नेपाली महिला टोली नामिबियासँग ६ विकेटले पराजित « Khabarhub

नेपाली महिला टोली नामिबियासँग ६ विकेटले पराजित


२४ फाल्गुन २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


168
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली राष्ट्रिय महिला क्रिकेट टिम नामिबियासँग ६ विकेटले पराजित भएको छ ।

युगाण्डा क्रिकेट एसोसियसनको आयोजनामा शनिबारदेखि शुरु भएको चार देशीय सिरिजअन्तर्गत नेपालले ९३ रनको लक्ष्य दिएको थियो ।

नेपालले दिएको लक्ष्य पछाएको नामिबियाले ब्याटिङ गर्ने क्रममा वर्षाले खेल अवरुद्ध भएपछि डक वर्थ लुइस नियम अनुसार १५ ओभरमा ७१ रनको नयाँ लक्ष्य तय भएको थियो ।

उक्त लक्ष्य नामिबियाले १४.५ ओभरमा ४ विकेट गुमाउँदै पूरा गरेको थियो । यसअघि टस जितेर पहिला ब्याटिङ गर्दै नेपालले १९.५ ओभरमा ९२ रन बनाएको थियो ।

नेपालका लागि सम्झना खड्काले सर्वाधिक १८ रन बनाएकी थिइन् भने कविता जोशीले १६, पूजा महतोले १३ रन बनाएकी थिइन् ।

नामिबियाका लागि बलर विलका एमवाटिल र मेकेलाय एमवाटिलले ३-३ विकेट लिए, कायलिन ग्रिनले २ विकेट लिएकी थिइन् ।

अब नेपालले अर्को खेल आइतबार आयोजक युगाण्डासँग खेल्ने तालिका तय भइसकेको छ।

प्रकाशित मिति : २४ फाल्गुन २०८१, शनिबार  ८ : ५५ बजे

चीनले नेपाललाई राहत पठाउँदै, दुई सैन्य कार्गो विमान काठमाडौं आउँदै

काठमाडौं- रसुवाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीबाट प्रभावित नेपाललाई चीनले राहत

राष्ट्रकवि घिमिरेका पुत्र इन्दिवर रसुवा बाढीपछि बेपत्ता

काठमाडौं- राष्ट्रकवि स्वर्गीय माधवप्रसाद घिमिरेका ज्येष्ठ पुत्र तथा नेपाल विद्युत प्राधिकरणका

एनसेलले थप ७ दिन बाढी प्रभावित क्षेत्रमा निःशुल्क सेवा दिने

काठमाडौं- एनसेलले बाढी प्रभावित क्षेत्रमा निःशुल्क भ्वाइस, डेटा र एसएमएस सेवा

रसुवा बाढीमा बेपत्तामध्ये चितवनमा संकलित २२९ शव सामूहिक रूपमा व्यवस्थापन गरिने

चितवन– रसुवामा आएको विनाशकारी बाढीपछि चितवनमा संकलन गरिएका २३३ शवमध्ये

गाईजात्रामा भक्तपुरका पूर्व फर्केका नौ ढुङ्गेधारा खोज्दै नयाँ पुस्ता

भक्तपुर– भक्तपुरको सापारु अर्थात् गाईजात्रामा धेरैले घिन्ताङघिसी, तहामचा (ताहासा) र