युरो कपमा विश्व विजेता स्पेनको सनसनीपूर्ण खेल जारी « Khabarhub

युरो कपमा विश्व विजेता स्पेनको सनसनीपूर्ण खेल जारी


२४ असार २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


297
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – विश्व विजेता स्पेनको युरोपेली महिला फुटबल च्याम्पियनसिपमा सनसनीपूर्ण प्रदर्शन जारी राखेको छ । पहिलो खेलमा पोर्चुगललाई ५-० ले हराएको स्पेनले सोमबार भएको समूहको दोस्रो बेल्जियमसँगको खेलमा ६–२ को सफलता पायो । गोल अन्तर फराकिलो भए पनि बेल्जियमले स्पेनलाई पोर्चुगललाई सहज अवसर भने प्रदान गरेन ।

खेलको २२ औँ मिनेटमा एलिक्सिया प्युटेलासले स्पेनलाई पहिलो गोलको अग्रता दिलाए पनि त्यसको दुई मिनेटपछि नै भान ए भेरामेनटले बेल्जियमका लागि गोल गरेकी थिइन् । ३९ औँ मिनेटमा एरेना पेरेडेसले ३९ औँ मिनेटमा स्पेनलाई अग्रता दिलाएकी हुन् । ५० औँ मिनेटमा बेल्जियमकै हानन एर्लुङले गोल गरिन्।

५२ औँ मिनेटमा एस्थर गोन्जालेजले प्युटेलासको पासमा गोल गर्दै स्पेनलाई अग्रता दिलाएकी हुन् । ६१ औँ मिनेटमा मारिया काडटेन्टी तथा ८१ औँ मिनेटमा क्लाउडिया पेनाले गोल गरे । प्युटेलासले स्पेनका लागि अन्तिम गोल गरिन् ।

समूह ‘बी’मा रहेका इटाली र पोर्चुगलको खेलमा १–१ गोलको बराबरी भएको छ । स्पेन ६ अङ्कसहित दोस्रो चरणमा प्रवेश गरेको छ । इटाली ४ अङ्कसहित दोस्रो तथा पोर्चुगल १ अङ्क सहित तेस्रो स्थानमा छन् । बेल्जियम शून्य अङ्क छ । बेल्जियम प्रतियोगिताबाट बाहिरिएको छ ।

प्रकाशित मिति : २४ असार २०८२, मंगलबार  ९ : ५९ बजे

घोराहीमा ट्रकले स्कुटरलाई ठक्कर दिँदा छोराको मृत्यु, बुबा घाइते

दाङ – दाङको घोराहीमा ट्रकले स्कुटरलाई ठक्कर दिँदा छोराको मृत्यु

गगन थापा मुलुकको नेतृत्व गर्न तयार : उपसभापति शर्मा

झापा – नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टीका सभापति गगनकुमार

प्रधानमन्त्री कप क्रिकेटः बैतडीको शानदार सुरुआत

बैतडी – प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको सुदूरपश्चिम छनोटमा

आगामी निर्वाचन देशको स्वाधीनताका लागि महत्त्वपूर्ण छ : उपाध्यक्ष थापा

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ले

टी–२० विश्वकपमा भारतसँगकाे खेल बहिष्कार गर्ने पाकिस्तानको निर्णय

काठमाडौं – आईसीसी टी–२० विश्वकप २०२६ मा पाकिस्तानले भारतसँग हुने