भोटेकोशीको बाढीको असर : कहाँ-कहाँ हुन्छ जोखिम ? « Khabarhub

भोटेकोशीको बाढीको असर : कहाँ-कहाँ हुन्छ जोखिम ?


२४ असार २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


294
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – चीनको तिब्बत क्षेत्रमा भारी वर्षापछि भोटेकोशी नदीमा ठुलो बाढी आएको छ। यसले रसुवामा अकल्पनीय क्षति गरेको छ। जल तथा मौसम विज्ञान विभागको भोटेकोशीस्थित रसुवा–स्याप्रुवेसी जल मापन केन्द्रका अनुसार रसुवामा मंगलबार बिहान ३ः३० बजे बाढी आइपुगेको देखिन्छ।

नारायणी नदी जलाधारको त्रिशुली उपजलाधार अन्तर्गत भोटेकोशी नदीमा तिब्बत क्षेत्रबाट ठुलो बाढी प्रवेश गरेको हो।

उक्त बाढी बिहान ५ बजे त्रिशुलीस्थित वेत्रावती पुगेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। बेत्रावती केन्द्रमा बहाब करिब साढे २ मिटर बढेको र हाल केही घट्दो क्रममा रहेको विभागको भनाइ छ।

विभागका अनुसार बाढीको प्रभाव त्रिशूली नदीको बुढीगण्डकी दोभान (वेनिघाट) आसपाससम्म पर्ने देखिन्छ। यो क्षेत्रका नदी किनारका स्थानीयलाई विभागले सतर्कता अपनाउन अनुरोध गरेको छ।

बाढी पूर्वानुमान शाखाले यस घटनाको अनुगमन गर्दै सम्भावित कारणको अध्ययन गरेको विभागको भनाइ छ।

बाढीमा फसेका दुई जनाको सफल उद्धार
|बाढीबाट जोगिन र सतर्कता अपनाउन प्रधानमन्त्रीको आग्रह

प्रकाशित मिति : २४ असार २०८२, मंगलबार  ८ : ५६ बजे

स्पेनमा भारी वर्षापछि बाढीको चेतावनी, यात्रा प्रतिबन्ध

म्याड्रिड– अत्यधिक वर्षाका कारण उत्तरपूर्वी स्पेनमा बाढीको जोखिम बढेपछि अधिकारीहरूले

कांग्रेस महाधिवेशनमा सीके राउत पनि उपस्थित नहुने

काठमाडौं– नेपाली कांग्रेसको १५औं महाधिवेशनमा जनमत पार्टीका अध्यक्ष डा.सीके राउत

नेपाल राष्ट्र बैंकद्वारा ४० करोड थान १ रुपैयाँका नयाँ सिक्का ल्याउने

काठमाडौं– नेपाल राष्ट्र बैंकले ४० करोड थान १ रुपैयाँका नयाँ

कांग्रेस केन्द्रीय सदस्यमा ‘जोगिन्दर पानवाला’ को उम्मेदवारी, कला क्षेत्रका मुद्दा उठाउने दाबी

काठमाडौं– चर्चित हास्य कलाकार शिवशंकर रिजाल ‘जोगिन्दर पानवाला’ अब मनोरञ्जनको

एमाले संसदीय दलको बैठक बस्दै

काठमाडौँ– नेकपा एमाले संसदीय दलको बैठक आज बस्दैछ । बैठक