भोटेकोशीको बाढी त्रिशूली हुँदै बेनीघाटसम्म पुग्ने सम्भावना, सतर्कता अपनाउन आग्रह | Khabarhub Khabarhub

भोटेकोशीको बाढी त्रिशूली हुँदै बेनीघाटसम्म पुग्ने सम्भावना, सतर्कता अपनाउन आग्रह


२४ असार २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


171
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नारायणी नदी जलाधार अन्तर्गतको त्रिशूली उपजलाधारमा पर्ने भोटेकोशी नदीमा मङ्गलबार बिहान तिब्बत क्षेत्रबाट आएको ठूलो बाढी प्रवेश गरेकाले सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागले आग्रह गरेको छ ।

विभाग अन्तर्गतको रसुवा–स्याफ्रुवेसीस्थित भोटेकोशी जलमापन केन्द्रमा मङ्गलबार बिहान ३ः३० बजे बाढी पुगेको विभागले जानकारी दिएको छ । त्यसपछि बाढी त्रिशूली नदी हुँदै बिहान ५ बजे नुवाकोटको वेत्रावती केन्द्रसम्म पुगेको विभागको भनाइ छ ।

विभागका अनुसार बेत्रावती केन्द्रमा जलस्तर करिब २.५ मिटरले वृद्धि भएको र पछिल्लो समय केही घट्दो क्रममा रहेको देखिएको छ ।

प्रारम्भिक विश्लेषणअनुसार, बाढीको प्रभाव त्रिशूली नदीको बुढीगण्डकी दोभान (बेनीघाट) आसपाससम्म पर्न सक्ने भएकाले मङ्गलबार दिउँसोसम्म उच्च सतर्कता अपनाउन आवश्यक रहेको विभागले जनाएको छ ।

बाढी पूर्वानुमान शाखाले बाढीको निरन्तर अनुगमन गरिरहेको र यसको सम्भावित कारणको प्रारम्भिक अध्ययन पनि सुरु गरिएको जानकारी दिएको छ ।

विभागले त्रिशूली नदी किनाराका स्थानीयवासी, यात्रीहरू र सरोकारवाला निकायहरूलाई सावधानी अपनाउन आग्रह गर्दै, थप जानकारी र सतर्कताका सूचनाहरू विभागको आधिकारिक वेबसाइट तथा सामाजिक सञ्जालमार्फत उपलब्ध हुने जनाएको छ ।

प्रकाशित मिति : २४ असार २०८२, मंगलबार  ९ : ४८ बजे

जेनेभाबाट राष्ट्र संघले भन्यो–  नेपालमा प्रदर्शनकारीको हत्याले स्तब्ध भयौँ

काठमाडौं– सोमबार नेपालमा प्रदर्शनकारीहरूको हत्या भएकोमा संयुक्त राष्ट्र संघीय मानवअधिकार

ललितपुरमा बिहान ७ बजेदेखि मध्यरातिसम्म कर्फ्यू

ललितपुर – ललितपुर जिल्ला प्रशासन ललितपुर महानगरपालिकाका केही क्षेत्रमा कर्फ्यू

ओली सरकारविरुद्ध खनिए कलाकार

काठमाडौं – सरकारले २६ वटा सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने निर्णय

भ्रष्ट देशमा आफ्नो संस्था दर्ता नगर्ने एक्सको जवाफ

काठमाडौं – सामाजिक सञ्जाल प्लाटफर्म एक्स (ट्विटर)ले भ्रष्ट देशमा आफ्नो

सोमबारको घटनाप्रति अमेरिकासहित ७ देशको ध्यानाकर्षण, अभिव्यक्ति स्वतन्त्रताको समर्थन

काठमाडौं– सोमबार काठमाडौं लगायत देशका विभिन्न भागमा भएको प्रदर्शनमाथि प्रहरीले