एसियाको पहिलो लिफ्ट रेलवे ब्रिज भारतमा, मोदीले गरे उद्घाटन « Khabarhub

एसियाको पहिलो लिफ्ट रेलवे ब्रिज भारतमा, मोदीले गरे उद्घाटन


२६ चैत्र २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – एसियाको पहिलो भर्टिकल लिफ्ट रेलवे सी ब्रिज भारतमा सञ्चालन भएको छ । तमिलनाडुको रामेश्वरममा नयाँ पम्बन ब्रिजको प्रधानन्त्री नरेन्द्र मोदीले उद्घाटन गरेका हुन् ।

२.०८ किलोमिटर लामो उक्त पुलको शिलान्यास सन् २०१९ मा मोदीले नै गरेका थिए । स्टिलबाट बनाइएको उक्त पुलमा पोलिसिनोक्सेनको लेप लगाइएको छ । यसलाई समुद्रको नुनिलो पानीबाट बचाउन सकिने छ ।

जब समुद्री जहाज निस्कनु पर्छ तब यो समुद्री जहाजका लागि खुल्नेछ । यो पुलको बीचको भाग माथि उठ्छ । यो इलेक्ट्रो मेकानिकल सिस्टमले गर्दछ ।

जसका कारण यसको बीचको भाग पाँच मिनेटमा २२ मिटरसम्म माथि उठ्न सक्छ । यो पुल बनाउन ५ अर्ब ३५ करोड भारतीय रुपैयाँ खर्च भएको छ ।

प्रकाशित मिति : २६ चैत्र २०८१, मंगलबार  १० : ३४ बजे

एमालेबाट काठमाडौं क्षेत्र नं ५ मा ईश्वर पोखरेल उम्मेदवार

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले काठमाडौँ क्षेत्र नं ५

कांग्रेसले टुङ्ग्यायो यी ३४ निर्वाचन क्षेत्रको उम्मेदवार

काठमाडौं – नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनबाट सभापति बनेका गगनकुमार

सिरहामा ५३१ मतदान केन्द्र कायम, चार लाख ५३ हजार मतदाता

सिरहा– आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सिरहामा चार लाख ५३

मन्त्रालयले गर्‍यो मन्त्री खरेलको बिदाइ

काठमाडौं– सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले आजै राजीनामा दिएका सञ्चार