राष्ट्रपतिसँग भेटेर फोटो पत्रकारले भने– सुरक्षा र जीवन बिमाको पहल होस् | Khabarhub Khabarhub

राष्ट्रपतिसँग भेटेर फोटो पत्रकारले भने– सुरक्षा र जीवन बिमाको पहल होस्


२६ चैत्र २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


114
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– फोटो पत्रकारहरूको सुरक्षा चुनौतीलगायतका विषयमा फोटो पत्रकारले राष्ट्रपतिसँग छलफल गरेका छन् ।

भेटमा राष्ट्रिय फोटो पत्रकार समूह नेपाल (एनएफपिजे) का अध्यक्ष प्रदीपराज वन्तले फोटो पत्रकारहरूको सुरक्षा सुनिश्चित गर्न जीवन बिमालगायतका सुविधाका लागि पहल गरिदिन आग्रह गरे ।

“फ्रन्टलाइनमा खटेर देशभर फोटो पत्रकारिता गरिरहेका फोटो पत्रकारहरू उच्च जोखिममा छन्, राज्यले सबैलाई सुरक्षाको सुनिश्चितता गर्दै जीवन बिमालगायतको सुविधा उपलब्ध गराउनुपर्छ ।”

राष्ट्रपति पौडेलले फोटो पत्रकारहरूको मागलाई गम्भीरताका साथ लिएको बताए । उनले आवश्यक पहल गर्ने आश्वासन दिए ।
भेटमा राष्ट्रपति पौडेलले भने, “तपाइँहरूले खिच्नुभएका तस्बिरले समाजमा सचेतना फैलाउन र समाचारलाई तथ्यगत बनाउन महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ । यसकारण, राज्यले तपाइँहरूको योगदानलाई उच्च मूल्याङ्कन गर्नुपर्ने छ ।”

एनएफपिजे नेपालले आफ्नो २८औँ वार्षिकोत्सवका अवसरमा वैशाख १३ गते गर्न लागेको राष्ट्रिय फोटो पत्रकारिता अवार्ड–२०२५ को प्रमुख अतिथिका रुपमा सहभागी भई दिन राष्ट्रपतिलाई आग्रह गरेको महासचिव घनश्याम श्रेष्ठले जानकारी दिए ।

भेटघाटमा एनएफपिजे नेपालका वरिष्ठ उपाध्यक्ष लेखबहादुर श्रेष्ठ, उपाध्यक्ष सुनिल शर्मा, महिला उपाध्यक्ष चन्द्रकला क्षेत्री, महासचिव घनश्याम श्रेष्ठ, सचिव प्रवीन कुलुङ राई, कोषाध्यक्ष प्रदीपकुमार श्रेष्ठलगायत अन्य केन्द्रीय सदस्यहरूको उपस्थिति थियो ।

प्रकाशित मिति : २६ चैत्र २०८१, मंगलबार  ६ : ०१ बजे

हाकिम बन्ने त्यो लिगलिगे दौड, अहिले मन्त्री र कर्मचारी

काठमाडौँ – भदौ २४ र २५ गते भएको जेन–जी आन्दोलन

निर्वाचन र पुनःनिर्माणका लागि बजेट स्रोत खोज्न तीन सदस्यीय कार्यदल गठन

काठमाडौं– जेनजी आन्दोलनका क्रममा क्षति पुगेका भौतिक संरचनाको पुनःनिर्माण र

विश्वभर उथलपुथल ल्याएका २१ औँ शताब्दीका पाँच क्रान्ति

काठमाडौँ- भदौ २३ र २४ गते भएको जेन-जी प्रदर्शनपछि नेपाली

गृहमन्त्री अर्यालले प्रहरीलाई भने- उच्च मनोबलसहित काममा खट्नुहोस्

काठमाडौं– गृहमन्त्री ओमप्रकाश अर्यालले उच्च मनोबलका साथ काममा खटिन ट्राफिक

जेन-जी सहिदको शवयात्रा : ६ जनाको शव हेलिकप्टरबाट गाउँ लगिने (तस्बिरहरू)

काठमाडौं– भदौ २३ गते भएको जेन-जी आन्दोलनमा ज्यान गुमाएका जेन-जी