भोटेकोशीमा बाढी : ६ विदेशीसहित १८ जना बेपत्ता (सूचीसहित) « Khabarhub

भोटेकोशीमा बाढी : ६ विदेशीसहित १८ जना बेपत्ता (सूचीसहित)


२४ असार २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


222
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा बगेर ६ जना विदेशीसहित १८ जना बेपत्ता भएका छन् । बाढीमा बगेर ६ जना चिनियाँ नागरिकसँगै १२ जना नेपाली बेपत्ता भएका हुन् । 

नेपाल प्रहरीका अनुसार सम्पर्कविहीन भएका १२ जना नेपालीमा ३ जना प्रहरी कर्मचारी र ९ जना सर्वसाधारण रहेका छन् । प्रहरी कर्मचारीतर्फ बेपत्ता हुनेमा टिमुरेस्थित इलाका प्रहरी कार्यालयका प्रहरी सहायक निरीक्षक (असई) लालबहादुर श्रेष्ठ, प्रहरी जवान मुन्ना ठाकुर र लोकेन्द्र बोहरा रहेका छन् । 

सशस्त्र प्रहरीका अनुसार सम्पर्कविहीन चिनियाँ नागरिकमा यु युई, ली हुआकिङ, याङ चुआन, यु हाई हाङ, यु सियाओ क्यु र जोउ योङ रहेका छन् ।

नेपाली नागरिकमा जिपन चौधरी, सन्तोष दहित, बुद्धिराम थारु, लक्ष्मीनारायण थारु, सुरेश थारु, बाग्लुङका नरेन्द्र विक, कन्टेनर चालक फुर्वा लामा, मिक्चर चालक गोविन्द मोक्तान र हाइलक्स चालक लोकमान तामाङ सम्पर्कविहीन छन् । 

उनीहरु सबै मजदुर हुन् । अहिले बाढी प्रभावित स्थानमा खोज तथा उद्धार कार्य जारी रहेको सशस्त्र प्रहरीले जनाएको छ । नेपाल प्रहरीले बाढी प्रभावितको उद्धारका लागि १२० जना प्रहरी परिचालन गरेको छ ।

 प्रहरीका अनुसार दुई जना सुरक्षाकर्मी र सात जना सर्वसाधारणको उद्धार भइसकेको छ । बाढीबाट नेपाल–चीन जोड्ने मितेरी पुल बगाएको छ । यस्तै रसुवाको भन्सार कार्यालयको यार्ड, रसुवागढी हाइड्रो पावरको ड्याम र ईभी चार्जिङ स्टेसनमा क्षति पुगेको छ । 

बाढीले अन्दाजी ८ वटा ईभी गाडीहरू पनि बगाएको नेपाल प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २४ असार २०८२, मंगलबार  १ : १७ बजे

दुई घण्टाअघि नै खुलामञ्चमा पुग्न थाले प्रतिनिधि (तस्बिरहरू)

काठमाडौं– नेपाली कांग्रेसको १५औँ महाधिवेशनको औपचारिक उद्घाटन समारोह आज काठमाडौंको

स्पेनमा भारी वर्षापछि बाढीको चेतावनी, यात्रा प्रतिबन्ध

म्याड्रिड– अत्यधिक वर्षाका कारण उत्तरपूर्वी स्पेनमा बाढीको जोखिम बढेपछि अधिकारीहरूले

कांग्रेस महाधिवेशनमा सीके राउत पनि उपस्थित नहुने

काठमाडौं– नेपाली कांग्रेसको १५औं महाधिवेशनमा जनमत पार्टीका अध्यक्ष डा.सीके राउत

नेपाल राष्ट्र बैंकद्वारा ४० करोड थान १ रुपैयाँका नयाँ सिक्का ल्याउने

काठमाडौं– नेपाल राष्ट्र बैंकले ४० करोड थान १ रुपैयाँका नयाँ

कांग्रेस केन्द्रीय सदस्यमा ‘जोगिन्दर पानवाला’ को उम्मेदवारी, कला क्षेत्रका मुद्दा उठाउने दाबी

काठमाडौं– चर्चित हास्य कलाकार शिवशंकर रिजाल ‘जोगिन्दर पानवाला’ अब मनोरञ्जनको