सोबितालाई महेशको चुनौती- प्रधानमन्त्रीसँग स्पेन गएर नफर्किनेको नाम बताउनुस्  « Khabarhub

सोबितालाई महेशको चुनौती- प्रधानमन्त्रीसँग स्पेन गएर नफर्किनेको नाम बताउनुस् 


२४ असार २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एमालेले प्रधानमन्त्रीसंग स्पेन भ्रमणका गएकाहरू नफर्किएको भन्ने रास्वपाका सांसदको आरोपप्रति आपत्ति जनाएको छ ।  

मंगलबार प्रतिनिधिसभा बैठकमा रास्वपा सांसद सोबिता गौतमले स्पेन भ्रमणका क्रममा प्रधानमन्त्रीसँगै गएका केही व्यक्तिहरू नफर्किएको बताएकी थिइन् । 

त्यसपछि बैठकमा एमाले प्रमुख सचेतक महेश बर्तौलाले प्रधानमन्त्रीको भ्रमणबारे रास्वपा सांसदको अभिव्यक्ति निराधार, कपोकल्पित र भ्रामक भएको भन्दै रेकर्डबाट हटाउन माग गरे । 

उनले प्रधानमन्त्रीको साथमा गएर नफर्कनको नामबारे संसद्लाई जानकारी गराउन समेत चुनौती दिए ।  

बैठकमा सरकारप्रति उठेका विषयलाई दलका सांसदले जवाफ दिएको भन्दै माओवादी सांसदहरूले आपत्ति जनाएका थिए । 

माओवादी प्रमुख सचेतक हितराज पाण्डेले सांसदले सरकारसँग माग गरेको प्रश्नको जवाफ सरकारकातर्फबाट प्रधानमन्त्री र मन्त्रीहरूले दिनुपर्ने बताए ।  

त्यस्तै उनले सरकारको दबाबमा संसद्को कार्यसूची हटाउने काम भएको भन्दै सदनलाई हेप्ने काम भएको जिकिर गरे ।

प्रकाशित मिति : २४ असार २०८२, मंगलबार  ४ : ०१ बजे

तिब्बतमा ५.३ रेक्टरको भूकम्प, नेपालको धौलागिरी रेञ्जमा ठूलो धक्का महसुस

काठमाडौं । चीनको तिब्बत क्षेत्रमा बुधबार ५.३ म्याग्निच्युडको भूकम्प गएको

‘बालोन डी ओर’का दाबेदार सार्वजनिक, मेस्सीदेखि यामालसम्म प्रतिस्पर्धामा

काठमाडौं । विश्व फुटबलको प्रतिष्ठित व्यक्तिगत अवार्ड बालोन डी ओर

‘रसुवा बाढीअघि बढेको थियो असाधारण तापक्रम’

यही भदौ १० मा नेपाल र चीनमा घातक बाढी निम्त्याएको

जेन-जी स्मृति सभा : विवादित धर्म गुरुको उपस्थितिको विषयमा सरकारमाथि अमरेशको प्रश्न

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अमरेशकुमार सिंहले