अर्थसंक्षेप : नीति तथा कार्यक्रमको आलोचना, दुई दिन बढेको नेप्से फेरि घट्यो र आईपीओमा कमिसनको चलखेल विषयमा कम्पनीको विरोध « Khabarhub

अर्थसंक्षेप : नीति तथा कार्यक्रमको आलोचना, दुई दिन बढेको नेप्से फेरि घट्यो र आईपीओमा कमिसनको चलखेल विषयमा कम्पनीको विरोध


२५ बैशाख २०८२, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

उत्पादन र उत्पादकत्व वृद्धि गरि नेपाली वस्तु निर्यातमा लाग्न आग्रह

नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला २०२५ को यो दशौं संस्करण आजबाट काठमाडौंको भृकुटीमण्डपमा शुरु भएको छ ।

नेपाल सरकार, उद्योग वाणिज्य तथा आपूर्ती मन्त्रालय र व्यापार तथा निकासी प्रवर्द्धन केन्द्र (टीइपीसी) को सहयोगमा नेपाल उद्योग वाणिज्य महासंघको आयोजना एवं ललितपुर उद्योग वाणिज्य संघ र घरेलु तथा साना उद्योग महासंघको सह-आयोजनामा आजबाट शुरु भएको मेला वैशाख २९ गतेसम्म चल्ने छ ।

मेलाको उद्‌घाटन गर्दै उद्योग वाणिज्य तथा आपूर्ती मन्त्री दामोदर भण्डारीले सरकारले निजी क्षेत्रले भने अनुसार नीतिगत सुधारको लागि सरकारले काम गरिरहेको उल्लेख गर्दै नेपाली उद्योगी व्यवसायीहरुलाई उत्पादन र उत्पादकत्व वृद्धि गरि निर्यात प्रवर्द्धनमा लाग्न आग्रह गरे।

विचौलिया प्रवृत्ति अन्त्य नभए अर्थतन्त्र थप संकटमा पर्छ : वर्षमान 

आशा गरेअनुसार नीति, कार्यक्रम आएन : सांसद परियार

आईपीओमा कमिसनको चलखेल विषयमा कम्पनीहरूको विरोध

जलविद्युत कम्पनीको प्रारम्भिक सार्वजनिक निस्काशन (आईपीओ) जारी गर्ने सम्बन्धमा कमिसनको चलखेल भएको भन्ने विषयमा विभिन्न हाइड्रोपावर कम्पनी र अन्य कम्पनीले विरोध जनाएका छन् ।

कम्पनीहरूले विज्ञप्ति जारी गर्दै आफ्ना कम्पनीहरूले तोकिएको कानूनी प्रक्रिया पूरा गरी आईपीओ जारीका लागि स्वीकृति लिएको जनाएका छन् ।

पियोर इनर्जी लिमिटेडले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै केही अनलाइन सञ्चार माध्यमहरूमा प्रकाशित समाचारमा सो कम्पनीलाई आधारहीन, तथ्यहीन र भ्रामक रूपमा उल्लेख गरिएको भन्दै ध्यानाकर्षण भएको जनाएको छ ।

साथै, समाचारमा उठाइएका विषयवस्तुहरूसँग पियोर इनर्जीको प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा कुनै पनि सम्बन्ध नरहेको र पियोर इनर्जी जलविद्युत कम्पनी समेत नभएको जनाएको छ ।

बाल पोषणभत्ता बढाउन सरोकारवालाको माग 

सुनको मूल्य बढ्यो, कतिमा भइरहेको छ कारोबार ?

दुई दिन बढेको नेप्से फेरि घट्यो, कारोबार भने बढ्यो

दुई दिन लगातार बढेको सेयर बजारमा आज फेरि ओरालो लागेको छ । बिहीबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) १२ अंकले घटेको छ । आज नेप्से ०.४५ प्रतिशतले घटेर २६६१.६४ विन्दुमा पुगेको हो ।

नेप्से घट्दा पनि कारोबार भने बढेको छ । ११ अर्ब ६५ करोड १७ हजार रुपैयाँ बराबरको ३ करोड ७ लाख ९९ हजार ९१ कित्ता शेयर कारोबार भएको छ ।

९६ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने १५० वटा कम्पनीको शेयर मूल्य घटेको छ । कुनैपनि कम्पनी स्थिर भने रहेको छैन ।
३१५ वटा कम्पनी कारोबारमा आउँदा १ लाख ३ हजार ३१९ पटक शेयर किनबेच भएको छ ।

एनसेलको पहिलो ‘एनसेल सप इन सप’ भैरहवामा 

हरिचौर–मल्म–पाण्डवखानी सडक स्तरोन्नति हुँदै

प्रकाशित मिति : २५ बैशाख २०८२, बिहीबार  ७ : २३ बजे

अन्य दललाई गोकुलको सुझाव : रास्वपाका एजेन्डा जनताले पत्याए, खाँबो चिथोर्न बन्द गरौँ

काठमाडौं- नेकपा एमालेका केन्द्रीय सदस्य गोकुलप्रसाद बास्कोटाले राष्ट्रिय स्वतन्त्र पार्टी

गोकुल बाँस्कोटाको टिप्पणी- ‘रास्वपाले जित्यो, अब काम गरेर देखाओस्’

काठमाडौं– नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले सामाजिक सञ्जाल फेसबुकमार्फत राष्ट्रिय

बाबुरामको टिप्पणी : रास्वपाप्रति आशा, ईर्ष्या र सतर्कताको नजरले हेरिनु स्वाभाविक

काठमाडौं- पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रति

इरान–इजरायल द्वन्द्व तीव्र, इरानद्वारा जवाफस्वरूप मिसाइल प्रहार

एजेन्सी– इजरायलले दुई जना वरिष्ठ इरानी सुरक्षा अधिकारीको हत्या गरेपछि

मध्यपूर्वी युद्धको प्रभाव : नेपालका १० लाख निर्माण मजदुरको आम्दानी जोखिममा

काठमाडौं– मध्यपूर्वी एसियामा जारी युद्धका कारण विश्व अर्थतन्त्र प्रभावित भएपछि