राष्ट्रपतिसँग भेटेर फोटो पत्रकारले भने– सुरक्षा र जीवन बिमाको पहल होस् « Khabarhub

राष्ट्रपतिसँग भेटेर फोटो पत्रकारले भने– सुरक्षा र जीवन बिमाको पहल होस्


२६ चैत्र २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


114
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– फोटो पत्रकारहरूको सुरक्षा चुनौतीलगायतका विषयमा फोटो पत्रकारले राष्ट्रपतिसँग छलफल गरेका छन् ।

भेटमा राष्ट्रिय फोटो पत्रकार समूह नेपाल (एनएफपिजे) का अध्यक्ष प्रदीपराज वन्तले फोटो पत्रकारहरूको सुरक्षा सुनिश्चित गर्न जीवन बिमालगायतका सुविधाका लागि पहल गरिदिन आग्रह गरे ।

“फ्रन्टलाइनमा खटेर देशभर फोटो पत्रकारिता गरिरहेका फोटो पत्रकारहरू उच्च जोखिममा छन्, राज्यले सबैलाई सुरक्षाको सुनिश्चितता गर्दै जीवन बिमालगायतको सुविधा उपलब्ध गराउनुपर्छ ।”

राष्ट्रपति पौडेलले फोटो पत्रकारहरूको मागलाई गम्भीरताका साथ लिएको बताए । उनले आवश्यक पहल गर्ने आश्वासन दिए ।
भेटमा राष्ट्रपति पौडेलले भने, “तपाइँहरूले खिच्नुभएका तस्बिरले समाजमा सचेतना फैलाउन र समाचारलाई तथ्यगत बनाउन महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ । यसकारण, राज्यले तपाइँहरूको योगदानलाई उच्च मूल्याङ्कन गर्नुपर्ने छ ।”

एनएफपिजे नेपालले आफ्नो २८औँ वार्षिकोत्सवका अवसरमा वैशाख १३ गते गर्न लागेको राष्ट्रिय फोटो पत्रकारिता अवार्ड–२०२५ को प्रमुख अतिथिका रुपमा सहभागी भई दिन राष्ट्रपतिलाई आग्रह गरेको महासचिव घनश्याम श्रेष्ठले जानकारी दिए ।

भेटघाटमा एनएफपिजे नेपालका वरिष्ठ उपाध्यक्ष लेखबहादुर श्रेष्ठ, उपाध्यक्ष सुनिल शर्मा, महिला उपाध्यक्ष चन्द्रकला क्षेत्री, महासचिव घनश्याम श्रेष्ठ, सचिव प्रवीन कुलुङ राई, कोषाध्यक्ष प्रदीपकुमार श्रेष्ठलगायत अन्य केन्द्रीय सदस्यहरूको उपस्थिति थियो ।

प्रकाशित मिति : २६ चैत्र २०८१, मंगलबार  ६ : ०१ बजे

स्पेसएक्सले युक्रेनमा स्टारलिंकको सेवामा गर्‍यो सीमितता, सैन्य ड्रोन अभियान प्रभावित

एजेन्सी– अमेरिकी अन्तरिक्ष प्रविधि कम्पनी स्पेसएक्सले युक्रेनमा उपलब्ध गराउँदै आएको

कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं– कुमारी बैंक लिमिटेडको छब्बीसौं वार्षिक साधारण सभा बुधबार काठमाडौंको

लोकदोहोरीबाट कांग्रेसको केन्द्रीय नेतृत्वसम्म, रिता थापामगर बनिन् केन्द्रीय सदस्य

काठमाडौं– लोकदोहोरी गीतमार्फत दर्शक तथा श्रोतामाझ परिचित गायिका रिता थापामगर

सरकारी कर्मचारीलाई स्वास्थ्य बीमामा आबद्ध गराउन स्वास्थ्य मन्त्रालयले पठायो पत्र

काठमाडौं– स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले नेपाल सरकारका विभिन्न निकायमा

मनसुन पूर्णरूपमा बाहिरियो, दसैँमा मौसम घमाइलो हुने पूर्वानुमान

काठमाडौँ– यस वर्षको मनसुन नेपालबाट पूर्णरूपमा बाहिरिएको छ । मौसम