शेर्पा समुदायद्वारा ताप्लेजुङमा सद्भाव र्‍याली « Khabarhub

शेर्पा समुदायद्वारा ताप्लेजुङमा सद्भाव र्‍याली


२४ फाल्गुन २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

ताप्लेजुङ – ताप्लेजुङको हिमाली क्षेत्रमा बसोबास गर्ने शेर्पा समुदायले आज सदरमुकाम फुङ्लिङ बजारमा सद्भाव र्‍याली आयोजना गरेको छ ।

शान्ति र समृद्धिको सन्देश फैलाउने उद्देश्यले निकालिएको उक्त र्‍यालीमा शेर्पा समुदायका सदस्य मौलिक पोसाकमा सजिएर सहभागी भएका थिए ।

र्‍यालीले विरेन्द्र चोकबाट सुरु भई तोक्मे डाँडामा रहेको गुम्बाको परिक्रमा गरेको थियो । गुम्बा परिक्रमा शेर्पा समुदायको धार्मिक आस्थासँग गाँसिएको महत्वपूर्ण परम्परा हो । त्यसले शान्ति, सद्भाव र सकारात्मक ऊर्जाको प्रवर्द्र्धन गर्ने विश्वास गरिन्छ ।

उक्त र्‍याली हिमालयन शेर्पा सांस्कृतिक केन्द्र ताप्लेजुङ र शेर्पा सञ्चार समूह नेपाल जिल्ला शाखाको संयुक्त आयोजनामा गरिएको हो । आयोजक संस्थाहरूले बौद्धमार्गीको राष्ट्रिय पर्व २१५२औँ शिङ मो डुल लो ग्याल्पो लोसारको अवसरमा आज विशेष सांस्कृतिक कार्यक्रमको आयोजना गरी मनाएको छन् ।

ग्याल्पो लोसार पर्व शेर्पा समुदायका लागि विशेष महत्व राख्ने चाड हो । यस अवसरमा परम्परागत नृत्य, मौलिक गीत सङ्गीत तथा सांस्कृतिक झाँकी प्रस्तुत गरिन्छ ।

प्रकाशित मिति : २४ फाल्गुन २०८१, शनिबार  ३ : ०४ बजे

टेलिमेडिसिन सेवा प्रभावकारी बनाउन मन्त्री मेहताको जोड

काठमाडौँ – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले टेलिमेडिसिन सेवालाई

नेप्से परिसूचक ६ अंकले घट्यो

काठमाडौँ– धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज ६.३८

मन्त्रिपरिषद्को बैठक बस्दै

काठमाडौं– प्रधानमन्त्री बालेन्द्र शाहले आज अपराह्न ४ बजे मन्त्रिपरिषद्को बैठक

दसैँमा चार ठूला सिक्वेलको भिडन्त : ‘आमा २’ देखि ‘कबड्डी ५’ सम्म

काठमाडौं– नेपाली चलचित्रका लागि दसैँ सधैँ बक्स अफिसको सुनौलो समय

चोलेन्द्रको घरमा सम्पत्ति शुद्धीकरणको छापा

काठमाडौं– पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा र उनका निकटका केही व्यक्ति