घुम्न पुगेका छन् । मनास्लु क्षेत्रमा सन् २०२४ मा १० हजार छ सय पाँच जना विदेशी पर्यटकले भ्रमण गरेको मनास्लु संरक्षण क्षेत्र आयोजना कार्यालय (एमक्याप)का संरक्षण अधिकृत एवं सूचना अधिकारी भुवनराज ओझाले जानकारी दिए ।

अघिल्लो वर्ष सन् २०२३ को तुलनामा गएको वर्ष एक हजार चार सय २८ जना बढी विदेशी पर्यटक मनास्लु क्षेत्रको भ्रमणमा पुगेको उनले बताए । ‘अघिल्लो वर्ष नौ हजार एक सय ७७ विदेशी पर्यटक मनास्लु क्षेत्र घुम्न पुगेका थिए’, उनले भने, ‘गत वर्ष अहिलेसम्मकै सबैभन्दा विदेशी पर्यटकले मनास्लुको भ्रमण गरेका छन् ।’

सार्वजनिक यातायातलाई प्रविधिमैत्री बनाउँछौँ : मन्त्री महर्जन

बागमती प्रदेश सरकारका श्रम, रोजगार तथा यातायातमन्त्री प्रेमभक्त महर्जनले सार्वजनिक यातायातलाई प्रविधिमैत्री बनाइने बताएका छन् ।

बुधबार नवलपुरको गैँडाकोटमा एमाले निकट यातायात व्यवसायीहरूको संगठन नेपाल लोकतान्त्रिक यातायात व्यवसायी संगठनको तेस्रो राष्ट्रिय महाधिवेशन उद्घाटन गर्दै उक्त कुरा बताएका हुन् ।

प्रकाशित मिति : २४ पुस २०८१, बुधबार  ६ : ४६ बजे

पत्नी अञ्जला धरौटीमा छुटेको भोलिपल्ट पक्राउ परे ऋषिकेशका स्वकीय सचिव

विराटनगर- संसद्‍को सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलका पूर्वस्वकीय सचिव

सुनको मूल्य बढ्यो, कतिमा भइरहेको छ कारोबार ?  

काठमाडौं– नेपाली बजारमा बिहीबार सुनको मूल्य तोलामा ८०० रुपैयाँले बढेको

६५ हजार घुससहित समातिए विद्यालयका लेखापाल र सदस्य

नवलपरासी – नवलपरासी (ब.सु. पश्चिम), पाल्हिनन्दन गाउँपालिका वडा नम्बर ५

कृष्णको सैलुङ सपना : शिक्षा, स्वास्थ्य र कृषिमा फड्को

माथि माथि सैलुङ्गेमा चौरी डुलाउनेलाईहत्केलामा मायाको गुराँस फुलाउनेलाई।दशकौंदेखि जनजीब्रोमा झुण्डिएको

काठेखोलामा पाँच करोड ४० लाखको सुन्तला उत्पादन

बागलुङ – काठेखोला गाउँपालिका-६ का किसानले गत वर्षको तुलनामा यस