सामाजिक सञ्जालमा खुस्बु ओलीमाथि अपमान « Khabarhub

सामाजिक सञ्जालमा खुस्बु ओलीमाथि अपमान


२६ चैत्र २०८१, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


22.4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टीले बल्खुमा आयोजना गरेको सभामा मंगलबार पार्टी नेतृ खुश्बु ओली नयाँ परिहनमा देखिएकी थिइन् । राष्ट्रिय झण्डा बोकेर सेतो टि–शर्टमा देखापरेकी राजावादी नेतृ खुश्बुले टि–शर्टमा कलात्मक ढंगबाट राजनीतिक नाराहरु लेखेकी थिइन् ।

टि–शर्टको बीच भागमा ‘काण्ड’ लेखिएको थियो भने माथि ‘क्यान्टोनमेन्ट’ र तल ‘यति’ लेखिएको थियो ।

वरिपरि कांग्रेस, एमालेलाई व्यंग्य गर्दै ललितानिवास, एनसेल, वाइडबडी, सुडान, भुटानी शरणार्थी, ओम्नी, गिरीबन्धु र सुनकाण्ड लेखिएको थियो ।

सत्ता पक्षले गरेका भ्रष्टाचार काण्डको विरोध गर्ने खुश्बुले अपनाएको शैली निकै नै रोचक देखिन्थ्यो ।

तर, अचेल सोसियल मिडियाको दुरुपयोग यति धेरै बढेको छ कि खुश्बुको टिशर्टमा साइबर सेनाले विभिन्न नाराहरु थप्न भ्याइहाले । र, खुश्बुकै जस्तो देखिने गरी विभिन्न नाराहरु थपेर फेसबुकमा पोस्ट गर्न थालियो ।

सर्वसाधारणले हेर्दा कुनचाहिँ तस्बिर सक्कली र कुन चाहिँ नक्कली भनेर छुट्याउनै गाह्रो हुने स्थिति देखियो ।

एकथरिले खुश्बुको तस्बिरमा राजाका पालामा भएका काण्डहरु थपे । जहाँ लेखियो– राजदरबार हत्या, सुन, तस्करी, ड्रग्स, मूर्तिचोरी, गैंडा र नमिता सुमिता काण्ड । त्यस्तै ‘यति’ लेखिएका ठाउँमा साइबर सेनाहरुले ‘चरी’ समेत लेख्न भ्याए ।

विगतमा प्रहरीको इनकाउन्टरमा मारिएका चरी डनकी प्रेमिका रहेको भन्दै कतिपयले सोसल मिडियामा खुश्बुलाई गालीसमेत गरे ।

गत चैत १५ गते तीन कुनेमा भएको जस्तो हिंसात्मक प्रदर्शन गर्नुको साटो मंगलबार राप्रपाको कार्यक्रममा खुश्बुले अपनाएको तरिकालाई लोकतन्त्रमा स्वाभाविक पक्ष मान्न सकिन्छ ।

तर, सोसल मिडियाको स्वच्छन्द प्रयोगका कारण खुश्बुले जसरी प्रदर्शनमा उत्रँदा आफ्नै तस्बिरमा नानाभाँती पोतिनु चाहिँ पक्कै पनि दुःख पक्ष हो ।
सामाजिक सञ्जालमा यसरी अरुको तस्बिरलाई गलत तरिकाले प्रस्तुत गर्नु साइबर अपराध हो भन्ने डिजिटल साक्षरता जरुरी देखिएको छ ।

त्यति मात्रै होइन, अरुको तस्बिर दुरुपयोग गर्नेमाथि कानूनी कारवाही हुन सके यस्ता साइबर अपराधहरु घट्ने थिए कि ?

प्रकाशित मिति : २६ चैत्र २०८१, मंगलबार  ७ : ४० बजे

अध्ययन बिदापछि सेवा नफर्कने त्रिविका शिक्षक-कर्मचारीबाट १६ करोड ५० लाख असुल

काठमाडौं– त्रिभुवन विश्वविद्यालयले अध्ययन बिदा लिएपछि विश्वविद्यालयको नियमानुसार सेवामा नफर्किएका

अमेरिकासँग तत्काल वार्ता गर्ने योजना छैन : इरानी मिडिया

तेहरान– संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन अमेरिका पुगेको इरानी प्रतिनिधिमण्डलले

उत्तरी नाइजेरियामा सशस्त्र समूहको आक्रमण, ८७ जनाभन्दा बढी अपहरण

अबुजा- उत्तरी नाइजेरियामा शनिबारदेखि जारी सशस्त्र समूहको आक्रमणमा ८७ जनाभन्दा बढी

नेसनल मेडिकल कलेजका आवासीय चिकित्सकको आन्दोलनबारे संघद्वारा प्रधानमन्त्रीलाई पत्र

काठमाडौं– नेसनल मेडिकल कलेज शिक्षण अस्पतालमा कार्यरत प्रथम वर्षका आवासीय

मधेस प्रदेशको पहिलो पेफा मूल्याङ्कन प्रतिवेदन सार्वजनिक, समग्र प्राप्ताङ्क ‘डी प्लस’

काठमाडौं– मधेस प्रदेश सरकारले प्रदेशको सार्वजनिक वित्तीय व्यवस्थापन प्रणालीको मूल्याङ्कन