बल्खुमा राप्रपाको शक्ति प्रदर्शन, भेला हुँदै समर्थक (तस्बिरहरू) « Khabarhub

बल्खुमा राप्रपाको शक्ति प्रदर्शन, भेला हुँदै समर्थक (तस्बिरहरू)


२६ चैत्र २०८१, मंगलबार  

पढ्न लाग्ने समय : 3 मिनेट


354
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता-कार्यकर्ता र समर्थकहरू बल्खुस्थित आमसभास्थलमा भेला हुन थालेका छन् ।

राप्रपाले राजा र हिन्दु राज्य माग्दै मंगलबार काठमाडौंमा शक्ति प्रदर्शनसहित आमसभा गर्दैछ ।

भृकुटीमण्डपमा हुने भनिएको प्रदर्शनका लागि स्थानीय प्रशासनले अनुमति नदिएपछि राप्रपाले बल्खु क्षेत्रमा सभा गर्न लागेको हो ।

राप्रपाले बागमती प्रदेशस्तरीय विरोधसभासहितको प्रदर्शनका गर्दैछ । त्यसपछी वैशाख ७ गतेबाट काठमाडौं केन्द्रित आन्दोलन गर्ने राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले बताएका छन् ।

गत गत चैत १५ गते भएको राजावादीको आन्दोलन हिंसात्मक भएपछि राप्रपाले आजको प्रदर्शन अनुशासित बनाउन जोड दिएको छ ।

भिडियोमा हेर्नुहोस् :

बल्खुमा ७ मंसिर २०८० मा हिन्दु राज्य र राजा माग्दै गरेको प्रदर्शनमा झडप भएको थियो । त्यसबेला एमालेनिकट युवा संघका कार्यकर्ता र प्रसाईंका समर्थकबीच मुठभेट भएको थियो।

त्यसबेला जिल्ला प्रशासन कार्यालय काठमाडौंले युवा संघलाई काठमाडौंको तीनकुनेमा प्रदर्शन गर्न भनेको थियो । युवा संघका कार्यकर्ता मोटरसाइकल र्‍याली गर्दै बल्खुमा पुगेपछि झडप भएको थियो । दुई पक्षबीचमा त्यसबेला पनि झडप हुँदा कयौँ घाइते भएका थिए ।

हेर्नुहोस् तस्बिररू :

प्रकाशित मिति : २६ चैत्र २०८१, मंगलबार  १२ : ५८ बजे

स्पेसएक्सले युक्रेनमा स्टारलिंकको सेवामा गर्‍यो सीमितता, सैन्य ड्रोन अभियान प्रभावित

एजेन्सी– अमेरिकी अन्तरिक्ष प्रविधि कम्पनी स्पेसएक्सले युक्रेनमा उपलब्ध गराउँदै आएको

कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं– कुमारी बैंक लिमिटेडको छब्बीसौं वार्षिक साधारण सभा बुधबार काठमाडौंको

लोकदोहोरीबाट कांग्रेसको केन्द्रीय नेतृत्वसम्म, रिता थापामगर बनिन् केन्द्रीय सदस्य

काठमाडौं– लोकदोहोरी गीतमार्फत दर्शक तथा श्रोतामाझ परिचित गायिका रिता थापामगर

सरकारी कर्मचारीलाई स्वास्थ्य बीमामा आबद्ध गराउन स्वास्थ्य मन्त्रालयले पठायो पत्र

काठमाडौं– स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले नेपाल सरकारका विभिन्न निकायमा

मनसुन पूर्णरूपमा बाहिरियो, दसैँमा मौसम घमाइलो हुने पूर्वानुमान

काठमाडौँ– यस वर्षको मनसुन नेपालबाट पूर्णरूपमा बाहिरिएको छ । मौसम