नेपाली क्रिकेटको वार्षिक क्यालेन्डर सार्वजनिक (तालिकासहित) « Khabarhub

नेपाली क्रिकेटको वार्षिक क्यालेन्डर सार्वजनिक (तालिकासहित)


२४ फाल्गुन २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


345
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल क्रिकेट संघ (क्यान)ले सन् २०२५ का लागि वार्षिक क्यालेण्डर सार्वजनिक गरेको छ ।

शनिबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै क्यानले सन २०२५ मा नेपाली राष्ट्रिय पुरुष तथा महिलाका साथै उमेरसमूहमा हुने क्रिकेट तालिका सार्वजनिक गरेको हो । यस बर्ष नेपालको ध्यान विश्वकप छनोटका लागि केन्द्रीत हुने क्यान सचिव पारस खड्काले जानकारी दिए ।नेपाली टोलीले अप्रिलमा हङकङ सिरिज, मे मा युके भ्रमण गर्दै जुनमा आइसिसी विश्वकप लिग–२ खेल्नेछ ।

त्यस्तै टी–२० विश्वकप छनोटको तयारी श्रीलंकामा हुने सचिव खड्काले जानकारी दिए । त्यस्तै अक्टोबरमा ओमानमा नेपालले विश्वकप छनोट खेल्ने छ । नोभेम्बरमा यूएईमा विश्वकप लिग–२ खेल्नेछ । यसैगरी महिला क्रिकेट टोलीले अप्रिल महिनामा भुटानसँग टी२० सिरिज खेल्ने क्यान सचिव खड्काले बताए ।

त्यस्तै घरेलुतर्फ नेपाल प्रिमियर लिग (एनपिएल)को दोस्रो संस्करण नोभेम्बरमा हुने क्यानले जनाएको छ भने प्रधानमन्त्री कप क्रिकेट मार्चमा हुने भएको छ । क्यान सचिव खड्काले नेपाली क्रिकेट खेलाडीको ग्रेडिङ छिटै सार्वजनिक गर्ने जानकारी दिए ।

प्रकाशित मिति : २४ फाल्गुन २०८१, शनिबार  ५ : ४३ बजे

अधिवक्ता मिश्र कैलाली ३ बाट स्वतन्त्र उम्मेदवार बन्ने

धनगढी- आगामी निर्वाचनमा कैलाली क्षेत्र नम्बर ३ बाट युवा कानुन

देउवाको नियति : शक्तिमा हुँदा जहिल्यै गलहत्तिनुपर्ने, भोग्न बाध्य भए बीपीदेखि गगनसम्मको चोट

काठमाडौं – नेपाली कांग्रेसको सभापतिका रूपमा शुक्रबारदेखि वैधानिकता गुमाएका शेरबहादुर

तनहुँमा एकजना मृत फेला

तनहुँ – तनहुँको म्याग्दे गाउँपालिका–५ धारापानीस्थित भिमाद बेलचौतारा भित्री सडकखण्डमा

अमरेशकुमार सिंह रास्वपामा प्रवेश गर्दै

काठमाडौं – नेपाली कांग्रेसबाट कारबाहीमा परेपछि २०७९ को प्रतिनिधि सभा

पर्यटन उद्योग अर्थतन्त्रको मेरुदण्ड : उपराष्ट्रपति यादव

काठमाडौं – उपराष्ट्रपति रामसहाय प्रसाद यादवले पर्यटन उद्योग राष्ट्रिय अर्थतन्त्रको