लुम्बिनीमा पिकअप भ्यान दुर्घटना : दुई जनाको मृत्यु, २२ घाइते « Khabarhub

लुम्बिनीमा पिकअप भ्यान दुर्घटना : दुई जनाको मृत्यु, २२ घाइते


२६ चैत्र २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

लुम्बिनी – रूपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका-७ भरवलिया गाउँमा पिकअप भ्यान दुर्घटना हुँदा एक बालिकासहित दुई जनाको मृत्यु भएको छ भने अन्य २२ जना घाइते भएका छन्। लुम्बिनी सांस्कृतिक नगरपालिका-७ स्थित शिवगढिया मोडमा सोमबार साँझ लु १ च २७६३ नम्बरको पिकअप भ्यान पल्टिँदा गैँडहवा गाउँपालिका-१ शिवपुरवाकी १२ वर्षीया अस्मिता यादव र शुद्धोधन गाउँपालिका-६ मानमटेरियाकी ४८ वर्षीया जानमती यादवको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रूपन्देहीले जनाएको छ।

घाइतेमध्ये तीन जनाको लुम्बिनीस्थित लाइफ केअर अस्पताल र १९ जनाको भैरवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज रानीगाउँमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय लुम्बिनीले जनाएको छ।

घटनाको प्रत्यक्षदर्शी सन्दीप गुप्ताका अनुसार तीव्र गतिमा गुडिरहेको उक्त भ्यान मोडमा पुगेपछि अनियन्त्रित भई पल्टिएको थियो। भ्यानमा सवार २४ जना यात्रु लुम्बिनीस्थित मायादेवी मन्दिरबाट मुण्डन संस्कार सकेर घर फर्कने क्रममा दुर्घटना भएको उनले जानकारी दिए।

दुर्घटनापछि कपिलवस्तु जिल्ला शुद्धोधन गाउँपालिका-४ बिठुवा बस्ने सवारी चालक २६ वर्षीय अशोक पासीलाई प्रहरीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी कार्यालय रूपन्देहीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक सुरज कार्कीले बताए। सामान बोक्न प्रयोग गरिने पिकअप भ्यानमा क्षमताभन्दा बढी यात्रु सवार हुँदा भारवहन क्षमता बढी भई दुर्घटना भएको उनको भनाइ छ।

प्रकाशित मिति : २६ चैत्र २०८१, मंगलबार  ५ : ३६ बजे

जेन-जी प्रदर्शनकारीमाथिको मुद्दा फिर्ता लिन प्रतिवेदन गृह मन्त्रालय पठाइने

काठमाडौं– सरकारले जेन-जी प्रदर्शनकारीहरूलाई लगाएको फौजदारी मुद्दा फिर्ता लिनेबारे अध्ययन

झलनाथ खनालले अघि सारेको १५ बुँदे विशेष प्रस्तावमा के छ ?

काठमाडौँ – पूर्वप्रधानमन्त्री झलनाथ खनालको अगुवाइमा सुरु भएको ‘समाजवादी जागरण

बबरमहलमा आकाशे पुल जडान, भर्‍याङ राखेपछि सञ्चालनमा आउने (तस्बिरहरू)

काठमाडौं– माइतीघर–नयाँ बानेश्वर सडकखण्डअन्तर्गत बबरमहलमा पैदलयात्रीका लागि आकाशे पुल बनाइँदै

औद्योगिक क्षेत्रका लागि यथाशीघ्र जग्गा उपलब्ध गराउन आग्रह

काठमाडौं– उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले

झलनाथ अब नेकपामा सक्रिय नहुने, समाजवादी जागरण अभियान सञ्चालन गर्ने

काठमाडौं- वामपन्थी नेता एवम् पूर्वप्रधानमन्त्री झलनाथ खनालले छुट्टै अभियान सञ्चालन