सप्तकोशीमा बेपत्ता सशस्त्रका अर्का जवानको पनि शव भेटियो « Khabarhub

सप्तकोशीमा बेपत्ता सशस्त्रका अर्का जवानको पनि शव भेटियो


२५ जेष्ठ २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


243
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- विपद् पूर्वाभ्यासको क्रममा गत जेठ २२ गते कोशी बराजस्थित सप्तकोशी नदीमा बेपत्ता भएका सशस्त्र प्रहरीका अर्का जवानको पनि शव भेटिएको छ।

सशस्त्रका गोताखोर सुरज साउदको शव आइतबार बिहान भेटिएको हो । उनको शव कोशी बराजको ५५ नम्बर ढोका नजिकबाट निकालिएको छ ।

प्रहरीका अनुसार चितवनको कुरिनटारबाट पुगेको डीएसपी पुरुषोत्तम भण्डारीको टोलीले साउदको शव निकालेको हो ।

गत बिहीबार विपद् पूर्वाभ्यासको क्रममा साउद र अर्का जवान हरदेव राजवंशी बेपत्ता भएका थिए । राजवंशीको शव शुक्रबार नै तीन किलमोटिर तल भेटिएको थियो ।

बेपत्ता भएका दुवै सुरक्षाकर्मीको खोजीमा सशस्त्र प्रहरी बलका वरिष्ठ प्रहरी उपरीक्षक नेत्र कार्कीको नेतृत्वमा ३५ सदस्यीय टोली परिचालन भएको थियो ।

उक्त टोलीले बेपत्ता भएका सशस्त्र प्रहरी जवान झापाका राजवंशीको शव सप्तकोशी किनारमा फेला पारेको थियो । साउद नभेटिएपछि कुरिन्टारबाट गोताखोर टोली गएको थियो ।

वर्षाका बेला बाढी पहिरोमा फसेका सर्वसाधारणलाई उद्धार गर्नका लागि अभ्यास गर्दागर्दै मधेश प्रदेश सशस्त्र प्रहरी जवान साउद र राजवंशी बेपत्ता भएका थिए ।

प्रकाशित मिति : २५ जेष्ठ २०८२, आइतबार  १२ : ५३ बजे

दशैंपछि मुक्तिनाथ मन्दिरमा दर्शनार्थी बढे

मुस्ताङ – हिन्दु तथा बौद्ध धर्मालम्बीहरुको धार्मिक साझा तीर्थस्थल मुक्तिनाथ

बङ्गलादेशमा एकै दिनमा दुई हजारभन्दा बढीमा डेङ्गु सङ्क्रमण

ढाका – बङ्गलादेशमा आइतबार बिहानसम्मको २४ घण्टामा दुई हजार २४९

एनपीएल हेर्न ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणलाई लक्षित गर्दै

दसैँमा ६४२ चेलीले लिए निःशुल्क यातायात सेवा

खोटाङ – जिल्लामा क्रियाशील युवा समूहले सञ्चालन गरेको ‘दसैँ, तिहार,

कर्णालीमा सवारी कारबाहीबाट १२ दिनमा १२ लाख राजस्व सङ्कलन

कर्णाली – कर्णाली प्रदेशमा सवारी कारबाहीबाट १२ दिनमा रु १२