विगुका चार विद्यालय नील, अरूको पनि नतिजा निराशाजनक  | Khabarhub Khabarhub

विगुका चार विद्यालय नील, अरूको पनि नतिजा निराशाजनक 


२६ चैत्र २०८१, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

दोलखा– जिल्लाको विगु गाउँपालिका भित्र रहेका अधिकांश सामुदायिक विद्यालयको नतिजा निराशाजनक तथा नील देखिएको छ ।

पालिका भित्रबाट २०८१ सालको गाउँपालिकास्तरीय आधारभूत शिक्षा- कक्षा ८,को वार्षिक परीक्षा सकाएर पालिकाको शिक्षा शाखाले नतिजा सार्वजनिक गरेको छ ।

कुल १२ वटा विद्यालयबाट दुई सय ३५ विद्यार्थी सहभागी परीक्षामा ८० प्रतिशत विद्यार्थी फेल अर्थात् परीक्षामा अनुत्तीर्ण भएका छन्।परीक्षामा सहभागी दुई सय ३५ मध्ये ४८ जना विद्यार्थी मात्रै मुस्किलले कक्षा ८ उत्तीर्ण भएका छन् ।

परीक्षामा ४ वटा विद्यालयको नतिजा नील रहेको छ भने,बाकी ८ विद्यालयको नतिजा पनि चिन्ताजनक आएको पाइएको छ ।
पालिकाको वडा नम्बर-२को देवलिङ्गेश्वर माविबाट कक्षा ८ को परीक्षामा सहभागी १६ जना विद्यार्थीमा १६ जनानै विद्यार्थी फेल भएका छन् ।

त्यसै गरी वडा नम्बर-८ को हिमालय माविबाट परीक्षामा १८ जना विद्यार्थी सहभागी थिए।यहाँ पनि १८ जानै विद्यार्थी अनुत्तीर्ण भएका छन् ।

त्यसै गरी सोही पालिकाको वडा नम्बर-४ रहेको शान्ति आदर्श माविबाट १९ विद्यार्थी परीक्षामा सहभागी थिए।जसमा १८ विद्यार्थी फेल भएका छन् । त्यस्तै नील नतिजा आउने अर्को विद्यालय रहेको छ वडा नम्बर-८ कै कालिन्चोक मावि।सो विद्यालयबाट २० जना विद्यार्थी परीक्षामा सामेल भएकोमा २० जना फेल अर्थात् परीक्षामा अनुत्तीर्ण भएको गाउँपालिकाले सार्वजनिक गरेको नतिजामा देखिएको छ ।

गाउँपालिकाको शिक्षा शाखाले सार्वजनिक गरेको नतिजा अनुसार अधिकांश विद्यालयको उत्तीर्ण सङ्ख्या न्यून छ । परीक्षा दिएकामध्ये  एक सय ८७ जना विद्यार्थी कक्षा ८ अनुत्तीर्ण भएको देखिएको छ ।

यता शैलुङ गाउँपालिकाको पनि विद्यार्थी उत्तीर्ण संख्या न्यून रहेको पाइएको छ । परीक्षा सञ्चालनका लागि गाउँपालिकाले परीक्षा केन्द्र तोकेर केन्द्राध्यक्षको समेत व्यवस्था गरी सञ्चालन गरेको परीक्षामा एक सय २६ जना विद्यार्थी फेल भएका छन् । यस गाउँपालिका कक्षा ८ उत्तीर्ण गर्ने विद्यार्थी ४० दशमलव ८ प्रतिशत रहेको छ । 

यता जिल्लाको कालिञ्चाेक र गौरीशंकर गाउँपालिकाका विद्यालयको नतिजा भने,गत वर्षको तुलनामा सन्तोषजनक रहेको देखिएको छ । कालिञ्चाेक गाउँपालिकाबाट गत वर्ष ६० प्रतिशत माथि विद्यार्थी परीक्षामा अनुत्तीर्ण भएकोमा यस वर्ष भने,५८ प्रतिशत विद्यार्थी परीक्षामा उत्तीर्ण भएको देखिएको छ। 

यस गाउँपालिकामा रहेका १८ वटा विद्यालयबाट ५ सय ३५ जना विद्यार्थी परीक्षामा सामेल थिए।जसमा ३ सय ७६ जना विद्यार्थी उत्तीर्ण भएका छन् भने,एक सय ५९ जना विद्यार्थी कक्षा ८ मा फेल भएका छन्। गतको तुलनामा यहाँका विद्यालयको नतिजामा सामान्य सुधार भएको पाइएको छ।

त्यसै गरी पालिकाहरूले सार्वजनिक गरेको नतिजा अनुसार गौरीशंकर गाउँपालिकाको कक्षा ८ को नतिजा उत्कृष्ट रहेको देखिएको छ।यस गाउँपालिकाका १२ वटा विद्यालयबाट दुई सय ३२ जना विद्यार्थी परीक्षामा सहभागी बनेका थिए।जसमा १ सय ७६ जना विद्यार्थी परीक्षामा उत्तीर्ण भएका छन् ।

त्यसैगरी ५६ जना विद्यार्थी परीक्षामा अनुत्तीर्ण भएको देखिएको छ।यहाँका विद्यालयको विद्यार्थी उत्तीर्ण प्रतिशत ९५ दशमलव ६५ प्रतिशत रहेको छ।त्यसै गरी गौरीशंकरका ४ विद्यालयबाट सत् प्रतिशत विद्यार्थी उत्तीर्ण गर्दा अन्य ८ विद्यालयबाट पनि ८० प्रतिशत माथि विद्यार्थी उत्तीर्ण भएको गौरीशंकर गाउँपालिकाको शिक्षा शाखाले जनाएको छ।जिल्लाका अन्य स्थानीय तहहरूले भने अझै नतिजा सार्वजनिक नगरेको पाइएको छ। -सुबास बस्नेत/दोलखा

प्रकाशित मिति : २६ चैत्र २०८१, मंगलबार  ४ : ५० बजे

इरानसँगको नयाँ सम्झौता कार्यान्वयन गर्न संयुक्त राष्ट्रसङ्घको आग्रह

भियना– संयुक्त राष्ट्रसङ्घको आणविक निगरानी गर्ने निकायका प्रमुखले सोमबार इरानसँग

गण्डकी प्रदेशका तीन सय ९९ फरार कैदीबन्दी फक्राउ

गण्डकी – गत साताको जेनजी आन्दोलनका क्रममा गण्डकी प्रदेशका कास्की,

जेन-जी आन्दोलनको घटना छानबिन गर्न न्यायिक समिति

काठमाडौँ- सरकारले जेन-जी आन्दोलनका क्रममा भएको घटनाको न्यायिक छानबिन गर्ने

मार्तडी र कोल्टीमा सहुलियत पसल सञ्चालन

बाजुरा– खाद्य व्यवस्था तथा व्यापार कम्पनीले जिल्लाका मार्तडी र कोल्टीमा