डडेल्धुरामा तरकारीको ‘हाइब्रिड’ बीउ उत्पादन सुरु « Khabarhub

डडेल्धुरामा तरकारीको ‘हाइब्रिड’ बीउ उत्पादन सुरु


२४ फाल्गुन २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

डडेल्धुरा – डडेल्धुरामा तरकारीको ‘हाइब्रिड’ बीउ उत्पादन सुरु गरिएको छ । डडेल्धुरास्थित तरकारी जर्मप्लाज्म सम्बर्द्धन तथा बीउ उत्पादन केन्द्रले यस वर्षबाट बिउ उत्पादन सुरु गरेको हो ।

मूल बीउ उत्पादन गर्ने उद्देश्यका साथ विसं २०४३ सालमा स्थापना भएको केन्द्रमा पहिलोमूल बीउसँगै श्रृजना जातको टमाटर र मधु जातको काक्राको उत्पादन सुरु गरिएको केन्द्र प्रमुख तारिसिंह ठकुराठीले जानकारी दिए ।

यस वर्ष टमाटरको बीउ १० देखि १२ किलोग्रामसम्म र काक्राको बीउ १० देखि १२ केजीसम्म उत्पादन हुने अनुमान गरिएको र उत्पादन भएको बीउ स्थानीयस्तरका साथै सुदूरपश्चिम प्रदेशका अन्य जिल्लामा बिक्रीवितरण गर्ने योजना रहेको उनले बताए ।

सुदूरपश्चिममा पहिलो पटक उत्पादन सुरु गरिए पनि अन्य प्रदेशमा भने सरकारी फार्ममा हाइब्रिड बीउ उत्पादन भइरहेको केन्द्र प्रमुख ठकुराठीले बताए ।

प्रकाशित मिति : २४ फाल्गुन २०८१, शनिबार  १० : ३४ बजे

स्रोत नखुलेको अमेरिकी डलरसहित एकजना पक्राउ

कमलामाई– सिन्धुलीको गोलन्जोर गाउँपालिका–७ माथिल्लो बजारस्थित चेकपोष्टमा स्रोत नखुलेको अमेरिकी

यात्रुले आपतकालीन ढोका खोल्दा बुद्धको जहाज रोकियो

काठमाडौं– यात्रुले जहाजको आपतकालीन ढोका खोल्दिँदा बुद्ध एयरको उडान नै

कांग्रेस विशेष महाधिवेशन : विद्युतीय मेशिनमा मतदान तयारी

काठमाडौं- चार दिनदेखि जारी नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनअन्तर्गत नयाँ

साढे तीन घण्टा बित्दा पनि सुरू भएन कांग्रेस संस्थापनको बैठक

काठमाडौं : बुधबार बिहान ८ बजेका लागि नेपाली कांग्रेस संस्थापन

लगातार नयाँ रेकर्ड राख्दै सुनचाँदी, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं- स्थानीय बजारमा सुनको मूल्यले आज पनि रेकर्ड कायम गरेको