आन्दोलनरत शिक्षकलाई वार्तामा आउन सरकारको आह्वान « Khabarhub

आन्दोलनरत शिक्षकलाई वार्तामा आउन सरकारको आह्वान


२६ चैत्र २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


219
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, २०८० यथाशीघ्र पारित गर्न माग गर्दै आन्दोलनरत शिक्षकलाई सरकारले वार्तामा बोलाएको छ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले नेपाल शिक्षक महासङ्घलाई वार्ताका बुधबार मन्त्रालयमा डाकेको हो ।

मन्त्रालयका प्रवक्ता तथा सहसचिव शिवकुमार सापकोटाले बुधबार विज्ञप्ति जारी गर्दै आन्दोलनरत सबै शिक्षक कर्मचारीको प्रतिनिधित्व हुने गरी महासङ्घलाई वार्ता र संवादका लागि आह्वान गरेका हुन् ।

वार्ताको समय भने आपसी सल्लाहअनुसार तय गरिने विज्ञप्तिमा उल्लेख छ ।

मन्त्रालयले साझा धारणा निर्माणका लागि आन्दोलनरत शिक्षकसँग यसअघि यही चैत २१ र २२ गते छलफल र परामर्शका लागि आह्वान गरेको थियो । तर उक्त छलफल तथा परामर्श हुन सकेको थिएन ।

नेपाल शिक्षक महासङ्घको आह्वानमा शिक्षकहरूको आन्दोलन जारी छ ।

प्रकाशित मिति : २६ चैत्र २०८१, मंगलबार  ५ : ४७ बजे

तोसिमा कार्कीले पाइन् टिकट, पुरानै क्षेत्र ललितपुर ३ बाट उठ्ने

ललितपुर- राष्ट्रिय स्वतन्त्र पार्टीकी नेतृ डा. तोसिमा कार्कीले ललितपुर क्षेत्र

सरकारले खारेज गर्‍यो विवादित प्रधानमन्त्री रोजगार कार्यक्रम

काठमाडौं– सरकारले अनुत्पादक र विवादित रहँदै आएको प्रधानमन्त्री रोजगार कार्यक्रम

एनसेल र भाटभटेनीद्वारा टी–२० विश्वकपका मर्चेन्डाइजमा २० प्रतिशतसम्म छुट अफर

काठमाडौं– एनसेल र भाटभटेनीले संयुक्त रूपमा विशेष अफर सार्वजनिक गरेका छन्

‘भयमुक्त वातावरणमा निर्वाचन हुन्छ’ 

काठमाडौं– कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले निर्वाचन स्वच्छ, स्वतन्त्र,

बौद्ध भुवनेश्वर माविका विद्यार्थीलाई विद्यालय बसको सुविधा 

दोलखा– जिल्लाको जिरी नगरपालिका-२ को विकट गाउँ यलुङको बौद्ध भुवनेश्वरी