२५० वर्ष शासन गरेको राजतन्त्र प्रेत बनेर आयो : महासचिव पोखरेल « Khabarhub

२५० वर्ष शासन गरेको राजतन्त्र प्रेत बनेर आयो : महासचिव पोखरेल


२६ चैत्र २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


117
Shares
  • change font
  • change font
  • change font

सुर्खेत– नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महासचिव शंङ्कर पोखरेलले राजाप्रति संकेत गर्दै प्रेत बनेर आएको बताएका छन् ।

नेकपा(एमाले)ले सुर्खेतमा आयोजना गरेको जागरणसभामा बोल्दै महासचिव पोखरेलले २५० वर्ष शासन गरेको राजतन्त्र अहिले प्रेत बनेर आएको बताएका हुन् । 

उनले एमाले सरकार भए पनि अहिले गणतन्त्रका पक्षमा सडकमा आएको बताए । ‘राजावादीहरू अहिले भन्छन् । गणतन्त्र के दियो भन्छन्,’ उनले भने,‘तपाई आफैँ भन्नुहोस् । सुर्खेतमा बाहेक अन्य ठाउँमा मोटर बाटो पुगेको थिएन । २०५६ सालमा म दैलेख जाँदा हिँडेर गएको थिए । गणतन्त्रको उपलब्धि थिएन ।’

मण्डलेहरूको शासनकालमा हालत खराब अवस्थामा कस्तो अवस्था थियो तपाईँहरू थाहा भएको महासचिव पोखरेलले बताए । ‘पञ्चायतकालमा कर्णालीबासीले एक ढिका नुनका लागि हेलिकप्टर कुनुपर्ने अवस्था थियो,’ उनले भने, ‘अहिले कर्णाली गाउँ गाउँमा सडक पुगेको छ । खानेपानी पुगेको छ । लोकतन्त्रमा त्यो अवस्था छैन ।’ 

पञ्चायतकालमा यो मुलुकको अवस्था कस्तो भने जम्मा एक सयमा ८ जनाले बिजुली बाल्ने गरेको अहिले अवस्थामा एक सय ९९ जनाले बिजुली बाल्न पाएको महासचिव पोखरेलले बताए । ‘यो उज्यालो बनाउने काम अहिले गणतन्त्र हो,’ उनले भने, ‘पञ्चायत अँध्यारो राखेको हो ।’

प्रकाशित मिति : २६ चैत्र २०८१, मंगलबार  ३ : ३४ बजे

स्पेसएक्सले युक्रेनमा स्टारलिंकको सेवामा गर्‍यो सीमितता, सैन्य ड्रोन अभियान प्रभावित

एजेन्सी– अमेरिकी अन्तरिक्ष प्रविधि कम्पनी स्पेसएक्सले युक्रेनमा उपलब्ध गराउँदै आएको

कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं– कुमारी बैंक लिमिटेडको छब्बीसौं वार्षिक साधारण सभा बुधबार काठमाडौंको

लोकदोहोरीबाट कांग्रेसको केन्द्रीय नेतृत्वसम्म, रिता थापामगर बनिन् केन्द्रीय सदस्य

काठमाडौं– लोकदोहोरी गीतमार्फत दर्शक तथा श्रोतामाझ परिचित गायिका रिता थापामगर

सरकारी कर्मचारीलाई स्वास्थ्य बीमामा आबद्ध गराउन स्वास्थ्य मन्त्रालयले पठायो पत्र

काठमाडौं– स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले नेपाल सरकारका विभिन्न निकायमा

मनसुन पूर्णरूपमा बाहिरियो, दसैँमा मौसम घमाइलो हुने पूर्वानुमान

काठमाडौँ– यस वर्षको मनसुन नेपालबाट पूर्णरूपमा बाहिरिएको छ । मौसम