भोटेकोशीको बाढी त्रिशूली हुँदै बेनीघाटसम्म पुग्ने सम्भावना, सतर्कता अपनाउन आग्रह « Khabarhub

भोटेकोशीको बाढी त्रिशूली हुँदै बेनीघाटसम्म पुग्ने सम्भावना, सतर्कता अपनाउन आग्रह


२४ असार २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


171
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नारायणी नदी जलाधार अन्तर्गतको त्रिशूली उपजलाधारमा पर्ने भोटेकोशी नदीमा मङ्गलबार बिहान तिब्बत क्षेत्रबाट आएको ठूलो बाढी प्रवेश गरेकाले सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागले आग्रह गरेको छ ।

विभाग अन्तर्गतको रसुवा–स्याफ्रुवेसीस्थित भोटेकोशी जलमापन केन्द्रमा मङ्गलबार बिहान ३ः३० बजे बाढी पुगेको विभागले जानकारी दिएको छ । त्यसपछि बाढी त्रिशूली नदी हुँदै बिहान ५ बजे नुवाकोटको वेत्रावती केन्द्रसम्म पुगेको विभागको भनाइ छ ।

विभागका अनुसार बेत्रावती केन्द्रमा जलस्तर करिब २.५ मिटरले वृद्धि भएको र पछिल्लो समय केही घट्दो क्रममा रहेको देखिएको छ ।

प्रारम्भिक विश्लेषणअनुसार, बाढीको प्रभाव त्रिशूली नदीको बुढीगण्डकी दोभान (बेनीघाट) आसपाससम्म पर्न सक्ने भएकाले मङ्गलबार दिउँसोसम्म उच्च सतर्कता अपनाउन आवश्यक रहेको विभागले जनाएको छ ।

बाढी पूर्वानुमान शाखाले बाढीको निरन्तर अनुगमन गरिरहेको र यसको सम्भावित कारणको प्रारम्भिक अध्ययन पनि सुरु गरिएको जानकारी दिएको छ ।

विभागले त्रिशूली नदी किनाराका स्थानीयवासी, यात्रीहरू र सरोकारवाला निकायहरूलाई सावधानी अपनाउन आग्रह गर्दै, थप जानकारी र सतर्कताका सूचनाहरू विभागको आधिकारिक वेबसाइट तथा सामाजिक सञ्जालमार्फत उपलब्ध हुने जनाएको छ ।

प्रकाशित मिति : २४ असार २०८२, मंगलबार  ९ : ४८ बजे

गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी कार्तिक १२ गतेदेखि ललितपुरमा हुने

काठमाडौं– १९ औँ गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी कार्तिक १२ गतेदेखि

विदेश जाने होइन, स्वदेशमै फूल फुलाउने अठोट

दमौली– दमौलीका दुई युवाले सयपत्री जातका फूलखेती सुरु गरेका छन्

म्याग्दीमा सङ्घीय सरकारका तीन वटा कार्यालय थपिए

म्याग्दी– जिल्लामा सङ्घीय सरकारका तीन वटा कार्यालय थपिएका छन् ।

शुक्लाफाँटामा पर्यटक आवागमनमा वृद्धि : १३ दिनमा ६०० पर्यटक

महेन्द्रनगर– सुदूरपश्चिम प्रदेशकै प्रमुख पर्यटकीय गन्तव्य कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा

शिक्षामन्त्री पोखरेल र साइप्रसका राजदूतबीच शिष्टाचार भेटवार्ता

काठमाडौं– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल र नेपालका लागि साइप्रसका