गण्डकी प्रदेश कमिटीको विज्ञप्तिप्रति एमाले पर्वतको आपत्ति  « Khabarhub

गण्डकी प्रदेश कमिटीको विज्ञप्तिप्रति एमाले पर्वतको आपत्ति 


२५ बैशाख २०८२, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


786
Shares
  • change font
  • change font
  • change font

पोखरा– नेकपा एमाले पर्वत जिल्ला कमिटीले गण्डकी प्रदेश कमिटीद्वारा जारी विज्ञप्तिप्रति कडा आपत्ति जनाएको छ ।

जिल्ला कमिटी सचिव सुवासचन्द्र पौडेलले जारी गरेको विज्ञप्तिमा घटनाको यथार्थ बुझ्न नसकी प्रदेश कमिटीले सार्वजनिक रूपमा धारणा सार्वजनिक गर्नु गम्भीर र पार्टीविरुद्धको कार्य भएको बताएको छ । उक्त विज्ञप्तिले तथ्य तोडमोड गरी भ्रम सिर्जना गरेको जनाइएको छ ।

पार्टी जिल्ला कमिटीद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘घटनाको यथार्थ विवरण जिल्ला नेतृत्वसँग नबुझी तथ्य विपरित वक्तव्य प्रकाशित गर्नुले आम पार्टी कार्यकर्ता र शुभेच्छुकहरूमा भ्रम फैलाएको छ। यस्तो विज्ञप्तिले पार्टी हित होइन, अराजक गुटगत प्रवृत्तिलाई मलजल पुर्‍याउँछ।’

नेकपा एमालेको भ्रातृ सङ्गठन राष्ट्रिय युवा सङ्घ नेपाल, पर्वतको नवौँ जिल्ला अधिवेशन लामो समयदेखि हुन सकेको थिएन । पार्टी जिल्ला कमिटीको पटक–पटकको आग्रह र पहल पश्चात युवा सङ्घका केन्द्र, प्रदेश तथा जिल्लास्तरीय नेताहरूको सहभागितामा यही वैशाख २४ गते अधिवेशन सम्पन्न गर्ने निर्णय गरिएको थियो। तथापि, पार्टी एकता र संवादलाई मध्यनजर गर्दै विस्तारित भेला आयोजना गरेर त्यसै भेला मार्फत अधिवेशन आयोजक कमिटी गठन गर्ने सहमति भएको थियो।

भेला चलिरहेकै बेला गण्डकी प्रदेश कमिटी सदस्य अर्जुन पौडेल नेतृत्वको समूहले कार्यक्रम स्थलमा आएर मञ्चमा चढी होहल्ला, ब्यानर च्यात्ने, माइक र कुर्सी तोडफोड गर्ने कार्य गर्दै जिल्ला अध्यक्ष गोविन्द पहाडीमाथि साङ्घातिक आक्रमण गरेको आरोप जिल्ला कमिटीले लगाएको छ ।

घटनाक्रमको दौरानमा धकेलाधकेलमा परेर अर्जुन पौडेल स्वयम् पनि चोटग्रस्त भएका थिए । तर, उक्त घटना एकतर्फी रूपमा प्रस्तुत गरिएको भन्दै पर्वत कमिटीले आपत्ति जनाएको हो ।

जिल्ला कमिटीले फेसबुक स्टाटस तथा सामाजिक सञ्जालको भरमा विभिन्न सञ्चारमाध्यममा आएका समाचारप्रति पनि आपत्ति जनाउँदै ती सबै भ्रामक र एकपक्षीय भएको दाबी गरेको छ ।

पार्टीभित्र अनुशासन र विधिको पालना हुनुपर्नेमा जोड दिँदै जिल्ला कमिटीले जिल्ला अध्यक्षमाथिको हमला कदापि क्षम्य हुन नसक्ने बताएको छ । पार्टीको अनुशासन र मर्यादालाई कुल्चेर भएको यस्ता गतिविधिमाथि तत्काल कडा कारवाही गर्न केन्द्रसमक्ष आग्रह गरिएको छ ।

जिल्ला कमिटीले आक्रमणमा परेका जिल्ला अध्यक्ष गोविन्द पहाडी, प्रदेश सदस्य अर्जुन पौडेलसहित घाइते सबैको शीघ्र स्वास्थ्य लाभको कामनासमेत गरेको छ ।

यसअघि एमाले गण्डकी प्रदेश कमिटीले विज्ञप्ति जारी गरी पर्वतमा आफ्नै पार्टी कार्यालयभित्र प्रदेश कमिटी सदस्य अर्जुन पौडेलमाथि भएको भौतिक आक्रमणप्रति घोर निन्दा र भर्त्सना गरेको थियो ।

गण्डकी प्रदेश अध्यक्ष नवराज शर्माले विज्ञप्ति जारी गर्दै पार्टीको आन्तरिक विषयमा छलफल भइरहेका बेला पौडेलमाथि गरिएको साङ्घातिक आक्रमण अराजक, अलोकतान्त्रिक र निन्दनीय भएको बताएका थिए ।

पर्वत जिल्ला पार्टी कार्यालयमा राष्ट्रिय युवा सङ्घ नेपालको जिल्ला अधिवेशन तत्काल गर्ने कि पछि सार्ने भन्ने विषयमा विवाद चर्किएपछि आन्तरिक छलफल तनावपूर्ण बनेको थियो ।

पार्टी जिल्ला अध्यक्ष गोविन्द पहाडी लगायत नेताहरूको उपस्थितिमा भएको छलफलले उग्र रुप लिँदै पौडेलमाथि कुटपिट भएको प्रदेश कमिटीले जनाएको छ ।

प्रकाशित मिति : २५ बैशाख २०८२, बिहीबार  ७ : ४२ बजे

पोखरामा ग्यास आपूर्ति निरन्तर, अभाव भने कायमै

कास्की– विभिन्न कम्पनीले नियमितरुपमा ग्यास बजारमा पठाइरहेको दाबी गरिरहँदा पोखरामा

सञ्चारमन्त्रीको निर्देशनपछि टेलिफोन र इन्टरनेट सामग्री सेनाको हेलिकप्टरबाट ढुवानी

काठमाडौँ – बाजुराको प्रसिद्ध धार्मिक तथा पर्यटकीयस्थल बडीमालिका क्षेत्रमा टेलिफोन

सुनको मूल्य तोलामा पाँच हजार दुई सय रुपैयाँले बढ्यो

काठमाडौं– स्थानीय बजारमा आज सुनको मूल्य तोलामा पाँच हजार दुई

ग्लोबल आइएमई बैंकको नाइमा अफर, न्यूनतम् ५.२५ प्रतिशत ब्याजदरमा अटो लोन 

काठमाडौं– ग्लोबल आइएमई बैंकले नाइमा अटो एक्सपोको अवसरमा अटो लोन योजना

१६ कानुनी र प्रशासनिक जटिलता हटाउन संघीय सरकारको ध्यानाकर्षण गराइने

पोखरा– गण्डकी प्रदेश सरकारले विकास निर्माण र अधिकार क्षेत्रमा देखिएका