भोटेकोशीको बाढीको असर : कहाँ-कहाँ हुन्छ जोखिम ? « Khabarhub

भोटेकोशीको बाढीको असर : कहाँ-कहाँ हुन्छ जोखिम ?


२४ असार २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


294
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – चीनको तिब्बत क्षेत्रमा भारी वर्षापछि भोटेकोशी नदीमा ठुलो बाढी आएको छ। यसले रसुवामा अकल्पनीय क्षति गरेको छ। जल तथा मौसम विज्ञान विभागको भोटेकोशीस्थित रसुवा–स्याप्रुवेसी जल मापन केन्द्रका अनुसार रसुवामा मंगलबार बिहान ३ः३० बजे बाढी आइपुगेको देखिन्छ।

नारायणी नदी जलाधारको त्रिशुली उपजलाधार अन्तर्गत भोटेकोशी नदीमा तिब्बत क्षेत्रबाट ठुलो बाढी प्रवेश गरेको हो।

उक्त बाढी बिहान ५ बजे त्रिशुलीस्थित वेत्रावती पुगेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। बेत्रावती केन्द्रमा बहाब करिब साढे २ मिटर बढेको र हाल केही घट्दो क्रममा रहेको विभागको भनाइ छ।

विभागका अनुसार बाढीको प्रभाव त्रिशूली नदीको बुढीगण्डकी दोभान (वेनिघाट) आसपाससम्म पर्ने देखिन्छ। यो क्षेत्रका नदी किनारका स्थानीयलाई विभागले सतर्कता अपनाउन अनुरोध गरेको छ।

बाढी पूर्वानुमान शाखाले यस घटनाको अनुगमन गर्दै सम्भावित कारणको अध्ययन गरेको विभागको भनाइ छ।

बाढीमा फसेका दुई जनाको सफल उद्धार
|बाढीबाट जोगिन र सतर्कता अपनाउन प्रधानमन्त्रीको आग्रह

प्रकाशित मिति : २४ असार २०८२, मंगलबार  ८ : ५६ बजे

भोटेकोशी बाढीका कारण घरपरिवार र व्यवसायमा ७९ अर्बको क्षति : आयोग

काठमाडौँ– रसुवाको भोटेकोशी बाढीका कारण घरपरिवार र व्यवसायरप्रतिष्ठानतर्फ ७९ अर्ब

तिहारमा ५२ लाख माला खपत हुने अनुमान, कति होला कारोबार ? 

काठमाडौँ– आगामी तिहारमा काठमाडौँ उपत्यका करिब ५२ लाख वटा फूलका

कांग्रेसलाई एकढिक्का बनाउन विशेष संवाद अभियान चलाउनुपर्छ : गगन थापा

पोखरा- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीलाई एकढिक्का बनाउन विशेष

झिनो अंकले बढ्यो नेप्से परिसूचक, कारोबार कति ?

काठमाडौँ– धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो

आन्द्रे रसेल ३३ रन बनाएर आउट

काठमाडौँ– विराटनगर किंग्सका आन्द्रे रसेल ३३ रन बनाएर आउट भएका