अर्थसंक्षेप : नीति तथा कार्यक्रमको आलोचना, दुई दिन बढेको नेप्से फेरि घट्यो र आईपीओमा कमिसनको चलखेल विषयमा कम्पनीको विरोध « Khabarhub

अर्थसंक्षेप : नीति तथा कार्यक्रमको आलोचना, दुई दिन बढेको नेप्से फेरि घट्यो र आईपीओमा कमिसनको चलखेल विषयमा कम्पनीको विरोध


२५ बैशाख २०८२, बिहिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

उत्पादन र उत्पादकत्व वृद्धि गरि नेपाली वस्तु निर्यातमा लाग्न आग्रह

नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला २०२५ को यो दशौं संस्करण आजबाट काठमाडौंको भृकुटीमण्डपमा शुरु भएको छ ।

नेपाल सरकार, उद्योग वाणिज्य तथा आपूर्ती मन्त्रालय र व्यापार तथा निकासी प्रवर्द्धन केन्द्र (टीइपीसी) को सहयोगमा नेपाल उद्योग वाणिज्य महासंघको आयोजना एवं ललितपुर उद्योग वाणिज्य संघ र घरेलु तथा साना उद्योग महासंघको सह-आयोजनामा आजबाट शुरु भएको मेला वैशाख २९ गतेसम्म चल्ने छ ।

मेलाको उद्‌घाटन गर्दै उद्योग वाणिज्य तथा आपूर्ती मन्त्री दामोदर भण्डारीले सरकारले निजी क्षेत्रले भने अनुसार नीतिगत सुधारको लागि सरकारले काम गरिरहेको उल्लेख गर्दै नेपाली उद्योगी व्यवसायीहरुलाई उत्पादन र उत्पादकत्व वृद्धि गरि निर्यात प्रवर्द्धनमा लाग्न आग्रह गरे।

विचौलिया प्रवृत्ति अन्त्य नभए अर्थतन्त्र थप संकटमा पर्छ : वर्षमान 

आशा गरेअनुसार नीति, कार्यक्रम आएन : सांसद परियार

आईपीओमा कमिसनको चलखेल विषयमा कम्पनीहरूको विरोध

जलविद्युत कम्पनीको प्रारम्भिक सार्वजनिक निस्काशन (आईपीओ) जारी गर्ने सम्बन्धमा कमिसनको चलखेल भएको भन्ने विषयमा विभिन्न हाइड्रोपावर कम्पनी र अन्य कम्पनीले विरोध जनाएका छन् ।

कम्पनीहरूले विज्ञप्ति जारी गर्दै आफ्ना कम्पनीहरूले तोकिएको कानूनी प्रक्रिया पूरा गरी आईपीओ जारीका लागि स्वीकृति लिएको जनाएका छन् ।

पियोर इनर्जी लिमिटेडले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै केही अनलाइन सञ्चार माध्यमहरूमा प्रकाशित समाचारमा सो कम्पनीलाई आधारहीन, तथ्यहीन र भ्रामक रूपमा उल्लेख गरिएको भन्दै ध्यानाकर्षण भएको जनाएको छ ।

साथै, समाचारमा उठाइएका विषयवस्तुहरूसँग पियोर इनर्जीको प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा कुनै पनि सम्बन्ध नरहेको र पियोर इनर्जी जलविद्युत कम्पनी समेत नभएको जनाएको छ ।

बाल पोषणभत्ता बढाउन सरोकारवालाको माग 

सुनको मूल्य बढ्यो, कतिमा भइरहेको छ कारोबार ?

दुई दिन बढेको नेप्से फेरि घट्यो, कारोबार भने बढ्यो

दुई दिन लगातार बढेको सेयर बजारमा आज फेरि ओरालो लागेको छ । बिहीबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) १२ अंकले घटेको छ । आज नेप्से ०.४५ प्रतिशतले घटेर २६६१.६४ विन्दुमा पुगेको हो ।

नेप्से घट्दा पनि कारोबार भने बढेको छ । ११ अर्ब ६५ करोड १७ हजार रुपैयाँ बराबरको ३ करोड ७ लाख ९९ हजार ९१ कित्ता शेयर कारोबार भएको छ ।

९६ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने १५० वटा कम्पनीको शेयर मूल्य घटेको छ । कुनैपनि कम्पनी स्थिर भने रहेको छैन ।
३१५ वटा कम्पनी कारोबारमा आउँदा १ लाख ३ हजार ३१९ पटक शेयर किनबेच भएको छ ।

एनसेलको पहिलो ‘एनसेल सप इन सप’ भैरहवामा 

हरिचौर–मल्म–पाण्डवखानी सडक स्तरोन्नति हुँदै

प्रकाशित मिति : २५ बैशाख २०८२, बिहिबार  ७ : २३ बजे

ह्यारी ब्रुकले बनाए ऐतिहासिक दोहोरो शतक: क्रिस गेलको दुर्लभ कीर्तिमानमा गरे बराबरी

काठमाडौँ – इङ्गल्यान्डका कप्तान ह्यारी ब्रुकले एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) क्रिकेटमा

एनडीटीभी वर्ल्ड समिटमा सहभागी हुन अर्थमन्त्री वाग्ले दिल्लीमा

काठमाडौँ – अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीन दिने भ्रमणका लागि

तिब्बतमा ७ म्याग्निच्यूडको भूकम्प: १६ जनाको मृत्यु

काठमाडौँ – तिब्बतको हिमाली क्षेत्रमा बिहीबार राति गएको ७ म्याग्निच्यूडको

रास्वपा सभापति लामिछाने तीन दिने भारत भ्रमणमा, कैँछी धाम र कामाख्या मन्दिरमा पूजाअर्चना गर्ने

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने

३६२ वर्ष पुरानो तान्त्रिक परम्परा: ललितपुर पाटनको अष्टमातृका नाच

ललितपुर – परम्परागत तान्त्रिक विधि र धार्मिक आस्थाका साथ मनाइने