शिक्षकहरू फेरि ओर्लिए सडक आन्दोलनमा (तस्बिरहरू) « Khabarhub

शिक्षकहरू फेरि ओर्लिए सडक आन्दोलनमा (तस्बिरहरू)


२४ फाल्गुन २०८१, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


195
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल शिक्षक महासङ्घले काठमाडौंमा प्रदर्शन गरेको छ । पहिलो चरणको आन्दोलन अन्तर्गतको अन्तिम कार्यक्रम अन्तर्गत शिक्षकहरूले माइतिघरदेखि बिजुलीबजारसम्म प्रदर्शन गरेका हुन् ।

आजको आन्दोलनमा महासङ्घले ७७ वटै जिल्लाहरूबाट ३६ हजार १०० जना शिक्षकहरूलाई माइतीघर मण्डलामा उतार्ने लक्ष्य राखेको थियो । आन्दोलनमा सहभागी हुनका लागि महासंघले विभिन्न समूहमा विभाजन गरेको थियो । जसमा समूह ‘क’ अन्तर्गत रहेका जिल्लाहरू काठमाडौँ, ललितपुर र भक्तपुरबाट सबै शिक्षक कर्मचारीलाई आन्दोलनमा सहभागी हुन भनिएको थियो ।

तीन जिल्लाबाट सात हजार ५०० शिक्षक आन्दोलनमा सहभागी हुने महासङ्घले लक्ष्य राखेको थियो । त्यस्तै समूह ‘ख’ अन्तर्गतका तीन जिल्लाबाट तीन हजार, समूह ‘ग’ अन्तर्गतका २९ जिल्लाबाट १७ हजार ४००, समूह ‘घ’ अन्तर्गतका १३ जिल्लाबाट तीन हजार ९००, समूह ‘ङ’ अन्तर्गतका १९ जिल्लाबाट तीन हजार ८७०० र समूह ‘च’ अन्तर्गतका जिल्लाहरूबाट ५०० शिक्षकहरूलाई काठमाडौं पठाउन भनेको थियो ।

आन्दोलन परिचालनका लागि प्रत्येक सदस्यबाट १०० रुपैयाँ शुल्क उठाउन र सो मध्ये ५० रुपैयाँ राष्ट्रिय समितिलाई उपलब्ध गराउन महासङ्घले निर्देशन दिएको छ । नेपाल शिक्षक महासङ्घसँग विगतमा भएका सबै सहमति सम्बोधन हुनेगरी अग्रगामी शिक्षा ऐन जारी गर्न दबाब दिने उद्देश्यले महासङ्घले माघ २० गतेदेखि आन्दोलन गर्दै आएको छ ।

फागुन १७ गतेसम्म पहिलो चरणको आन्दोलन अन्तर्गत स्थानीय तह, जिल्ला, प्रदेश र केन्द्र गरेर आन्दोलनका विभिन्न कार्यक्रम गरेको थियो । यसअघि गत वर्षको असोजमा देशभरका शिक्षक कर्मचारीहरू काठमाडौँका सडकमा उत्रिएका थिए । सडकमै लम्पसार भएर सुतेका थिए । त्यसपछि सरकारले दुईपटक सहमति गरेको थियो । सहमति अनुसार विद्यालय शिक्षा विधेयकमा मागहरू समावेश गर्ने भन्ने थियो ।

तस्बिरहरु : नेपाल फोटो लाईब्रेरी

प्रकाशित मिति : २४ फाल्गुन २०८१, शनिबार  ४ : ३१ बजे

दुई धार्मिक समुदायका अगुवालाई एकै ठाउँ राखे रविले

काठमाडौं- सुनसरीसहित तराई-मधेशमा देखिएको तनाव कम गर्न राष्ट्रिय स्वतन्त्र पार्टी

बागमती प्रदेश सडक दुर्घटना : चितवनमा सबैभन्दा धेरै, रामेछापमा कम

चितवन– बागमती प्रदेशका १० जिल्लामा एक हजार ९२४ सडक दुर्घटना

नहरमा डुबेर १० वर्षीय बालकको मृत्यु

भद्रपुर– बुद्धशान्ति गाउँपालिका–६ स्थित सिँचाइका लागि बनाइएको नहरमा डुबेर १० वर्षीय

भ्रामक भिडियो पोस्ट नगर्न आग्रह

वीरगञ्ज– प्रमुख जिल्ला अधिकारी भोला दाहालले फेसबुक, टिकटक, इन्स्टाग्रामलगायत सामाजिक

गगनले गरे कोशी र मधेसका नेता सांसदसँग छलफल

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले जुम बैठक र काठमाडौंमा