युरो कपमा विश्व विजेता स्पेनको सनसनीपूर्ण खेल जारी « Khabarhub

युरो कपमा विश्व विजेता स्पेनको सनसनीपूर्ण खेल जारी


२४ असार २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


297
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – विश्व विजेता स्पेनको युरोपेली महिला फुटबल च्याम्पियनसिपमा सनसनीपूर्ण प्रदर्शन जारी राखेको छ । पहिलो खेलमा पोर्चुगललाई ५-० ले हराएको स्पेनले सोमबार भएको समूहको दोस्रो बेल्जियमसँगको खेलमा ६–२ को सफलता पायो । गोल अन्तर फराकिलो भए पनि बेल्जियमले स्पेनलाई पोर्चुगललाई सहज अवसर भने प्रदान गरेन ।

खेलको २२ औँ मिनेटमा एलिक्सिया प्युटेलासले स्पेनलाई पहिलो गोलको अग्रता दिलाए पनि त्यसको दुई मिनेटपछि नै भान ए भेरामेनटले बेल्जियमका लागि गोल गरेकी थिइन् । ३९ औँ मिनेटमा एरेना पेरेडेसले ३९ औँ मिनेटमा स्पेनलाई अग्रता दिलाएकी हुन् । ५० औँ मिनेटमा बेल्जियमकै हानन एर्लुङले गोल गरिन्।

५२ औँ मिनेटमा एस्थर गोन्जालेजले प्युटेलासको पासमा गोल गर्दै स्पेनलाई अग्रता दिलाएकी हुन् । ६१ औँ मिनेटमा मारिया काडटेन्टी तथा ८१ औँ मिनेटमा क्लाउडिया पेनाले गोल गरे । प्युटेलासले स्पेनका लागि अन्तिम गोल गरिन् ।

समूह ‘बी’मा रहेका इटाली र पोर्चुगलको खेलमा १–१ गोलको बराबरी भएको छ । स्पेन ६ अङ्कसहित दोस्रो चरणमा प्रवेश गरेको छ । इटाली ४ अङ्कसहित दोस्रो तथा पोर्चुगल १ अङ्क सहित तेस्रो स्थानमा छन् । बेल्जियम शून्य अङ्क छ । बेल्जियम प्रतियोगिताबाट बाहिरिएको छ ।

प्रकाशित मिति : २४ असार २०८२, मंगलबार  ९ : ५९ बजे

सोह्रश्राद्धमा सुनसान कागबेनी (तस्बिरहरू)

कागबेनी– सोह्रश्राद्धका बेला पितृतर्पणका लागि दैनिक हजारौँ तीर्थालु आउने मुस्ताङको

सडक दुर्घटना न्यूनीकरण चालकदेखि नागरिकसम्मको साझा जिम्मेवारी : प्रहरी प्रमुख

काठमाडौं– काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख सुशीलसिंह राठौरले सडक दुर्घटना

सम्पदा संरक्षणका लागि आवश्यक कानुन निर्माणमा पहल गर्छु : सभामुख अर्याल

ललितपुर- प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले नेवार समुदायको भाषा, कला, संस्कृति तथा

कांग्रेसलाई क्रान्तिभूमिको खबरदारी– शहीदको सन्देश नभुल्नू

ओखलढुङ्गा श्री चम्पादेवी र जलजलेश्वर महादेवको धार्मिक आस्थाले रक्षित पवित्र

जी-७ राष्ट्रद्वारा १० करोड ब्यारेल तेल बजारमा ल्याउने सहमति

एजेन्सी– विश्वव्यापी ऊर्जा आपूर्ति संकट र बढ्दो इन्धन मूल्यलाई नियन्त्रण