बाढी र पहिरोमा परेकाको उद्धारमा तीव्रता दिन उपसभामुख रानाको आग्रह « Khabarhub

बाढी र पहिरोमा परेकाको उद्धारमा तीव्रता दिन उपसभामुख रानाको आग्रह


२४ असार २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– उपसभामुख इन्दिरा राना मगरले बाढी र पहिरोमा परेका व्यक्तिको उद्धार र राहत सामग्री वितरणका लागि सबै संयन्त्रलाई तत्काल र प्रभावकारी रूपमा परिचालन गर्न सरकारसँग आग्रह गरेकी छन्। 

नेपाल र चीनको सिमानामा पर्ने रसुवाको टिमुरेलगायत क्षेत्रमा भोटेकोसी नदीमा आएको भीषण बाढीले ठूलो जनधनको क्षति पुर्‍याइएकोमा आज सामाजिक सञ्जालमार्फत दुःख व्यक्त गर्दै उनले उद्धार र राहतमा लाग्न सरकारसँग आग्रह गरेकी हुन् । 

उपसभामुख रानाले भनिन्, ‘बाढीले पुर्यायको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै प्राकृतिक विपद्को विषम परिस्थितिमा उद्धार र राहत कार्यका लागि सबै संयन्त्रलाई तत्काल र प्रभावकारी रूपमा परिचालन गर्न साथै उच्च सतर्कता अपनाउन र विपद् जोखिम न्यूनीकरणका लागि सम्पूर्ण सरकारी निकाय, राजनीतिक दल, सङ्घसंस्था र नागरिकलाई अपिल पनि गर्दछु ।’ 
 

प्रकाशित मिति : २४ असार २०८२, मंगलबार  १२ : ४७ बजे

रुसी तेल प्रशोधन केन्द्रमा आक्रमण दोब्बर पार्ने जेलेन्स्कीको घोषणा

काठमाडौं– रुसले नागरिक तथा सहरहरूलाई लक्षित गरी नयाँ सैन्य आक्रमणको

सभापति रवि लामिछाने भेट्न बूढानीलकण्ठ पुगे गृहमन्त्री गुरुङ

काठमाडौं– गृहमन्त्री सुधन गुरुङ राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई

कांग्रेस महाधिवेशन : एक वरिष्ठ नेता, एक उपसभापति र दुई सहमहामन्त्री थपिँदै

काठमाडौँ– नेपाली कांग्रेसले पहिलोपटक पार्टी विधानमा वरिष्ठ नेताको प्रावधान ल्याउने

जनजागरण साकोस मिर्गेको कुल पुँजी २५ करोड नजिक

दोलखा– जिल्लाको वैतेश्वर गाउँपालिका–३ मिर्गेस्थित जनजागरण बचत तथा ऋण सहकारी

दुई घण्टाअघि नै खुलामञ्चमा पुग्न थाले प्रतिनिधि (तस्बिरहरू)

काठमाडौं– नेपाली कांग्रेसको १५औँ महाधिवेशनको औपचारिक उद्घाटन समारोह आज काठमाडौंको