आईपीएलका संस्थापक मोदीले त्याग्दै भारतीय नागरिकता « Khabarhub

आईपीएलका संस्थापक मोदीले त्याग्दै भारतीय नागरिकता


२४ फाल्गुन २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- इन्डियन प्रिमियर लिग (आईपीएल) का संस्थापक ललित मोदीले आफ्नो भारतीय नागरिकता त्यागेको निवेदन दिएका छन् ।

मोदीले लन्डनस्थित भारतीय उच्चायोगमा आफ्नो राहदानी बुझाउँदै भारतको नागरिकता त्याग्न आवेदन दिएको भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जयसवाललाई उद्धृत गर्दै समाचार लेखिएको छ।

ललित मोदीले भानुआटुको नागरिकता प्राप्त गरेपछि भारतीय नागरिकता त्याग्न लागेको बताइएको छ ।

ललित मोदीका वकिल महमूद अब्दीले पनि यसको पुष्टि गर्दै उनले दक्षिण प्रशान्त टापु राष्ट्र भानुआटुको नागरिकता लिएको बताएको मिडिया रिपोर्टमा उल्लेख छ ।

वकिल अब्दीले मोदीविरुद्ध भारतीय एजेन्सीले भारतको कुनै पनि अदालतमा कुनै उजुरी वा आरोपपत्र दायर नगरेको दाबी गरेका छन् ।

२००८ मा आईपीएल स्थापना गरेका ललित मोदीलाई अनियमितता गरेको आरोप लागेपछि २०१० मा भारत छोड्न बाध्य पारिएको थियो ।

आफूविरुद्ध धरपकड हुनसक्ने संकेत पाएपछि मोदीले २०१० को आईपीएल फाइनलपछि तुरुन्त भारत छोडेर लण्डन पुगेका थिए । उनलाई अहिले विश्वको सबैभन्दा लोकप्रिय टी-२० लिग आईपीएल जन्माएको श्रेय जान्छ ।

प्रकाशित मिति : २४ फाल्गुन २०८१, शनिबार  १ : २७ बजे

अमेरिका र इजरायललाई इरानको चेतावनी- फेरि युद्धको कल्पना नगर्नू

तेहरान – इरानका सर्वोच्च नेता मोजतबा खामेनीले अमेरिका र इजरायललाई

वर्षाले अवरुद्ध जोमसोम–कोरला सडक सञ्चालन

मुस्ताङ– भारी वर्षाले अवरुद्ध जोमसोम–कोरला सडक मर्मतपछि सञ्चालनमा आएको छ

एनपीएल अन्तर्गत विराटनगर र सुदूरपश्चिमबीचको खेल ५ ओभरमा छोट्याइयो

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएल अन्तर्गत शनिबारको दोस्रो खेल ५

महामन्त्री आचार्य नेतृत्वको रास्वपा टोली चीन जाने

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का महामन्त्री विपिन आचार्य नेतृत्वको