टेलिकमकी प्रबन्ध निर्देशक पहाडीसहित १८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा, ३३ करोड ४७ लाख बिगो मागदाबी | Khabarhub Khabarhub

टेलिकमकी प्रबन्ध निर्देशक पहाडीसहित १८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा, ३३ करोड ४७ लाख बिगो मागदाबी


२५ जेठ २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल टेलिकमकी प्रबन्ध निर्देशक संगीता पहाडी अर्यालसहित १८ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

आयोगले आइतबार प्रबन्ध निर्देशक पहाडी र पूर्वप्रबन्ध निर्देशक सुनील पौडेलसहित १८ जनाविरुद्ध ३३ करोड ४७ लाख रुपैयाँ मागदाबीसहित मुद्दाको फाइल विशेष अदालतमा पुर्‍याएको छ ।

अख्तियारले नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) को बिलिङ प्रणाली अपग्रेड गर्ने प्रक्रियामा गम्भीर अनियमितता र मिलेमतो भएको निष्कर्ष निकालेको छ ।

उक्त बिलिङ प्रणाली अपग्रेड गर्ने प्रक्रियामा भएको गम्भीर अनियमिततामा पूर्वप्रबन्ध निर्देशक सुनिल पौडेलसमेतको संलग्नता रहेको उजुरीका आधारमा अनुसन्धान गर्दा ठूलो मात्रामा भ्रष्टाचार भएको अख्तियारले जनाएको छ।

२०७८ माघ ६ मा नेपाल टेलिकम र चिनियाँ कम्पनी एसियाइन्फो लिङ्केज टेक्नोलोजिज् इन्कबीच भएको सम्झौताअनुसार कन्भर्जेन रियल टाइम बिलिङ तथा ग्राहक सेवा प्रणाली खरिद गरिएको थियो। यो प्रणालीमार्फत जीएसएम मोबाइल, फाइबर, इन्टरनेट, लिज्ड लाइन, तथा ब्रोडब्यान्ड सेवा लगायतका बिलिङ प्रणालीलाई एउटै डिजिटल प्लेटफर्ममा एकीकृत गर्दै रियल-टाइम शुल्क गणना तथा अपडेट गर्ने उद्देश्य राखिएको थियो ।

तर, सम्झौतामा स्पष्टरूपमा वार्षिक मर्मतसम्भार सेवा (एएमसी) को शुल्क ५ प्रतिशत घट्दो दरमा निर्धारण गर्नुपर्ने उल्लेख हुँदाहुँदै पनि पूर्वनिर्धारित मूल्यभन्दा अस्वाभाविक बढीमा वार्षिक मर्मतसम्भार सेवा खरिद गरिएको आरोप अख्तियारले लगाएको छ । एसियाइन्फोसँग सँग २ करोड ५ लाख ६३ हजार डरलमा वार्षिक सेवा सम्झौता गरिएको थियो ।

अख्तियारको अनुसन्धान अनुसार यो सम्झौता कम्पनीको आन्तरिक नीति, मूल सम्झौताका धाराहरू र सार्वजनिक संस्थालाई हुने नोक्सानीको अनुमानित मूल्यप्रतिकूल देखिएको छ।

यो प्रकरणमा अख्तियारले औपचारिक रुपमा विशेष अदालतमा अभियोग दर्ता गराएको हो । पूर्वप्रबन्ध निर्देशक पौडेल यसअघि अनेकौँ भ्रष्टाचारकाण्डमा मुछिइसकेका छन् ।

प्रकाशित मिति : २५ जेठ २०८२, आइतबार  २ : ३५ बजे

लहानमा ‘सुत्केरी तथा गर्भवती पोषण प्याकेज कार्यक्रम’

सिरहा– लहान नगरपालिकाले तीन वर्षअघिदेखि सञ्चालन गर्दै आएको ‘सुत्केरी तथा

प्रि ओपन सेसन : नेप्सेमा ९ अंकको वृद्धि

काठमाडौं– साताको दोस्रो कारोबार दिन सोमबार प्रि ओपन सेसनमा नेपाल

भोजपुर हत्या घटना : शवको ‘फरेन्सिक’ परीक्षण गर्न धरान पठाइयो

भोजपुर– भोजपुरको रामप्रसादराई– २ धोद्लेखानीमा हत्या भएका चार जनाको शवको

कांग्रेस केन्द्रीय समिति बैठक आज सकिँदै, सभापति देउवाले निष्कर्षसहित सम्बोधन गर्ने 

काठमाडौं– नेपाली कांग्रेस केन्द्रीय कार्य समितिको बैठक आज (सोमबार) पनि

प्रधानमन्त्रीले प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्ने

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार प्रतिनिधिसभा बैठकलाई सम्बोधन  गर्ने