पालिकाको अनुदानमा किसानलाई यान्त्रिक हलो वितरण « Khabarhub

पालिकाको अनुदानमा किसानलाई यान्त्रिक हलो वितरण


२५ जेठ २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

म्याग्दी– म्याग्दीको धवलागिरि गाउँपालिकाले कृषकलाई ५० प्रतिशत अनुदानमा ५३ वटा मिनिटिलर (यान्त्रिक हलो) वितरण गरेको छ । 

कृषिमा लागत घटाउन र सहज बनाउन पाँच वटा वडा कार्यालयले सङ्कलन गरेर छनोट र सिफारिस गरेका कृषकलाई यान्त्रिक हलो वितरण गरेको हो । ठेक्का प्रतिस्पर्धामार्फत प्रतिमिनिटेलर २९ हजार ७५० रुपैयाँमा खरिद गरेर वितरण गरेको गाउँपालिकाले जनाएको छ । 

गाउँपालिकाको जिन्सी शाखाका प्रमुख रमेश शर्माले प्रतिमिनिटेलर कृषकले रु १४ हजार ८७५ मात्र लगानी गरेका र ५० प्रतिशत गाउँपालिकाले व्यहोरेको जानकारी दिए  । 

वडा नं २ लुलाङमा ११, वडा नं ३ मुनामा सात, वडा नं ४ मुदीमा ६, वडा नं ६ मराङमा ७ र वडा नं ७ ताकममा २२ वटा मिनिटेलर हलो वितरण गरिएको उनले जानकारी दिए । 

वडा नं १ गुर्जा र वडा नं ५ मल्कवाङका कृषकले भने मिनिटेलर माग गरेका थिएनन् । शनिबार मुनिस्थित गाउँपालिकाको कार्यालयमा अध्यक्ष प्रेमप्रसाद पुनले कृषकहरूलाई मिनिटेलर वितरण गरेका थिए  । खेतबारी खनजोतका लागि हलगोरुको विकल्पमा यान्त्रिक हलो प्रयोग गर्ने चलन बढेको छ । 

गोरु पाल्न झञ्झट हुने, मिनिटेलरबाट छिटो खेतबारी खनजोत गर्न सकिने भएकाले कृषकको यसप्रति आकर्षण बढेको धवलागिरि गाउँपालिकाका कृषि प्राविधिक आश्विन खत्रीले जानकारी दिए । मिनिटेलर खरिदका लागि गाउँपालिकाले चालु आर्थिक वर्षमा नौ लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो । 

गाउँपालिकाको केन्द्र मुनामा मिनिटेलर ट्र्याक्टर मर्मतसम्बन्धी तालिम सञ्चालन भएको छ । उद्योग तथा पर्यटन कार्यालय म्याग्दीको आयोजनामा सञ्चालन भएको १० दिने तालिममा २० जनाको सहभागिता छ । गाउँघरमै ट्र्याक्टर मर्मत गर्नसक्ने दक्ष जनशक्ति तयार पार्न तालिम सञ्चालन गरेको कार्यालयले जनाएको छ । रासस

प्रकाशित मिति : २५ जेठ २०८२, आइतबार  १ : ३९ बजे

चार अन्तरिक्ष यात्रीसहित क्रु-१२ मिसन पृथ्वीतर्फ रवाना

काठमाडौं – अमेरिकी अन्तरिक्ष संस्था नासाको स्पेसएक्स क्रु–१२ मिसन अन्तर्राष्ट्रिय

हुरीले गोलभेँडा खेतीमा क्षति

गुल्मी– गुल्मीको सत्यवती गाउँपालिका–३ स्थित ठूलोलुम्पेकमा वर्षासँगै आएको हुरीले गोलभेँडा

बीपी बचाउन न्यायाधीश जनकमानले लिएको त्यो जोखिम

न्यायाधीश जनकमान : तपाईंलाई सशस्त्र जनक्रान्ति गरेको आरोप सम्बन्धमा के भन्नुहुन्छ

कुथेली बुखरी स्मल हाइड्रोपावरद्वारा १८ प्रतिशत बोनस सेयर प्रस्ताव

काठमाडौं– कुथेली बुखरी स्मल हाइड्रो पावर लिमिटेडले आर्थिक वर्ष २०८०/०८१

‘म नोबेल शान्ति पुरस्कारको हकदार हुँ, तर पाउनेमा शंका छ’ : ट्रम्प

काठमाडौं– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफू नोबेल शान्ति पुरस्कारको हकदार