बाजुराका स्थानीय तहले गरे शिक्षक आन्दोलनको समर्थन, माग सम्बोधन गर्न आग्रह   « Khabarhub

बाजुराका स्थानीय तहले गरे शिक्षक आन्दोलनको समर्थन, माग सम्बोधन गर्न आग्रह  


२६ चैत्र २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

धनगढी– बाजुराका स्थानीय तहहरूले शिक्षकका मागमा समर्थन गर्दै आन्दोलनमा ऐक्यबद्धता जनाएका छन् । जिल्लामा त्रिवेणी नगरपालिका, बुढीगंगा नगरपालिका, स्वामिकार्तिक खापर गाउँपालिका, गौमुल गाउँपालिका, जगन्नाथ गाउँपालिका, हिमाली गाउँपालिका र खप्तड छेडेदह गाउँपालिकाले शिक्षकहरूका माग पुरा गर्न नेपाल सरकार शिक्षा मन्त्रालयलाई ध्यानाकर्षण पत्र पठाएका छन् । 

पालिकाहरूले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईलाई पत्र लेख्दै शिक्षकहरूका माग तत्काल पूरा एक पत्र मार्फत ध्यानाकर्षण गरिएको स्वामिकार्तिक गाउँपालिकाका खप्तड छेडेदह गाउँपालिकाका उपाध्यक्ष बिशुदेवी नाथले बताएकी छन् । नाथले नै हस्ताक्षर गरिएको पत्र मन्त्रालयलाई पठाइएको हो ।

स्थानीय तहले शिक्षा मन्त्री विद्या भट्टराईलाई पत्र लेखेर शिक्षक तथा कर्मचारीका मागहरूमा समर्थन सहित यथाशीघ्र सम्बोधन गर्न आग्रह गरेका छन् । हालसम्म पनि शिक्षा ऐन जारी नभएको भन्दै सामुदायिक विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीहरू २० चैतबाट अनिश्चितकालीन आन्दोलन गरिरहेका छन् । 

शिक्षकका मागहरू प्रति सरकार बेखबर जस्तो नभई तत्काल संशोधन गर्न स्थानीय तहले अपिल गरेका हुन् । आन्दोलनबाट विद्यालयका नियमित कामकाज सहित पालिकाहरूमा भर्ना अभियान तथा शैक्षिक कार्यक्रमहरू प्रत्यक्ष प्रभावित बनेको पत्रमा लेखिएको छ ।

पालिका प्रमुख तथा उपप्रमुखको हस्ताक्षरित पत्रमा पालिकामा शैक्षिक सत्र २०८२ को भर्ना अभियान शैक्षिक क्यालेन्डर अनुसार सञ्चालन गर्न नसकेको समेत उल्लेख गरिएको छ । 

विद्यार्थीहरूको पठनपाठनमा दीर्घकालीन असर पर्ने भएकाले शिक्षक तथा कर्मचारीहरूका जायज मागहरूमा समर्थन सहित यथोचित मागहरू सम्बोधन गर्नुपर्ने त्रिवेणी नगरपालिकाका नगरप्रमुख कर्णबहादुर थापाले बताएका छन् । शिक्षकका मागहरू पुरा हुनुपर्ने र उच्च मनोबलका साथ काममा फर्कने वातावरण सिर्जना गर्न सरकार तयार हुनु पर्ने सुझाव बुढीगंगा नगरपालिकाका नगरप्रमख रामबहादुर बानियाको छ । 

गुणस्तरीय विद्यालय शिक्षा, विद्यार्थी र शिक्षक–कर्मचारी मैत्री विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने माग राख्दै महासंघको नेतृत्वमा देशभरका शिक्षकहरू आन्दोलनमा छन् । काठमाडौं केन्द्रित आन्दोलन गरिरहेका शिक्षकहरूले आजबाट आम शैक्षिक हडताल समेत घोषणा गरेका छन् ।

प्रकाशित मिति : २६ चैत्र २०८१, मंगलबार  ६ : २२ बजे

विश्वकप: अमेरिकाले इरानी समर्थकको टिकट रद्द गरेको इरानको दाबी

तेहरान – इरानी फुटबल महासङ्घले सन् २०२६ को विश्वकप सह–आयोजक

प्रतिनिधिसभा बैठक बस्दै, बजेटमाथि उठेका प्रश्नमा अर्थमन्त्रीले जवाफ दिने कार्यसूची

काठमाडौँ– संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक

यस्तो छ आजको मौसम पूर्वानुमान

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

विश्वकपको तयारी: पोर्चुगल र नाइजेरिया भिड्दै, के रोनाल्डो खेल्लान् ?

काठमाडौँ – विश्वकपको प्रमुख दाबेदार मानिएको पोर्चुगलले आफ्नो अन्तिम मैत्रीपूर्ण

इयू टी-२०: दीपेन्द्र र गुल्सन चम्किए पनि जेबी ब्रुग्स पराजित

काठमाडौँ – बेल्जियममा जारी ‘इयू टी–२० बेल्जियम लिग’ मा नेपाली