बढीले रसुवा क्षेत्रका तीन फिडर अवरुद्ध « Khabarhub

बढीले रसुवा क्षेत्रका तीन फिडर अवरुद्ध


२४ असार २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


138
Shares
  • change font
  • change font
  • change font

रसुवा– भोटेकोशी (त्रिशूली) नदीमा मंगलबार बिहान आएको बाढीका कारण रसुवास्थित कालिका सवस्टेसन (स/स) को ३३ केभी विद्युत लाइनको केही सेक्सन बगाएको छ ।

बढीले चिलिमे सवस्टेसनबाट सञ्चालित रसुवागढी, चिलिमे र साञ्जेन फिडर पूर्ण रूपमा अवरुद्ध भएका छन् ।

नेपाल विद्युत प्राधिकरण रसुवाका अनुसार प्रभावित क्षेत्रका ग्राहकलाई अस्थायी रूपमा वैकल्पिक माध्यमबाट सेवा दिन प्रयास भइरहेको छ ।

कालिकाबाट सञ्चालित फिडरहरूलाई चिलिमे सवस्टेसनमार्फत सञ्चालन गर्ने तयारी भइरहेको छ भने चिलिमे र साञ्जेन फिडरलाई स्याफ्रु फिडरमार्फत सञ्चालन गरिने छ।

विद्युत आपूर्तिमा आएको असहजतालाई न्यून गर्न तत्काल अस्थायी व्यवस्थामा जुटेको प्राधिकरणले जनाएको छ । साथै, क्षतिको विस्तृत विवरण फिल्ड भिजिट (निरीक्षण) पछि मात्र उपलब्ध हुने बताइएको छ ।

प्राधिकरणले सबै उपभोक्ताहरुलाई धैर्य र सहकार्यका लागि अनुरोध गर्दै वैकल्पिक माध्यमबाट सेवा पुर्नस्थापनामा जुटिसकेको जानकारी दिएको छ ।

प्रकाशित मिति : २४ असार २०८२, मंगलबार  ९ : ३१ बजे

सांसद अन्सारीले नेसनल मेडिकल कलेजमाथि लगाएको आरोपबारे छानबिन गर्न एसोसिएसनको माग

काठमाडौं– नेसनल मेडिकल कलेज तथा शिक्षण अस्पताल, वीरगञ्जका सम्बन्धमा सांसद

रुसी तेल प्रशोधन केन्द्रमा आक्रमण दोब्बर पार्ने जेलेन्स्कीको घोषणा

काठमाडौं– रुसले नागरिक तथा सहरहरूलाई लक्षित गरी नयाँ सैन्य आक्रमणको

सभापति रवि लामिछाने भेट्न बूढानीलकण्ठ पुगे गृहमन्त्री गुरुङ

काठमाडौं– गृहमन्त्री सुधन गुरुङ राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई

कांग्रेस महाधिवेशन : एक वरिष्ठ नेता, एक उपसभापति र दुई सहमहामन्त्री थपिँदै

काठमाडौँ– नेपाली कांग्रेसले पहिलोपटक पार्टी विधानमा वरिष्ठ नेताको प्रावधान ल्याउने

जनजागरण साकोस मिर्गेको कुल पुँजी २५ करोड नजिक

दोलखा– जिल्लाको वैतेश्वर गाउँपालिका–३ मिर्गेस्थित जनजागरण बचत तथा ऋण सहकारी