नेपाली क्रिकेटको वार्षिक क्यालेन्डर सार्वजनिक (तालिकासहित) « Khabarhub

नेपाली क्रिकेटको वार्षिक क्यालेन्डर सार्वजनिक (तालिकासहित)


२४ फाल्गुन २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


345
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल क्रिकेट संघ (क्यान)ले सन् २०२५ का लागि वार्षिक क्यालेण्डर सार्वजनिक गरेको छ ।

शनिबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै क्यानले सन २०२५ मा नेपाली राष्ट्रिय पुरुष तथा महिलाका साथै उमेरसमूहमा हुने क्रिकेट तालिका सार्वजनिक गरेको हो । यस बर्ष नेपालको ध्यान विश्वकप छनोटका लागि केन्द्रीत हुने क्यान सचिव पारस खड्काले जानकारी दिए ।नेपाली टोलीले अप्रिलमा हङकङ सिरिज, मे मा युके भ्रमण गर्दै जुनमा आइसिसी विश्वकप लिग–२ खेल्नेछ ।

त्यस्तै टी–२० विश्वकप छनोटको तयारी श्रीलंकामा हुने सचिव खड्काले जानकारी दिए । त्यस्तै अक्टोबरमा ओमानमा नेपालले विश्वकप छनोट खेल्ने छ । नोभेम्बरमा यूएईमा विश्वकप लिग–२ खेल्नेछ । यसैगरी महिला क्रिकेट टोलीले अप्रिल महिनामा भुटानसँग टी२० सिरिज खेल्ने क्यान सचिव खड्काले बताए ।

त्यस्तै घरेलुतर्फ नेपाल प्रिमियर लिग (एनपिएल)को दोस्रो संस्करण नोभेम्बरमा हुने क्यानले जनाएको छ भने प्रधानमन्त्री कप क्रिकेट मार्चमा हुने भएको छ । क्यान सचिव खड्काले नेपाली क्रिकेट खेलाडीको ग्रेडिङ छिटै सार्वजनिक गर्ने जानकारी दिए ।

प्रकाशित मिति : २४ फाल्गुन २०८१, शनिबार  ५ : ४३ बजे

भोलि खुलामञ्चमै कांग्रेस केन्द्रीय समिति बैठक

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक सोमबार बिहान १०

रक्षा बमको कटाक्ष : धन्न जेनजीहरूले रगत बगाइदिए, प्रधानमन्त्री हुन पाए

काठमाडाैं – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को टिप्पणीप्रति जेनजी अभियन्ता रक्षा

बालेनलाई सचिनको जवाफ : ‘धन्न कांग्रेसले लोकतन्त्र स्थापना गरेछ, टिप्पणी गर्न पाएका छन्’

काठमाडाैं – नेपाली कांग्रेसका युवा नेता सचिन तिमिल्सिनाले प्रधानमन्त्री बालेन्द्र

यस्तो छ कांग्रेसको निर्वाचन कार्यक्रम, मनोनयन दर्ता मंगलबार

काठमाडौं । नेपाली कांग्रेसले निर्वाचन कार्यक्रम सार्वजनिक गरेको छ  ।

गगनको अभिव्यक्तिपछि बालेनले भने : ‘धन्न खुलामञ्च राम्रो बनाइएछ’

काठमाडाैं – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले नेपाली कांग्रेसको १५औँ महाधिवेशन