चीनको अन्तरिक्ष अनुसन्धानमा ‘तियानवेन–२’ को ऐतिहासिक यात्रा सुरु « Khabarhub

चीनको अन्तरिक्ष अनुसन्धानमा ‘तियानवेन–२’ को ऐतिहासिक यात्रा सुरु


२५ जेठ २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


108
Shares
  • change font
  • change font
  • change font

बेइजिङ- चीनको राष्ट्रिय अन्तरिक्ष प्रशासनका अनुसार, ‘तियानवेन–२’ नामक यान शुक्रबार बिहानसम्म लगातार आठ दिनभन्दा बढी समयदेखि पृथ्वीको कक्षमा सफलतापूर्वक सञ्चालनमा रहेको छ। हालसम्म यो यान पृथ्वीबाट ३० लाख किलोमिटरभन्दा टाढा पुगेको छ ।

तियानवेन–२ चीनको एक अन्तरग्रहीय मिसन हो, जसको उद्देश्य क्षुद्रग्रहको अध्ययन गर्नु र त्यहाँबाट नमूना सङ्कलन गरेर पृथ्वीमा फर्काउनु हो ।

प्रशासनले तियानवेन–२ ले खिचेको एउटा तस्बिर सार्वजनिक गरेको छ, जसमा एउटा सौर्य पाटा (सोलार प्यानल) पूर्ण रूपमा खुलिएको देखिन्छ ।

तियानवेन–२ चीनद्वारा प्रक्षेपण गरिएको पहिलो क्षुद्रग्रह नमूना सङ्कलन यान हो। यसलाई गत मे २९ तारिखका दिन अन्तरिक्षतर्फ पठाइएको थियो। यस अभियानको उद्देश्य क्षुद्रग्रहको उत्पत्ति, विकासक्रम तथा प्रारम्भिक सौरमण्डलको अध्ययन गर्नु हो ।

यस अभियानले करिब दस वर्ष लामो यात्रा तय गर्दै पृथ्वी नजिकको २०१६एचओ३ नामक क्षुद्रग्रहबाट नमूना सङ्कलन गर्ने र ग्रह पथको मुख्य क्षेत्रमा पर्ने ३११पी नामक पुच्छ्रे तारा (धूमकेतु) को अध्ययन गर्ने लक्ष्य राखेको छ ।

गहिरो अन्तरिक्ष यात्रा सफल बनाउनका लागि, यानमा गोलो तथा लचिलो स्वरूपका सौर्य पाटा प्रयोग गरिएको छ, जसले आवश्यक ऊर्जा आपूर्ति गर्दछ । –रासस

प्रकाशित मिति : २५ जेठ २०८२, आइतबार  ६ : ५३ बजे

सात हजार कुखुराको ‘पोष्टमार्टम’ : १० रोग पहिचान

चितवन– चितवनमा रहेको राष्ट्रिय पन्छी रोग अन्वेषण प्रयोगशालाले एक वर्षमा

धुर्मुस-सुन्तलीजस्तै नयाँ नेतृत्व पनि पलायन हुनुपर्ने अवस्था आउन सक्छ: शङ्कर पोखरेल

काठमाडौँ – नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले स्पष्ट योजना र

नेपालमा १६८ प्रजातिका लामखुट्टे, कीटजन्य रोगको जोखिम बढ्दो

काठमाडौँ– विश्व लामखुट्टे दिवस नेपालमा ‘सानो टोकाइ, ठूलो चुनौती’ भन्ने

बुवाको निधनपछि मेसीको पहिलो गोल, इन्टर मियमी र फिलाडेल्फियाले खेले बराबरी

काठमाडौँ – स्टार फुटबलर लियोनेल मेसीले आफ्ना पिताको निधनपछिको पहिलो

कुकुर राख्ने ‘होस्टेल’ (तस्बिर)

बागलुङ– घरपालुवा कुकुरलाई छोड्नु, अनियन्त्रित प्रजननलगायत कारणले बजारका गल्ली–गल्लीमा बेवारिसे,