प्रधानमन्त्रीद्वारा अत्यावश्यकबाहेक निर्धारित कार्यक्रमहरू स्थगित « Khabarhub

प्रधानमन्त्रीद्वारा अत्यावश्यकबाहेक निर्धारित कार्यक्रमहरू स्थगित


२४ असार २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


369
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले अत्यावश्यकबाहेक पूर्वनिर्धारित अन्य कार्यक्रमहरू स्थगित गरेका छन् । 

उनले विपद्जन्य स्थितिका कारण मंगलबारका लागि तय भएका अत्यावश्यकबाहेकका अन्य कार्यक्रमहरू स्थगित गरेका हुन् ।
 
यसअघि प्रधानमन्त्री ओली मंगलबार दिउँसो १ बजे नेकपा (एमाले) केन्द्रीय कृषि तथा पशुपंक्षी विकास विभागद्वारा आयोजित ‘रैथाने बीउ तथा पशु नश्ल संरक्षण, विकास र प्रवर्द्धन : आत्मनिर्भर कृषि र राष्ट्रिय स्वाभिमानको आधार’ विषयक राष्ट्रिय नीति संवाद कार्यक्रममा सहभागी हुने कार्यक्रम थियो ।

यस्तै मंगलबार बेलुकी ५ बजे उनी नेपाल उद्योग परिसङ्घको २२ औँ साधारणसभामा सहभागी हुने कार्यक्रम रहेको सचिवालयले जानकारी दिएको थियो ।

प्रकाशित मिति : २४ असार २०८२, मंगलबार  १ : ४० बजे

सांसद अन्सारीले नेसनल मेडिकल कलेजमाथि लगाएको आरोपबारे छानबिन गर्न एसोसिएसनको माग

काठमाडौं– नेसनल मेडिकल कलेज तथा शिक्षण अस्पताल, वीरगञ्जका सम्बन्धमा सांसद

रुसी तेल प्रशोधन केन्द्रमा आक्रमण दोब्बर पार्ने जेलेन्स्कीको घोषणा

काठमाडौं– रुसले नागरिक तथा सहरहरूलाई लक्षित गरी नयाँ सैन्य आक्रमणको

सभापति रवि लामिछाने भेट्न बूढानीलकण्ठ पुगे गृहमन्त्री गुरुङ

काठमाडौं– गृहमन्त्री सुधन गुरुङ राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई

कांग्रेस महाधिवेशन : एक वरिष्ठ नेता, एक उपसभापति र दुई सहमहामन्त्री थपिँदै

काठमाडौँ– नेपाली कांग्रेसले पहिलोपटक पार्टी विधानमा वरिष्ठ नेताको प्रावधान ल्याउने

जनजागरण साकोस मिर्गेको कुल पुँजी २५ करोड नजिक

दोलखा– जिल्लाको वैतेश्वर गाउँपालिका–३ मिर्गेस्थित जनजागरण बचत तथा ऋण सहकारी