मामाघरबाट बेपत्ता बालकको शव भेटियो « Khabarhub

मामाघरबाट बेपत्ता बालकको शव भेटियो


२६ माघ २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


876
Shares
  • change font
  • change font
  • change font

बारा– बाराको जितपुर सिमरा मामाघर बाट १० दिन अघि गत बिहीबारदेखि बेपत्ता रौतहटका एक बालकको शनिबार शव फेला परेको छ । 

रौतहटको दुर्गा भवानी गाउँपालिका–१ का ३ वर्षीय हन्श चौधरी नाम गरेका बालकको शव फेला परेको हो।

जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता डिएसपी प्रकाश सापकोटाले बालकको शव वीरगञ्ज महानगरपालिका–३२ र जितपुरसिमरा उपमहानगरपालिका–७ को सिमानामा पर्ने टेढामा स्थित कियासोती खोलामा डुबेको अवस्थामा  फेला परेको बताएका छन्। 

बेपत्ता बालकको खोजी गर्न प्रहरीले तालिम प्राप्त कुकुरको  प्रयोग गरेको थियो। घटनाले जितपुर सिमरा सिङ्गो नगर  शोकमय  वातावरण बनेको छ। 

आफ्नो मामाघरबाट बेपत्ता बालक बारे जानकारी दिनेलाई पीडित परिवारले १ लाख रुपैयाँ इनाम दिने घोषणा गरेको थियो । त्यसैगरी बारा संसदीय क्षेत्र ४ का संघीय सांसद कृष्ण कुमार श्रेष्ठ किसान ले बेपत्ता बालकको अवस्थाबारे सूचना दिने मानिसलाई व्यक्तिगत रूपमा ५१ हजार रुपैयाँ इनाम दिनेसमेत घोषणा गरेका थिए ।

जिल्ला प्रहरी प्रवक्ता डिएसपी प्रकाश सापकोटाले बालकको पानीमा डुबेर मृत्यु भएको प्रहरीको प्रारम्भिक अनुमान भएपनि पोस्टमार्टम रिपोर्ट आएपछि विस्तृत खुल्ने जानकारी दिएका छन्। 

मृतक बालक रौतहट दुर्गा भगवती–१ का रितेश जैसवालका छोरा थिए। उनको शव पोस्टमार्टमका लागि नारायणी अस्पताल वीरगन्ज पठाइएको बारा प्रहरीले जनाएको छ।

प्रकाशित मिति : २६ माघ २०८१, शनिबार  ४ : ४८ बजे

समानुपातिक अधिकार कुण्ठित गरिएकोमा विरोध (तस्बिरहरू)

काठमाडौं– महिला अधिकारका लागि दबाब अभियानले संविधान प्रदत्त समानुपातिक समावेशी

भोजपुरका किसान सुन्तला खेतीमा व्यस्त (तस्बिरहरू)

काठमाडौं– आम्दानीको भरपर्दो स्रोत बन्दै गएपछि भोजपुरका किसानहरू यतिबेला सुन्तला

तीन लाख पर्यटकले गरे अन्नपूर्ण क्षेत्रको भ्रमण

गण्डकी – सन् २०२५ दुई लाख ९९ हजार आठ सय

सुनचाँदीको मूल्यमा सामान्य वृद्धि, कतिमा हुँदैछ कारोबार ? 

काठमाडौं– पछिल्ला केही दिनयता स्थानीय बजारमा सुनचाँदीको मूल्यमा सामान्य गिरावट

टोटी खोलामा पक्की पुल निर्माण थालियो

कञ्चनपुर–  शुक्लाफाँटा नगरपालिका–१० झलारी भएर बग्ने टोटी खोलामा रु तीन