सुनील पौडेलविरुद्ध एकपछि अर्को भ्रष्टाचार मुद्दा, दुईवटामा दोषी ठहरिएर काटिरहेका छन् सजाय « Khabarhub

सुनील पौडेलविरुद्ध एकपछि अर्को भ्रष्टाचार मुद्दा, दुईवटामा दोषी ठहरिएर काटिरहेका छन् सजाय


२५ जेठ २०८२, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


684
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- शक्तिकेन्द्र रिझाएर सधैँ मालदार सरकारी संस्थानको नेतृत्वमा बसिरहनेमध्येमा पर्छन् सुनील पौडेल । उनै सुनील पौडेलले केही वर्षयता एकपछि अर्को भ्रष्टाचार मुद्दा खेपिरहेका छन् ।

नेपाल टेलिकमका पूर्वप्रबन्ध निर्देशक पौडेलविरुद्ध आइतबार भ्रष्टाचारको पाँचौँ मुद्दा दर्ता भएको छ । यसअघि उनीविरुद्ध चलेका भ्रष्टाचार मुद्दामध्ये एउटामा उनी दोषी ठहर भइसकेका छन् । पौडेल हाल डिल्लीबजार कारागारमा छन् ।

अख्तियारले पछिल्लो पटक पौडेलविरुद्ध गत जेठ ६ गते राष्ट्रिय सूचना प्रविधि केन्द्रमा भ्रष्टाचार गरेको आरोपमा मुद्दा दायर गरेको थियो ।

आयोगले केन्द्रका तत्कालीन सहायक निर्देशक रमेश पोखरेलसहित ५ जना र एक कम्पनीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।

आयोगले आर्थिक वर्ष ०७५/७६ मा केन्द्रबाट गरिएका खरिद कार्यमा पौने ६ करोड नोक्सान पुर्‍याउने काम गरेको आरोपसहित मुद्दा दायर गरेको थियो ।

केन्द्रले २६ करोड २९ लाख ५३ हजार ३३५ रुपैयाँ ३३ पैसा लागत अनुमानको बोलपत्रमा मिलेमतोमा काम गरेको आयोगको आरोप उक्त मुद्दामा लगाएको थियो ।

उनीविरुद्ध ९ वैशाख २०८१ मा राष्ट्रिय पेमेन्ट गेटवे खरिद प्रकरणमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा चलाएको थियो ।

उक्त प्रकरणमा विशेष अदालतले २०८१ वैशाख १२ गते राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालील कार्यकारी निर्देशक तथा नेपाल टेलिकमका प्रबन्ध निर्देशक पौडेललाई दोषी ठहर गरेको थियो ।

यस प्रकरणमा सचिव मधुकुमार मरासनीसहित ८ जनालाई अदालतले सफाइ दिएको थियो । उनलाई विशेष अदालतले सम्पत्ति राज्यलाई क्षति पुर्‍याएको र सरकारी कोष दुरूपयोग गरेको ठहर गर्दै विशेषले दोषी प्रमाणित गरेको थियो ।

उक्त प्रकरणमा पौडेललाई विशेष अदालतले ९ वर्ष कैद र २३ करोड २ लाख ७५ हजार जरिवाना पनि सुनाएको थियो । विशेष अदातलको आदेशअनुसार उनी २०८१ वैशाखमा डिल्ली बजार कारागारमा चलान भएका थिए ।

त्यसैगरि उनीविरुद्ध गैरकानूनी सम्पत्ति आर्जनमा पनि मुद्दा चलेको थियो । उनले अन्तर्राष्ट्रिय रुपमा सिंगापुरलगायत बैंक खाता र भारत–नेपालस्थित सम्पत्ति लुकाएको आरोपमा अख्तियारले गैरकानूनी सम्पत्ति आर्जनसम्बन्धी मुद्दा चलाएको थियो ।

त्यसक्रममा अख्तियारले उनीसँग २३ करोड ७५ लाख रुपैयाँ बराबरको अघोषित सम्पत्ति रहेको निष्कर्ष निकालेको थियो । गैरकानूनी सम्पत्ति आर्जनसम्बन्धी उक्त मुद्दामा उनी दोषी ठहर भएर नौ वर्षको कैद सजाय भोगिरहेका छन् ।

अर्कातिर सूचना प्रविधि केन्द्रमा घुस खाएको मुद्दामा पनि उनी प्रतिवादी बनाइएका थिए । अख्तियारले राष्ट्रिय सूचना प्रविधि केन्द्रमा कार्यकारी निर्देशक रहँदा खरिद प्रक्रियामा ३ करोड ८ लाख ५० हजार ४ सय बराबर घुस लिएको आरोपमा गत माघ २५ गते विशेष अदालतमा मुद्दा चलाएको थियो ।

सूचना प्रविधि केन्द्रको कार्यकारी निर्देशक रहँदा खरिदमा संलग्न ठेकदार कम्पनीहरूबाट घुस लिएको आरोपमा अख्तियारले पौडेलमाथि मुद्दा दायर गरेको थियो। पौडेलले १२ करोड ४२ लाख ८० हजार रुपैयाँको सामान खरिद गर्दा तीन करोड आठ लाख ५० हजार चार सय रुपियाँ घुस खाएको आयोगले ठहर गरेको थियो ।

अब उनै सुनील पौडेलविरुद्ध नेपाल टेलिकमको प्रबन्ध निर्देशक हुँदा ३३ करोड ४७ लाखको भ्रष्टाचार गरेको दाबीसहित अख्तियारले मुद्दा चलाएको हो ।

यो मुद्दामा नेपाल टेलिकमकी वर्तमान प्रबन्ध निर्देशक संगीता पहाडीलाई पनि प्रतिवादी बनाइएको छ । पहाडीसहित १८ जनाविरूद्ध भ्रष्टाचार मुद्दा दायर भएपछि हाल पदमा बहाल सबैजना निलम्बित भएका छन् ।

अख्तियारले गैरकानूनी सम्पत्ति, विदेशी मुद्राको अवैध ओसार-पसार, अनुमतिबिना खाता खोल्ने, राजस्व चुहावट, सम्पत्ति शुद्धीकरणजस्ता अन्य प्रकरणमा पनि पौडेलविरुद्ध अनुसन्धान जारी राखेको छ ।

प्रकाशित मिति : २५ जेठ २०८२, आइतबार  ३ : २५ बजे

गोरखामा चट्याङ लागेर दुईजना घाइते

काठमाडौँ । चट्याङ लागेर बुधबार गोरखामा दुईजना घाइते भएका छन्

आशिका तामाङले भनिन् : अबदेखि भद्र र मर्यादित बन्ने कोसिस गर्छु

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद आशिका तामाङले अबदेखि

सरकारी निकायमा स्वदेशी वस्तुको प्रयोग गर्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाहको निर्देशन तथा स्वदेशी उद्यमी र

बगेर बेपत्ता भएका दुई किशोरको शव फेला

कास्की – पोखराको विजयपुर खोला तर्ने क्रममा गत साउन ३०

विपद् व्यवस्थापनमा सरकार संवेदनशील छ : गृहमन्त्री गुरुङ

काठमाडौं – गृहमन्त्री सुधन गुरुङले विपद् व्यवस्थापनमा गृह मन्त्रालय संवेदनशील