रास्वपा सचिवालय बैठक बुधबार बस्दै : पार्टीको आगामी कार्ययोजना तयार पार्ने  « Khabarhub

रास्वपा सचिवालय बैठक बुधबार बस्दै : पार्टीको आगामी कार्ययोजना तयार पार्ने 


२६ चैत्र २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


102
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले बुधबार ४ बजेका लागि सचिवालय बैठक बोलाएको छ । 

आगामी पार्टीको कार्ययोजना तयार पार्नका लागि रास्वपा सचिवालय बैठक बोलाइएको पार्टी कार्यवाहक सभापति डोलप्रसाद अर्याल (डिपी) ले बताए । 

अर्यालका अनुसार भोलिको सचिवालय बैठकमा आगामी वैशाखमा हुने महाधिवेशनको विषयमा छलफल हुने छ । यस्तै रास्वपाले गर्ने लागेको ‘जनयात्रा’ को विषयमा पनि छलफल हुने अर्यालको भनाइ छ । 

‘सभापति पुर्पक्षका लागि कारागार चलान हुनुभएको हो । उहाँको मुद्दा फाइनल भएको छैन । भोलि ४ बजे पार्टी सचिवालय बैठक बोलाएका छौँ । त्यसमा पार्टी महाधिवेशन जनयात्रा लगायतका विषयमा छलफल हुन्छ ।’ अर्यालले खबरहबसँग भने, ‘पार्टी आफ्नो गतिमा अगाडि जान्छ । सभापतिले पनि पार्टीको कार्यक्रम र गति रोकिनुहुँदैन भन्नुभएको छ ।’ 

नेताहरूका अनुसार भोलि सचिवालय बैठक बसेर केन्द्रीय समिति बैठक डाक्ने सम्भावना पनि छ ।

प्रकाशित मिति : २६ चैत्र २०८१, मंगलबार  २ : ३६ बजे

आज शनिबार शनिदेवको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज ३ गते शनिबार सन् २०२६

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज २०८३ साल असोज ३ गते शनिबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज ३ गते  शनिबार सन् २०२६

एन्फाका कोषाध्यक्ष र लेखापाल पक्राउ

काठमाडौँ । अखिल नेपाल फुटबल संघ (एन्फा) का कोषाध्यक्ष र

भोटेकोशी बाढीको नामाकरण गर्दैछ सरकार

काठमाडौं । सरकारले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीको नामकरण