मधेश प्रदेशसभामा बजेट विवाद : प्रतिपक्षीले तेस्रो दिन पनि चल्न दिएनन् सदन, नाउपाले लियो समर्थन फिर्ता « Khabarhub

मधेश प्रदेशसभामा बजेट विवाद : प्रतिपक्षीले तेस्रो दिन पनि चल्न दिएनन् सदन, नाउपाले लियो समर्थन फिर्ता


२४ असार २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


162
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– मधेश प्रदेशसभामा बजेटसम्बन्धी विवाद चर्किएपछि मंगलबार लगातार तेस्रो दिन पनि सदनको काम कारबाही अवरुद्ध भएको छ । प्रतिपक्षी दलहरूले वर्तमान बजेटलाई ‘असमान’ र ‘बिचौलियाबाट प्रभावित’ भन्दै यसको पुनर्लेखनको माग गर्दै तेस्रो दिन पनि सदन अवरुद्ध गरेका हुन् ।

सभामुखलाई सम्बोधन गर्दै सांसदहरूले नीति निर्माण प्रक्रिया नै दूषित भएको आरोप लगाएका छन् । उनीहरूले यो बजेट मधेशका जनताको प्रतिनिधित्व गर्ने गरी पुनर्लेखन गरिनुपर्नेमा जोड दिए । 

प्रतिपक्षी सांसदहरूले प्रदेशमा बिचौलिया हाबी भएको र अति भ्रष्टाचार बढेको दाबी गर्दै आफ्ना मागहरू पूरा नभएसम्म सदन चल्न नदिने अडान राखेका छन् ।

सत्तापक्षका केही सदस्यहरूले संसद् चल्न दिन र आफ्नो धारणा रोस्टममा गएर सुनाउन आग्रह गरेका थिए । यद्यपि प्रतिपक्षी दलहरूको अवरोधका कारण आजको प्रदेश सभा बैठक स्थगित भएको छ ।

यसैबीच, नागरिक उन्मुक्ति पार्टी (नाउपा) ले मधेश प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । मधेश प्रदेशमा नागरिक उन्मुक्तिबाट समानुपातिक सांसद उर्मिला देवी सिंहले मंगलबार बसेको प्रदेश सभा बैठकमै बजेटमा बिचौलिया हाबी भएको बताउँदै आफूसँग प्रमाण रहेको दाबी गरिन् ।

उनले मधेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको बारे सदनलाई जानकारी समेत गराइन् ।

सदन लगातारअवरुद्ध हुँदा सभामुख रामचन्द्र मण्डलले सदनलाई बन्धक बनाउनु कदापि उचित नहुने भन्दै छलफल र बहसका लागि सदन सुचारु हुनुपर्नेमा जोड दिएका छन् । 

सभामुखका अनुसार, सत्ता पक्ष र प्रतिपक्षबीच तालमेल हुनुपर्छ र यसका लागि सम्झौताको प्रयास भइरहेको छ ।

यस गतिरोधलाई अन्त्य गर्न पटक पटक सर्वदलीय बैठकहरू बसे पनि अहिलेसम्म कुनै निष्कर्षमा पुग्न सकिएको छैन ।

प्रकाशित मिति : २४ असार २०८२, मंगलबार  ४ : ३० बजे

बालमन्दिर ठगी प्रकरणमा नेपाल बाल सङ्गठनका पूर्वपदाधिकारी पक्राउ

काठमाडौं – नेपाल प्रहरीले बालमन्दिर ठगी प्रकरणमा नेपाल बाल सङ्गठनका

सात वटै पालिकामा विशेषज्ञ सेवा विस्तार गर्दै भरतपुर अस्पताल

चितवन – बिरामीको चाप उच्च भएपछि भरतपुर अस्पतालले जिल्लाका सात

रास्वपा सांसद बमको चेतावनी : धैर्यताको परिक्षा लिने कुचेष्टा नगर्नू

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद पुकार बमले सामाजिक

लागुऔषधसहित विभिन्न स्थानबाट २२ जना पक्राउ

काठमाडौं – प्रहरीले अवैध लागुऔषधसहित देशका विभिन्न स्थानबाट २३ जना

डिएसपी चौधरीलाई जिल्ला तानिएको होइन : प्रवक्ता काफ्ले

काठमाडौं – नेपाल प्रहरीका प्रवक्ता अबिनारायण काफ्लेले प्रहरी नायव उपरीक्षक