भोटेकोशी बाढी : राहत र उद्धारमा सक्रिय बन्न कार्यकर्तालाई प्रचण्डको निर्देशन « Khabarhub

भोटेकोशी बाढी : राहत र उद्धारमा सक्रिय बन्न कार्यकर्तालाई प्रचण्डको निर्देशन

सरकारले ठोस कदम चाल्नुपर्नेमा जोड


२४ असार २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – पूर्व प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भोटेकोशीमा आएको भीषण बाढीपछिको उद्धार र राहतमा जुट्न कार्यकर्तालाई निर्देशन दिएका छन्।

मंगलबार बिहान भोटेकोशी नदीमा आएको बाढीले ठुलो क्षति गरेलगत्तै घटनाप्रति दुःख व्यक्त गर्दै सामाजिक सञ्जालमार्फत् प्रचण्डले कार्यकर्तालाई यस्तो निर्देशन दिएका हुन्।

‘भोटेकोशी नदीमा मंगलबार बिहान आएको भीषण बाढीले नेपाल–चीन जोड्ने मितेरी पुललगायत धेरै महत्त्वपूर्ण संरचनाहरूमा गम्भीर क्षति पुगेको छ। बाढीले भएको क्षतिप्रति म गहिरो दुःख व्यक्त गर्दछु’, प्रचण्डले फेसबुकमा लेखेका छन्, ‘प्राकृतिक विपद्को विषम परिस्थितिमा सरकारले उद्धार, राहत र बेपत्ताको खोजीका लागि सबै संयन्त्रलाई तत्काल र प्रभावकारी रूपमा परिचालन गर्न म जोडदार माग गर्दछु। साथै, हाम्रो पार्टीका सबै तहका नेता–कार्यकर्तालाई उद्धार र राहत कार्यमा सक्रियतापूर्वक सहभागी हुन निर्देशित गर्दछु।’

मौसमविद्हरूले यो वर्ष औसतभन्दा बढी वर्षा हुने चेतावनी दिइरहेको सन्दर्भमा, सरकारले उच्च सतर्कता अपनाउन र विपद् जोखिम न्यूनीकरणका लागि ठोस कदम चाल्नुपर्ने आवश्यकता रहेको उनको भनाइ छ। प्रचण्डले थप भनेका छन्, ‘म सम्पूर्ण सरकारी निकाय, राजनीतिक दल, संघ संस्था र नागरिकहरूलाई यो संकटको घडीमा एकजुट भएर कार्य गर्न अपिल गर्दछु।’

प्रकाशित मिति : २४ असार २०८२, मंगलबार  ९ : १२ बजे

सांसद अन्सारीले नेसनल मेडिकल कलेजमाथि लगाएको आरोपबारे छानबिन गर्न एसोसिएसनको माग

काठमाडौं– नेसनल मेडिकल कलेज तथा शिक्षण अस्पताल, वीरगञ्जका सम्बन्धमा सांसद

रुसी तेल प्रशोधन केन्द्रमा आक्रमण दोब्बर पार्ने जेलेन्स्कीको घोषणा

काठमाडौं– रुसले नागरिक तथा सहरहरूलाई लक्षित गरी नयाँ सैन्य आक्रमणको

सभापति रवि लामिछाने भेट्न बूढानीलकण्ठ पुगे गृहमन्त्री गुरुङ

काठमाडौं– गृहमन्त्री सुधन गुरुङ राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई

कांग्रेस महाधिवेशन : एक वरिष्ठ नेता, एक उपसभापति र दुई सहमहामन्त्री थपिँदै

काठमाडौँ– नेपाली कांग्रेसले पहिलोपटक पार्टी विधानमा वरिष्ठ नेताको प्रावधान ल्याउने

जनजागरण साकोस मिर्गेको कुल पुँजी २५ करोड नजिक

दोलखा– जिल्लाको वैतेश्वर गाउँपालिका–३ मिर्गेस्थित जनजागरण बचत तथा ऋण सहकारी