नेशन्स लिगको फाइनलमा आमनेसामने हुँदै ४० रोनाल्डो र १७ वर्षे यामाल « Khabarhub

नेशन्स लिगको फाइनलमा आमनेसामने हुँदै ४० रोनाल्डो र १७ वर्षे यामाल

रोनाल्डोले भने, ‘उसले राम्रो खेल्छ, शान्त वातावरण दिनुस्’


२५ जेठ २०८२, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.6k
Shares
  • change font
  • change font
  • change font

म्युनिख, जर्मनी– युइएफए नेशन्स लिगको रोमाञ्चक फाइनलअघि पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डोले आफू र स्पेनका किशोर फुटबलर लामिन यामालबीचको भिडन्तलाई लिएर भइरहेको टिप्पणीलाई सामान्य भनेका छन् । उनले आफू र यामालको भन्दा खेललाई दुई राष्ट्रबीचको प्रतिस्पर्धा भनेर बुझ्न पनि रोनाल्डोले आग्रह गरेका छन्।

४० वर्षीय रोनाल्डो र १७ वर्षीय यामालबीचको पुस्तागत दूरीलाई सञ्चारमाध्यम र फ्यानहरूले विशेष चासो दिएका छन् । तर रोनाल्डोले यसलाई ‘हाइप मात्र’ भएको बताएका छन्।

पत्रकारहरूसँग उनले भने, ‘पुस्ताहरू बदलिन्छन् – एउटा आउँछ, अर्को बिदा हुन्छ। म अर्कै पुस्ताको हुँ भने ठीकै हो। तर यो खेल केवल क्रिस्टियानो र यामालबीचको मात्रै होइन, पोर्चुगल र स्पेनको हो।’

प्रशंसा

रोनाल्डोले स्पेनका युवा खेलाडी लामिन यामालको खुलेर प्रशंसा गरे । ‘तपाईंहरूले लामिनको धेरै कुरा गर्नुभएको छ, त्यो जायज पनि हो — उनी साँच्चै राम्रो खेलाडी हुन्,’ उनले भने, ‘तर स्पेनसँग निको विलियम्स, पेड्रीजस्ता उत्कृष्ट मिडफिल्डर छन् । प्रशिक्षक लुइस दे ला फुएन्ते पनि अनुशासित र सक्षम छन् ।’

रोनाल्डोले यामाललाई आफ्नो छोराको पुस्ताको संज्ञा दिए । ‘उनी मेरो छोराभन्दा मात्र तीन वर्ष जेठा छन्’, उनले भने ।

स्पेनको लागि पछिल्लो समय शानदार प्रदर्शन गरिरहेका यामालमाथि अत्यधिक दबाब दिन नहुने रोनाल्डोको सन्देश थियो।

उनले भने, ‘उसको ‘फनी हेयर’ छ, उसले राम्रो गरिरहेको छ, तर म सञ्चारमाध्यमसँग अनुरोध गर्छु –उसलाई शान्त वातावरण दिनुहोस्। उसलाई आफ्नो हिसाबले हुर्किन दिनुहोस्, फुटबलको भलो त्यसैमा छ।’

पोर्चुगलको ऐतिहासिक पृष्ठभूमि

रोनाल्डोले सन् २००४ को युरो कपमा स्पेनविरुद्ध पहिलोपटक प्रतिस्पर्धात्मक खेल खेलेका थिए, जुन खेल पोर्चुगलले जितेको थियो। उनी आफैँ पनि १८ वर्षको उमेरमा म्यानचेस्टर युनाइटेडमा अनुबन्ध हुनुअघि स्पोर्टिङ लिस्बनबाट चम्किएका थिए।

यो खेल आइतबार मध्यराति नेपाली समयअनुसार १२ बजेर ४५ मिनेटमा सुरू हुँदैछ । नेशन्स कपअन्तर्गत अहिले तेस्रो स्थानका लागि फ्रान्स जर्मनी खेलिरहेका छन् ।

दुवै टोलीको इतिहास

स्पेन र पोर्चुगल दुवैले यसअघि नेशन्स लिग जितेका छन् । पोर्चुगलले पहिलो संस्करण सन् २०१९ मा जितेको थियो । स्पेन सन् २०२३ को संस्करणको विजेता हो।

यी दुई युरोपियन छिमेकीहरू फेरि एक पटक उपाधिका लागि आमने–सामने हुँदैछन् । यो भिडन्त केवल दुई स्टार खेलाडीहरूको मात्रै होइन, फुटबलको गौरवशाली इतिहास बोकेका दुई राष्ट्रबीचको गौरवपूर्ण प्रतिस्पर्धा पनि हो ।

प्रकाशित मिति : २५ जेठ २०८२, आइतबार  ८ : ०८ बजे

गरिमा हत्या प्रकरणमा गगनको प्रश्न : सरकारले परिवारको पीडा महसुस गरेको छ ?

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले बाराको जितपुरसिमरा–१ की

देशभर करिब ९८ प्रतिशत धान रोपाइँ सकियाे, सबैभन्दा बढी सुदूरपश्चिममा

काठमाडौँ । कृषि विभागले देशभर करिब ९८ प्रतिशत धान रोपाइँ

गुल्मीमा बाँदर धपाउने क्रममा लडेर महिलाको मृत्यु

गुल्मी । बाँदर धपाउने क्रममा लडेर गुल्मीमा एक महिलाको मृत्यु

विश्वकपमा अनुशासन उल्लंघनको घटना : अर्जेन्टिनाका खेलाडी, अफिसियल तथा फुटबल संघलाई लाखौँ डलर जरिबाना

काठमाडौं । गत महिना सम्पन्न फिफा विश्वकपका दौरान देखिएको विवादास्पद

नेपाल-भारत सीमा क्षेत्रमा आधुनिक उपकरणमार्फत निगरानी बढाउने सहमति

काठमाडौं । नेपाल–भारत सीमा क्षेत्रका संवेदनशील स्थानहरूमा सीसीटीभीलगायत आधुनिक उपकरणको