जुम्लामा सञ्चालित आँखा शिविरबाट छ सय जना लाभान्वित « Khabarhub

जुम्लामा सञ्चालित आँखा शिविरबाट छ सय जना लाभान्वित


२६ चैत्र २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

जुम्ला– जुम्लाको कनकासुन्दरी गाउँपालिका–४ स्थित हाट–सिँजा स्वास्थ्य चौकीमा सञ्चालित दुई दिने निःशुल्क आँखा शिविरबाट छ सय एक जना लाभान्वित भएका छन् ।

सो गाउँपालिकाको आर्थिक सहयोग तथा समन्वय र हिमालय आँखा अस्पताल पोखराको प्राविधिक सहयोगमा सञ्चालित निःशुल्क स्वास्थ्य शिविरमा ४६ जनाको मोतियाविन्दुको शल्यक्रिया गरिएको थियो ।

त्यस्तै, स्थानीय जनताको आँखाको स्वास्थ्य परीक्षणसहित ३०० जनालाई निःशुल्क रूपमा चस्मा प्रदान गरिएको कनकासुन्दरी गाउँपालिकाका स्वास्थ्य निरीक्षक वीरन्द्रप्रसाद उपाध्यायले जानकारी दिए ।

कनकासुन्दरी गाउँपालिकाका प्रमुख दामोदरप्रसाद आचार्यले दक्ष तथा अनुभवी चिकित्सक एवं स्वास्थ्यकर्मीको सहयोगमा गाउँगाउँमा पुगी सर्वसुलभ एवं गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने नीति तथा कार्यक्रम कार्यान्वयनका क्रममा यस पटक निःशुल्क आँखा शिविर सञ्चालन गरेको बताए ।

प्रमुख प्रशासकीय अधिकृत दीपेन्द्र भण्डारीका अनुसार गाउँपालिकाको आयोजनामा हाट–सिँजामा सञ्चालित स्वास्थ्य शिविरमा उपचार गर्न आउने बिरामीलाई घरसम्म पुर्‍याउने र खान बस्ने व्यवस्थासहित फलफूलसमेत वितरण गरिएको छ ।

प्रकाशित मिति : २६ चैत्र २०८१, मंगलबार  ४ : ५७ बजे

अमेरिकाको म्यासाचुसेट्स तटमा मेडिकल विमान दुर्घटना, ६ जनाको मृत्यु भएको आशंका

 काठमाडौं – अमेरिकाको म्यासाचुसेट्स राज्यको तट नजिक मेडिकल ट्रान्सपोर्ट विमान बेपत्ता

होर्मुज तनावबीच मध्यपूर्वबाट तेल निर्यात बढ्यो

काठमाडौं – होर्मुज जलडमरूमध्यमा पानीजहाजमाथि आक्रमणका घटना भइरहे पनि इरानबाहेक मध्यपूर्वबाट हुने

केन्द्रीय समितिबाट विभिन्न प्रतिवेदन पारित

काठमाडौं– नेपाली कांग्रेसको १५औं महाधिवेशनका लागि केन्द्रीय समितिबाट विभिन्न प्रतिवेदन

भक्तपुरको प्लास्टिक दाना बनाउने कारखानामा आगलागी

भक्तपुर– सूर्यविनायक नगरपालिका–८ जगातीस्थित कँपलिचोकमा सञ्चालित प्लास्टिक दाना बनाउने कारखानामा आज

कांग्रेस उपसभापतिमा विनोद चौधरीको दाबी

काठमाडौं- नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य विनोद चौधरीले पार्टीको