एम्ब्बाप्पेले पूरा गरे फ्रान्सका लागि ५० गोल « Khabarhub

एम्ब्बाप्पेले पूरा गरे फ्रान्सका लागि ५० गोल


२५ जेठ २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


429
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- स्टार स्ट्राइकर किलियन एम्बाप्पेले फ्रान्सका लागि ५० गोल पूरा गरेका छन् ।

आइतबार एमपीएच एरिनामा जर्मनीविरुद्ध युइएफए नेशन्स लिगको तेस्रो स्थानका लागि भएको खेलमा फ्रान्स राष्ट्रिय टोलीका लागि उनले ५०औं गोल गरेका छन्।

अब उनी फ्रान्सका सर्वाधिक गोलकर्ता सूचीमा दोस्रो स्थानमा रहेका थियरी हेनरीको कीर्तिमान बराबरी गर्न केवल एक गोल टाढा छन्। यस सूचीमा ओलिभियर जिरुड ५७ गोलसहित शीर्ष स्थानमा छन्।

यसअघि फ्रान्सलाई नेशन्स लिगको फाइनल पुग्नबाट स्पेनले रोकेको थियो, जहाँ साविक विजेता स्पेनले ५–४ गोलअन्तरको जित निकालेको थियो।

२०१७ मा फ्रान्सको राष्ट्रिय टोलीबाट डेब्यू गरेका एम्बाप्पेले अहिलेसम्म लेस ब्लेस (फ्रान्स टोली) का लागि ९० खेल खेलेका छन्।

उनी सन् २०१८ को फिफा विश्वकप जित्ने टोलीका महत्वपूर्ण सदस्य थिए । सन् २०२१ मा नेशन्स लिग उपाधि जित्ने टोलीमा पनि उनले प्रमुख भूमिका निर्वाह गरे ।

प्रकाशित मिति : २५ जेठ २०८२, आइतबार  ७ : ५३ बजे

घोराहीमा ट्रकले स्कुटरलाई ठक्कर दिँदा छोराको मृत्यु, बुबा घाइते

दाङ – दाङको घोराहीमा ट्रकले स्कुटरलाई ठक्कर दिँदा छोराको मृत्यु

गगन थापा मुलुकको नेतृत्व गर्न तयार : उपसभापति शर्मा

झापा – नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टीका सभापति गगनकुमार

प्रधानमन्त्री कप क्रिकेटः बैतडीको शानदार सुरुआत

बैतडी – प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको सुदूरपश्चिम छनोटमा

आगामी निर्वाचन देशको स्वाधीनताका लागि महत्त्वपूर्ण छ : उपाध्यक्ष थापा

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ले

टी–२० विश्वकपमा भारतसँगकाे खेल बहिष्कार गर्ने पाकिस्तानको निर्णय

काठमाडौं – आईसीसी टी–२० विश्वकप २०२६ मा पाकिस्तानले भारतसँग हुने