भोटेकोशीमा बाढी : ६ विदेशीसहित १८ जना बेपत्ता (सूचीसहित) | Khabarhub Khabarhub

भोटेकोशीमा बाढी : ६ विदेशीसहित १८ जना बेपत्ता (सूचीसहित)


२४ असार २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


222
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा बगेर ६ जना विदेशीसहित १८ जना बेपत्ता भएका छन् । बाढीमा बगेर ६ जना चिनियाँ नागरिकसँगै १२ जना नेपाली बेपत्ता भएका हुन् । 

नेपाल प्रहरीका अनुसार सम्पर्कविहीन भएका १२ जना नेपालीमा ३ जना प्रहरी कर्मचारी र ९ जना सर्वसाधारण रहेका छन् । प्रहरी कर्मचारीतर्फ बेपत्ता हुनेमा टिमुरेस्थित इलाका प्रहरी कार्यालयका प्रहरी सहायक निरीक्षक (असई) लालबहादुर श्रेष्ठ, प्रहरी जवान मुन्ना ठाकुर र लोकेन्द्र बोहरा रहेका छन् । 

सशस्त्र प्रहरीका अनुसार सम्पर्कविहीन चिनियाँ नागरिकमा यु युई, ली हुआकिङ, याङ चुआन, यु हाई हाङ, यु सियाओ क्यु र जोउ योङ रहेका छन् ।

नेपाली नागरिकमा जिपन चौधरी, सन्तोष दहित, बुद्धिराम थारु, लक्ष्मीनारायण थारु, सुरेश थारु, बाग्लुङका नरेन्द्र विक, कन्टेनर चालक फुर्वा लामा, मिक्चर चालक गोविन्द मोक्तान र हाइलक्स चालक लोकमान तामाङ सम्पर्कविहीन छन् । 

उनीहरु सबै मजदुर हुन् । अहिले बाढी प्रभावित स्थानमा खोज तथा उद्धार कार्य जारी रहेको सशस्त्र प्रहरीले जनाएको छ । नेपाल प्रहरीले बाढी प्रभावितको उद्धारका लागि १२० जना प्रहरी परिचालन गरेको छ ।

 प्रहरीका अनुसार दुई जना सुरक्षाकर्मी र सात जना सर्वसाधारणको उद्धार भइसकेको छ । बाढीबाट नेपाल–चीन जोड्ने मितेरी पुल बगाएको छ । यस्तै रसुवाको भन्सार कार्यालयको यार्ड, रसुवागढी हाइड्रो पावरको ड्याम र ईभी चार्जिङ स्टेसनमा क्षति पुगेको छ । 

बाढीले अन्दाजी ८ वटा ईभी गाडीहरू पनि बगाएको नेपाल प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २४ असार २०८२, मंगलबार  १ : १७ बजे

सोमबार बानेश्वरमा दिनभर घुम्दा जे देखियो…

काठमाडौं– जेन–जी पुस्ताले भ्रष्टाचारविरूद्ध आन्दोलनको घोषणा गरेको थियो । सोमबार

जेनेभाबाट राष्ट्र संघले भन्यो–  नेपालमा प्रदर्शनकारीको हत्याले स्तब्ध भयौँ

काठमाडौं– सोमबार नेपालमा प्रदर्शनकारीहरूको हत्या भएकोमा संयुक्त राष्ट्र संघीय मानवअधिकार

ललितपुरमा बिहान ७ बजेदेखि मध्यरातिसम्म कर्फ्यू

ललितपुर – ललितपुर जिल्ला प्रशासन ललितपुर महानगरपालिकाका केही क्षेत्रमा कर्फ्यू

ओली सरकारविरुद्ध खनिए कलाकार

काठमाडौं – सरकारले २६ वटा सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने निर्णय

भ्रष्ट देशमा आफ्नो संस्था दर्ता नगर्ने एक्सको जवाफ

काठमाडौं – सामाजिक सञ्जाल प्लाटफर्म एक्स (ट्विटर)ले भ्रष्ट देशमा आफ्नो