‘पोखरा–छेन्दु उडान नियमित गर्न सबैको सहयोग आवश्यक’ | Khabarhub Khabarhub

‘पोखरा–छेन्दु उडान नियमित गर्न सबैको सहयोग आवश्यक’


२६ चैत्र २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


132
Shares
  • change font
  • change font
  • change font

कास्की– पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट सुरु भएको चीनको सिचुवान प्रान्तको छेन्दुको सिधा उडानलाई निरन्तरता दिन सबैको साथ र सहयोग आवश्यक पर्ने बताएका छन् ।

पोखरा पर्यटन परिषदद्वारा सोमबार पोखरामा आयोजित पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट चीनको छेन्दुमा गरिएको पहिलो व्यावसायिक चार्टर्ड उडानका सहभागीलाई सहभागिताको प्रमाणपत्र वितरण कार्यक्रममा उनले उक्त उडानसँगै पोखराबाट अन्तर्राष्ट्रिय उडानका सम्भावनालाई बढाएको बताए ।

पहिलो अन्तर्राष्ट्रिय उडानका क्रममा छेन्दु, लुझाउ, छोङ्छिङलगायत शहरमा भएका कार्यक्रमले दुई देशबीचको सम्बन्धसँगै पर्यटकीय साझेदारीलाई अझै उजागर गरेको बताउँदै उनले सिचुवान एयरलायन्सको विश्वका धेरै देशमा रहेको सञ्जालको उपयोग हुनुपर्ने आवश्यकता औँल्याए ।

चीनले माउन्ट कैलाश नजिकै निर्मित आली विमानस्थलमा पोखराबाट सिधा उडान गर्न सकिएको जनाउँदै महानगरप्रमुख आचार्यले त्यसले यहाँको अर्थतन्त्रलाई महत्त्वपूर्ण योगदान गर्ने विश्वास व्यक्त गरे ।

नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशका प्रमुख मणिराज लामिछानेले पोखरा–छेन्दु पहिलो व्यावसायिक चार्टर्ड उडानका क्रममा नेपाल पर्यटन बोर्डले छेन्दु र छोङ्छिङमा आयोजना गरेको बिटुबी तथा सेल्स मिसनले यहाँको पर्यटन प्रवर्द्धनमा महत्त्वपूर्ण योगदान पुर्‍याएको बताए ।

पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारीले पहिलो सफल उडानसँगै पोखरा–चीनको सम्बन्धलाई थप उजागर गरेको बताउँदै उडानको निरन्तरताका लागि सबैको सामूहिक प्रयास आवश्यक पर्नेमा जोड दिए ।

परिषद्का महासचिव एवं कार्यक्रम संयोजक जीवनराज सापकोटाले पहिलो व्यावसायिक उडानमा साथ र सहयोग गर्ने सबैमा धन्यवाद व्यक्त गर्दै यस कार्यक्रमले चीनका विभिन्न शहरसँग पोखराको सम्बन्धलाई प्रगाढ बनाएको धारणा राखे ।

कार्यक्रममा परिषद्का संस्थापक अध्यक्ष अशोक पालिखे, रामकली खड्का, दीपक पहारीलगायतले चीनको विकाससँगै त्यहाँको अनुशासन, सरसफाइलगायत पक्षलाई अनुकरण गर्नु आवश्यक रहेको धारणा राखे ।

प्रकाशित मिति : २६ चैत्र २०८१, मंगलबार  ८ : ५४ बजे

सामाजिक सद्भाव र समृद्ध समाज निर्माणका पक्षमा छठ पर्व : कावा सभापति खड्का

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले राष्ट्रिय एकतासहित सामाजिक सद्भाव

रैथाने ‘अनदी धान’ लोपोन्मुख अवस्थामा

कञ्चनपुर– रैथाने धानका जात मध्येकै स्वादिलो र सांस्कृतिक मूल्य बोकेको

गर्भवतीको मृत्युपछि किस्ट अस्पतालमा तनाव, तैनाथ गरियो प्रहरी (तस्बिरहरू)

काठमाडौं- चिकित्सकको लापरबाहीले गर्भवतीको मृत्यु भएको भन्दै आक्रोशित आफन्तले घेरेपछि

छठ पर्वप्रति नेपालगन्जवासीको मोह बढ्दै

राँझा–  पश्चिम तराईको सहर नेपालगन्जमा छठपूजा गर्नेको सङ्ख्या बर्सेनि बढ्दै गएको

पोखराका चार स्थानमा छठपूजा गरिँदै

कास्की– पर्यटकीय राजधानी पोखरामासमेत छठपर्व धुमधामका साथ मनाउने तयारी गरिएको