चीनको अन्तरिक्ष अनुसन्धानमा 'तियानवेन–२' को ऐतिहासिक यात्रा सुरु | Khabarhub Khabarhub

चीनको अन्तरिक्ष अनुसन्धानमा ‘तियानवेन–२’ को ऐतिहासिक यात्रा सुरु


२५ जेठ २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


108
Shares
  • change font
  • change font
  • change font

बेइजिङ- चीनको राष्ट्रिय अन्तरिक्ष प्रशासनका अनुसार, ‘तियानवेन–२’ नामक यान शुक्रबार बिहानसम्म लगातार आठ दिनभन्दा बढी समयदेखि पृथ्वीको कक्षमा सफलतापूर्वक सञ्चालनमा रहेको छ। हालसम्म यो यान पृथ्वीबाट ३० लाख किलोमिटरभन्दा टाढा पुगेको छ ।

तियानवेन–२ चीनको एक अन्तरग्रहीय मिसन हो, जसको उद्देश्य क्षुद्रग्रहको अध्ययन गर्नु र त्यहाँबाट नमूना सङ्कलन गरेर पृथ्वीमा फर्काउनु हो ।

प्रशासनले तियानवेन–२ ले खिचेको एउटा तस्बिर सार्वजनिक गरेको छ, जसमा एउटा सौर्य पाटा (सोलार प्यानल) पूर्ण रूपमा खुलिएको देखिन्छ ।

तियानवेन–२ चीनद्वारा प्रक्षेपण गरिएको पहिलो क्षुद्रग्रह नमूना सङ्कलन यान हो। यसलाई गत मे २९ तारिखका दिन अन्तरिक्षतर्फ पठाइएको थियो। यस अभियानको उद्देश्य क्षुद्रग्रहको उत्पत्ति, विकासक्रम तथा प्रारम्भिक सौरमण्डलको अध्ययन गर्नु हो ।

यस अभियानले करिब दस वर्ष लामो यात्रा तय गर्दै पृथ्वी नजिकको २०१६एचओ३ नामक क्षुद्रग्रहबाट नमूना सङ्कलन गर्ने र ग्रह पथको मुख्य क्षेत्रमा पर्ने ३११पी नामक पुच्छ्रे तारा (धूमकेतु) को अध्ययन गर्ने लक्ष्य राखेको छ ।

गहिरो अन्तरिक्ष यात्रा सफल बनाउनका लागि, यानमा गोलो तथा लचिलो स्वरूपका सौर्य पाटा प्रयोग गरिएको छ, जसले आवश्यक ऊर्जा आपूर्ति गर्दछ । –रासस

प्रकाशित मिति : २५ जेठ २०८२, आइतबार  ६ : ५३ बजे

मितेरी सहकारी प्रकरण : ज्योति भण्डारीलाई कम्बोडियाबाट पक्राउ गरि काठमाडौं ल्याइयो

काठमाडौं – मितेरी सहकारी संस्थाको रकम अपचलन प्रकरणमा मुछिएका ज्योतिबहादुर

जलविद्युत् आयोजनाका कारण तातोपानी कुण्ड सङ्कटमा

म्याग्दी – यहाँको अन्नपूर्ण गाउँपालिका भएर बग्ने कालीगण्डकी नदी किनारका

लिबियामा डुङ्गा डुब्दा कम्तीमा ६० आप्रवासीको मृत्यु भएको आशङ्का

त्रिपोली – लिबियाको तटीय क्षेत्रमा पछिल्लो एक सातामा एक जोडी

अमेरिकामा ज्यान गुमाएका ४ जनाको अन्त्येष्टिमा जान नपाएको परिवारको गुनासो

गोरखा – अमेरिकामा गोली लागेर मृत्यु भएका गोरखाका एकै घरका

गण्डकीमा सत्ताको चाबी बनेका मनाङेको राजनीतिक ‘इनिङ्स’ समाप्त

पोखरा – गण्डकी प्रदेशको सत्ता राजनीतिमा जब-जब सङ्कट आउँथ्यो, एक