भारतमा प्रवेश गर्ने भयो मस्कको स्टारलिंक | Khabarhub Khabarhub

भारतमा प्रवेश गर्ने भयो मस्कको स्टारलिंक


२५ बैशाख २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

नयाँ दिल्ली- स्याटेलाइटमा आधारित इन्टरनेट सेवा प्रदान गर्ने एलन मस्कको कम्पनी स्टारलिंक लामो समयदेखि भारत प्रवेश गर्ने प्रयासमा रहेको थियो ।

तर, अब भारत सरकारले स्टारलिंकलाई आशयपत्र जारी गरेको कारण कम्पनीको बाटो सहज बन्दै गएको देखिएको छ । 

आशय पत्रले सम्भावित सम्झौताको बारेमा वार्ताका लागि मार्गनिर्देशक रूपरेखाको रूपमा कार्य गर्दछ, जसले दुवै पक्षहरू सम्झौताको साथ अगाडि बढ्न चाहन्छन् भन्ने बुझाउँछ । स्रोतका अनुसार दूरसञ्चार विभागले स्टारलिंकलाई आशय पत्र जारी गरेको हो ।

रिपोर्टका अनुसार यसअघि जियो स्याटेलाइट कम्युनिकेसन र युटेलस्याट वन वेबलाई पनि सोही इजाजतपत्रको लागि स्वीकृति दिइएको थियो। आशय पत्र प्राप्त गर्नुको अर्थ अब स्टारलिंकले आफ्नो सेवा सुरु गर्न अर्को कदम चाल्न सक्छ भन्दा गलत हुनेछैन किनकी स्टारलिंकलाई भारत सरकारबाट हरियो संकेत प्राप्त भएको छ।

स्टारलिंक एलन मस्कले सन् २००२ मा सुरु गरेका थिए, यस कम्पनीको उद्देश्य स्याटेलाइट मार्फत विश्वको हरेक कुनामा उच्च गतिको इन्टरनेट उपलब्ध गराउनु हो । अन्य स्याटेलाइट सेवाहरूको तुलनामा स्टारलिङ्क अलि फरक छ । इन्टरनेट उपलब्ध गराउने उपग्रहहरू सामान्यतया पृथ्वीबाट ३६ हजार  किलोमिटर टाढा जियो स्टेशनरी अर्बिटमा हुन्छन् तर स्टारलिंक तल्लो अर्थको कक्षमा अवस्थित छ, जुन पृथ्वीबाट मात्र ५५० किलोमिटर माथि रहेको छ। 

हाल स्टारलिंकसँग ७ हजार स्याटेलाइट नेटवर्क छन्, जसलाई आगामी दिनमा ४० हजार पुर्‍याउने लक्ष्य कम्पनीको रहेको छ । इन्टरनेट स्पिडको बारेमा कुरा गर्दा, नियमित प्रयोगकर्ताहरूले ५० एमबीपिएस देखि २५० एमबीपीएस सम्मको स्पीड पाउँछन्, जबकी प्रिमियम प्लानहरू छनौट गर्ने प्रयोगकर्तालाई कम्पनीले ५०० एमबीपीएस सम्मको स्पीड दिन्छ। 

प्रकाशित मिति : २५ बैशाख २०८२, बिहीबार  १ : ०३ बजे

डीआइजी शाहलाई एआइजी र ११ एसएसपीलाई डीआइजीमा बढुवा सिफारिस

काठमाडौं – गृह मन्त्रालय अन्तर्गतको बढुवा समितिको सचिवालयले नेपाल प्रहरीका

जिरायतमा दुईवटा मोटरसाइकल ठोक्किँदा दुवै चालकको मृत्यु

सर्लाही – बागमती नगरपालिकास्थित जिरायतमा दुईवटा मोटरसाइकल आपसमा ठोक्किँद दुवै

आजका समाचार : गभर्नरमा विश्वनाथ पौडेल, रवि र छविको रिट हेर्दाहेर्दैमा र रूससँग सम्बन्ध सुधार्ने प्रयासमा ट्रम्प

प्रतिनिधिसभाबाट विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत प्रतिनिधिसभाको आजको दोस्रो

चीनले अन्तरिक्षमा पठायो लङ् मार्च शृङ्खलाको यो ५७७ औँ रकेट

एजेन्सी – चीनले मङ्गलबार साँझ हाइनान प्रान्तको वेनचाङ अन्तरिक्ष प्रक्षेपण

भारतविरुद्ध बहादुरी देखाएको भन्दै पाकिस्तानी सेना प्रमुखलाई बनाइयो फिल्ड मार्शल

इस्लामावाद- पाकिस्तान सरकारले सेना प्रमुख जनरल आसिम मुनीरलाई फिल्ड मार्शल