फ्रेन्च ओपन महिला टेनिसको उपाधि अमेरिकाकी गौफलाई   « Khabarhub

फ्रेन्च ओपन महिला टेनिसको उपाधि अमेरिकाकी गौफलाई  


२५ जेष्ठ २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– फ्रेन्च ओपन महिला टेनिसको उपाधि अमेरिकाकी २१ वर्षीया को को गौफले जितेकी छिन् ।

शनिबार राति भएको खेलमा शीर्ष वरीयताकी खेलाडी आर्यना साबालेन्का (बेलारुस)लाई ६–७(५), ६–२ र ६–४ को सेटमा हराउँदै गौफले उपाधि जितेकी हुन् ।

कोर्ट फिलिप चाटियरमा भएको खेल २ घण्टा ३८ मिनेट चलेको थियो । 

सन् २०२३ को युएस ओपन विजेता गौफको यो दोस्रो ग्रान्डस्लाम एकल उपाधि हो ।

पराजित भएपछि शीर्ष वरीयताकी साबालेन्काले आफू भन्दा गौफ राम्रो खेलाडी भन्दै बधाई दिएकी थिइन् ।

सन् २०१५ मा सेरेना विलियम्सपछि गौफ फ्रेन्च ओपन जित्ने पहिलो अमेरिकी हुन् । 

प्रकाशित मिति : २५ जेष्ठ २०८२, आइतबार  ८ : २५ बजे

गाजामा इजरायली हवाई आक्रमणमा हमासका तीन सदस्य मारिए

जेरुसेलम – गाजा पट्टीमा गत सप्ताहान्त इजरायलले गरेको हवाई आक्रमणमा

तातोपानी नाका नियमित सञ्चालनको माग, दुई दिनमा जम्मा १० कन्टेनर नेपाल भित्रिए

सिन्धुपाल्चोक – यही कात्तिक १ गतेदेखि अस्थायी रुपमा सञ्चालनमा ल्याइएको

ओमनविरुद्ध १० रनले विजयी हुँदै नेपाल लिग-२ को छैटौँ स्थानमा

काठमाडौं- नेपालले आईसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ को आफ्नो अन्तिम

महानवमीमा मात्र खुल्ने तलेजु भवानी मन्दिरमा भोलि बिहान ५ बजेदेखि पूजाआरधना गर्न पाइने

काठमाडौँ- विश्व सम्पदा सूचीमा सूचिकृत हनुमानढोका दरबार क्षेत्रभित्र रहेको तलेजु

जुम्लाबाट सात हजार ३३० मेट्रिकटन स्याउ निर्यात

जुम्ला- जुम्लाबाट सात हजारभन्दा बढी मेट्रिकटन टन स्याउ निर्यात भएको