२७ वर्षपछि दिल्लीमा भाजपाको ‘कमब्याक’ « Khabarhub

२७ वर्षपछि दिल्लीमा भाजपाको ‘कमब्याक’


२६ माघ २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.8k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सत्तारुढ भारतीय जनता पार्टी (भाजपा)ले २७ वर्ष लामो प्रतीक्षापछि दिल्ली विधान सभामा पुनरागमन गर्ने सम्भावना देखिएको छ । जारी मतगणनाको सुरुवाती रूझानमा भाजपा ४६ सिटमा अगाडि देखिएको छ। 

दिल्लीमा लगातार दुईपल्ट सरकार चलाइसकेको आम आदमी पार्टीलाई भाजपाले उछिनेको छ । अरविन्द केजरीवाल नेतृत्वको आम आदमी पार्टीको मात्र २४ सिटमा अगाडि देखिएको छ । 

१५ वर्षसम्म लगातार दिल्लीमा शासन सत्ता चलाएको कांग्रेस (आई)ले खाता खुल्ने सम्भावना नै नरहेको भारतीय सञ्चार माध्यमहरूमा समाचारहरू प्रकाशित छन् । 

दिल्लीका ७० सिटमध्ये कांग्रेसले जारी मतगणनामा कहीँ पनि अग्रता लिएको छैन । मत प्रतिशतको हिसाबले पनि कांग्रेसको अवस्था दयनीय देखिएको छ । 

दिल्ली विधानसभामा भाजपाको अग्रता देखिएपछि प्रधानमन्त्री नरेन्द्र मोदीले शनिबार बेलुकी कार्यकर्तालाई सम्बोधन गर्ने तयारी गरेका छन् । 

भारतीय सञ्चारमाध्यमहरूका अनुसार उनी सम्बोधनका लागि बेलुकी ६ बजे पण्डित मार्गस्थित भाजपाको क्षेत्रीय कार्यालय जाने भएका छन् । 

भाजपाका दिल्ली इकाई अध्यक्ष विरेन्द्र सचदेवाले भाजपाले केन्द्रीय राजधानी दिल्लीमा सरकार गठन गर्नेमा विश्वस्त देखिन्छन् ।

 दिल्लीका आगामी मुख्यमन्त्री भाजपाको नेता हुने भन्दै उनले व्यक्तिको चयन केन्द्रीय नेतृत्वले गर्ने प्रतिक्रिया दिएका छन् ।

प्रकाशित मिति : २६ माघ २०८१, शनिबार  १२ : ५८ बजे

अमेरिकाले १५० भन्दा बढी अफगान नागरिकलाई निर्वासन गर्ने तयारी गरेपछि तालिबानको चिन्ता

काठमाडौँ – अमेरिकाले १५० भन्दा बढी अफगान नागरिकलाई पाकिस्तान हुँदै

सालका रुख अवैध रुपमा कटान

खोटाङ – साल (सखुवा)का  रूख अवैध रुपमा ढालेर कटान गरेको

जिप र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, एक घाइते

रुकुम पश्चिम- रुकुम पश्चिमको सानीभेरी गाउँपालिका–९ खारखोलामा जिप र मोटरसाइकल

जलवायु परिवर्तनका समस्या समाधानमा स्विट्जरल्यान्डसँग सहकार्य गर्न नेपाल इच्छुक

 काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले जलवायु परिवर्तनका असर न्यूनीकरण तथा

वन पैदावार बिक्री वितरणमा लगाइएको रोक खुलाउन व्यवसायीको माग

सुदूरपश्चिम– पर्यावरण संरक्षण तथा वन पैदावार व्यवसायी सङ्घले कैलालीमा चार