आन्दोलनरत आवासीय चिकित्सकलाई कारबाही गर्ने नेपाल मेडिकल कलेजको चेतावनी  « Khabarhub

आन्दोलनरत आवासीय चिकित्सकलाई कारबाही गर्ने नेपाल मेडिकल कलेजको चेतावनी 


२६ चैत्र २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौंको जोरपाटीमा रहेको नेपाल मेडिकल कलेजले आन्दोलनरत आवासीय चिकित्सकलाई कारबाही गर्ने चेतावनी दिएको छ । 

मंगलबार कलेजका विभागीय प्रमुख, प्रबन्ध निर्देशक, प्राचार्य तथा अस्पताल निर्देशकसहित बसेको बैठकले सार्वजनिक सुचना जारी गर्दै बिना जानकारी अनुपस्थित रहेका आवासीय चिकित्सकलाई कारबाही गर्ने बताएको हो । 

‘अनुपस्थित रहेका आवासीय चिकित्सकको नाम व्यवस्थापनलाई पठाइदिन अनुरोध छ । उक्त नामावली अस्पताल निर्देशकमार्फत प्राचार्यज्यूलाई आवश्यक कारबाहीका लागि पठाइने छ ।’ कलेज प्रशासनले विभागीय प्रमुखलाई पठाएको पत्रमा भनिएको छ, 

सरकारले निजी मेडिकल कलेजमा चिकित्सा शिक्षा स्नातकोत्तर तह (पीजी) अध्ययन गर्ने आवासीय चिकित्सकलाई मासिक ४८ हजार रुपैयाँ निर्वाह भत्ता दिने निर्णय गरेको थियो । तर २५ माघमा बसेको चिकित्सा शिक्षा आयोगले गरेको सो निर्णय लागू नभएको भन्दै अहिले आवासीय चिकित्सक सडक आन्दोलनमा उत्रिएका छन् ।

हप्ताको १२० घण्टा बढी खट्ने आवासीय चिकित्सकलाई मेडिकल कलेजहरूले २० हजारभन्दा कम निर्वाह भत्ता दिँदै आएका छन् ।

प्रकाशित मिति : २६ चैत्र २०८१, मंगलबार  ५ : ३० बजे

अमेरिकाको म्यासाचुसेट्स तटमा मेडिकल विमान दुर्घटना, ६ जनाको मृत्यु भएको आशंका

 काठमाडौं – अमेरिकाको म्यासाचुसेट्स राज्यको तट नजिक मेडिकल ट्रान्सपोर्ट विमान बेपत्ता

होर्मुज तनावबीच मध्यपूर्वबाट तेल निर्यात बढ्यो

काठमाडौं – होर्मुज जलडमरूमध्यमा पानीजहाजमाथि आक्रमणका घटना भइरहे पनि इरानबाहेक मध्यपूर्वबाट हुने

केन्द्रीय समितिबाट विभिन्न प्रतिवेदन पारित

काठमाडौं– नेपाली कांग्रेसको १५औं महाधिवेशनका लागि केन्द्रीय समितिबाट विभिन्न प्रतिवेदन

भक्तपुरको प्लास्टिक दाना बनाउने कारखानामा आगलागी

भक्तपुर– सूर्यविनायक नगरपालिका–८ जगातीस्थित कँपलिचोकमा सञ्चालित प्लास्टिक दाना बनाउने कारखानामा आज

कांग्रेस उपसभापतिमा विनोद चौधरीको दाबी

काठमाडौं- नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य विनोद चौधरीले पार्टीको