मुक्तकमैया, कमलरीको समस्या समाधान गर्न सरकारले पहल गर्नेः मन्त्री राणा « Khabarhub

मुक्तकमैया, कमलरीको समस्या समाधान गर्न सरकारले पहल गर्नेः मन्त्री राणा

२६ माघ २०८१, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट

84
Shares
  • change font
  • change font
  • change font

कैलाली – परराष्ट्रमन्त्री आरजु राणा देउवाले मुक्तकमैया, कमलरी, हरवा–चरवा, हलियाको समस्या समाधान गर्न वर्तमान सरकारले विशेष पहल गर्ने प्रतिबद्धता जनाएका छन् ।

नेपाली कांग्रेस थारु विभाग तथा नेपाल थारु सङ्घले आज कैलारी गाउँपालिकाको हसुलियामा आयोजना गरेको प्रथम कैलाली जिल्ला भेला उद्घाटन कार्यक्रममा उहाँले मुक्तकमैया, कमलरी, हरवा–चरवा, हलियाको जीवनस्तर सुधारका लागि सरकारले आवश्यक नीति बनाएर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे ।

तत्कालीन सरकारले २०५७ सालमा कमैया प्रथा उन्मूलन गरेर नागरिक बनाउने काम गरेकाले ती नागरिकको जीवनस्तर सुधारका लागि शिक्षा, स्वास्थ्य, रोजगारीलगायत आधारभूत आवश्यकता पूरा गर्न वर्तमान सरकारले पहल गर्ने परराष्ट्रमन्त्री राणाले बताए । दुई ठूला दल मिलेर गठन भएको अहिलेको सरकारले मुलुकको समग्र विकासका लागि योजना तयार गरेर अघि बढ्दै गएको उनले उल्लेख बताए।

परराष्ट्रमन्त्री राणाले सरकारले थारु समुदायमा देखिएको सिकलसेल एनिमिया रोगको पहिलो चरणमा स्कुलस्तरबाट चेकजाँच गर्ने व्यवस्था मिलाउने तयारी गरिरहेको जानकारी दिए । उनले विशेष गरी नेपालमा सिकलसेल रोग थारु समुदायमा देखिने गरेको भनिए पनि अन्य देशमा अरु समुदायमा पनि यो रोग देखा पर्न थालेको अनुसन्धानहरूले देखाएका बताए ।

उनले थारु समुदायलाई राज्यका विभिन्न निकायमा पहुँच बढाउन सरकारले योजना पहल गर्दै गइरहेको उल्लेख गरे । नेपाली कांग्रसकी केन्द्रीय सदस्यसमेत रहनुभएकी मन्त्री राणले थारु समुदायको पहुँच विस्तार गर्ने उद्देश्यले कांग्रेसले थारु विभाग गठन गरेको जानकारी दिए ।मुक्तकमैया, कमलरीको समस्या समाधान गर्न सरकारले पहल गर्नेः मन्त्री राणा

कैलाली – परराष्ट्रमन्त्री आरजु राणा देउवाले मुक्तकमैया, कमलरी, हरवा–चरवा, हलियाको समस्या समाधान गर्न वर्तमान सरकारले विशेष पहल गर्ने प्रतिबद्धता जनाएका छन् ।

नेपाली कांग्रेस थारु विभाग तथा नेपाल थारु सङ्घले आज कैलारी गाउँपालिकाको हसुलियामा आयोजना गरेको प्रथम कैलाली जिल्ला भेला उद्घाटन कार्यक्रममा उहाँले मुक्तकमैया, कमलरी, हरवा–चरवा, हलियाको जीवनस्तर सुधारका लागि सरकारले आवश्यक नीति बनाएर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे ।

तत्कालीन सरकारले २०५७ सालमा कमैया प्रथा उन्मूलन गरेर नागरिक बनाउने काम गरेकाले ती नागरिकको जीवनस्तर सुधारका लागि शिक्षा, स्वास्थ्य, रोजगारीलगायत आधारभूत आवश्यकता पूरा गर्न वर्तमान सरकारले पहल गर्ने परराष्ट्रमन्त्री राणाले बताए । दुई ठूला दल मिलेर गठन भएको अहिलेको सरकारले मुलुकको समग्र विकासका लागि योजना तयार गरेर अघि बढ्दै गएको उनले उल्लेख बताए।

परराष्ट्रमन्त्री राणाले सरकारले थारु समुदायमा देखिएको सिकलसेल एनिमिया रोगको पहिलो चरणमा स्कुलस्तरबाट चेकजाँच गर्ने व्यवस्था मिलाउने तयारी गरिरहेको जानकारी दिए । उनले विशेष गरी नेपालमा सिकलसेल रोग थारु समुदायमा देखिने गरेको भनिए पनि अन्य देशमा अरु समुदायमा पनि यो रोग देखा पर्न थालेको अनुसन्धानहरूले देखाएका बताए ।

उनले थारु समुदायलाई राज्यका विभिन्न निकायमा पहुँच बढाउन सरकारले योजना पहल गर्दै गइरहेको उल्लेख गरे । नेपाली कांग्रसकी केन्द्रीय सदस्यसमेत रहेकी मन्त्री राणले थारु समुदायको पहुँच विस्तार गर्ने उद्देश्यले कांग्रेसले थारु विभाग गठन गरेको जानकारी दिए ।

प्रकाशित मिति : २६ माघ २०८१, शनिबार  ९ : २२ बजे

सिद्धपोखरी मर्मतमा स्थानीयको सहभागिता (तस्बिरहरू)

भक्तपुर– भक्तपुर नगरपालिकाले आफ्नो दीर्घकालीन ‘सम्पदा जोगाउने’ नीति अन्तर्गत ऐतिहासिक

बदनाम गर्न मविरुद्ध संगठित रूपमै अफवाह फैलाइयो : अर्थमन्त्री वाग्ले

काठमाडौँ – अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आफूविरुद्ध संगठित रूपमा अफवाह

एसीसी महिला प्रिमियर कपमा थाइल्यान्डले नेपाललाई दियो १३१ रनको चुनौती

काठमाडौँ – मलेसियामा जारी एसीसी महिला प्रिमियर कपमा थाइल्यान्डले नेपाललाई

सुकुम्वासीको नयाँ सङ्कट: आश्रयस्थलमा बढ्दै लागुऔषध दुर्व्यसनी

काठमाडौँ – थापाथलीस्थित बागमती नदी किनारबाट विस्थापित भई कीर्तिपुरको राधास्वामीस्थित

वसन्त ऋतुको हिमाल आरोहण सकियो, एक अर्ब २६ करोड राजस्व सङ्कलन

काठमाडौँ– सन् २०२६ को वसन्त ऋतुमा विश्वको सर्वोच्च शिखर सगरमाथासहित