हजारौँ वर्षअघि लोप भएका ब्वाँसोको पुनर्जन्म, वैज्ञानिकले गरे दुई छाउरा र एक छाउरी उत्पादन « Khabarhub

हजारौँ वर्षअघि लोप भएका ब्वाँसोको पुनर्जन्म, वैज्ञानिकले गरे दुई छाउरा र एक छाउरी उत्पादन


२६ चैत्र २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


486
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– वैज्ञानिकहरुले हजारौँ वर्षअघि लोप भइसकेका ब्वाँसोलाई पुनर्जन्म दिएका छन् । कोलोसल बायोसाइन्सका वैज्ञानिकहरुले आजभन्दा १० हजार वर्षअघि लोप भइसकेको ब्वाँसोको प्रजातिलाई पुनर्जन्म दिएका हुन् ।

वैज्ञानिकहरुले ‘डायर उल्फ’ नाम गरेको ब्वाँसाको यो प्रजातिका तीन छाउराछाउरी उत्पादन गरेका छन् । यीमध्ये रोमुलुस र रेमस नाम गरेका दुई छाउरा ६ महिनाका भए भने खालिसी नाम गरेकी छाउरीको उमेर केबल २ महिनाको छ ।

वैज्ञानिकहरुले प्राचीन डीएनएमा आधारित रहेर डायर उल्फलाई पुनर्जन्म दिएका हुन् । टाइम्सका अनुसार वैज्ञानिकहरुले डायर उल्फको जिनोम अध्ययन गरी खैरो ब्वाँसोको जेनेटिक कोड पुनर्लेखन गरेका थिए । पछि घरपालुवा कुकुरलाई ‘सरोगेट मदर’ का रुपमा प्रयोग गरी वैज्ञानिकहरुले रोमुलुस, रेमस र खालिसीलाई जन्म दिएका हुन् ।

६ महिनाको उमेरमै दुई छाउराको लम्बाइ ४ फिट रहेको टाइम्स म्यागजिनले जनाएको छ । त्यसैगरी, उनीहरुको वजन ८० पाउण्ड अर्थात् ३६ किलो रहेको छ । यी प्रजातिका ब्वाँसा ६ फिट लम्बाइ र १५० पाउण्ड अर्थात् झण्डै ७० किलोसम्म पुग्ने जनाइएको छ ।

यो ब्वाँसो उत्तर अमेरिकामा पाइने कुकुर वर्गका अरु जनावरभन्दा ठूला हुन्छन् । यी प्रजातिका ब्वाँसा प्रायः एक्लै बस्न रुचाउने गरेको टाइम्सले उल्लेख गरेको छ । यी ब्वाँसाहरु आजभन्दा १० हजार वर्षअघिसम्म अमेरिकी महादेशमा पाइन्थ्यो ।

सन् २०२१ मा स्थापना भएको कोलोसल बायोसाइन्सले चाँडै ‘उली म्यामथ’, तास्मानियाली बाघ र डोडोजस्ता जनावरलाई पुनर्जन्म दिने लक्ष्य लिएको छ ।

प्रकाशित मिति : २६ चैत्र २०८१, मंगलबार  १ : २९ बजे

बालेनप्रति महामन्त्री आचार्यको टिप्पणी : ‘म आफैँ एक्स्ट्रा अर्डिनरी बन्ने कोसिस गर्दैछु’

काठमाडौं– सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री विपिनकुमार आचार्यले प्रधानमन्त्री

रासायनिक मल सुनिश्चितताका लागि अध्ययन कार्यदल गठन

काठमाडौं– नेपालमा रासायनिक मल कारखाना स्थापना भएका खण्डमा उत्पादित मलको

संसद्‍मा ध्रुवराज राईले भने- ‘कुरा त्यही हजुर, धन्यवाद’

काठमाडौँ– श्रम संस्कृति पार्टीका सांसद ध्रुवराज राईले यसअघिका बैठकमा आफूले

निजामती विधेयकमा महिनावारी बिदाको प्रस्ताव

काठमाडौं– संज्ञा निजामती विधेयकमा महिनावारी बिदाको प्रस्ताव गरिएको छ । 

निजामती विधेयक : अनिवार्य अवकाशको उमेर ६० वर्ष प्रस्ताव, तर विधेयक लागू हुँदा भने ५५-३० लागू हुने

काठमाडौं– सरकारले बिहीबार संसदमा दर्ता गरेको संघीय निजामती सेवा सम्बन्धी